शुक्रबार, २२ अगस्ट २०२५

पत्नी र लेखक बाेकेर माधवकाे दैलाेमा शेरबहादुर देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालकाे निवास काेटेश्वर पुगेका छन्। देउवा बुधबार बिहान पत्नी आरजु देउवा राणा र रमेश लेखकलाई साथमा लिएर नेपाललाई भेट्न काेटेश्वर पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारमा सहभागिता हुने/नहुने भन्ने विषयमा छलफल गर्न एसकाे केन्द्रीय सचिवालय बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बुधबार बिहान ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विविध विषयमा छलफल हुने पार्टीको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गृहमन्त्री माग्दै बालुवाटार पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रालय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। रास्वपानिकट स्रोतकाअनुसार भर्खंरै नयाँ सत्ता गठबन्धनमा सामेल भएका लामिछाने बुधबार एकाबिहानै महामन्त्री मुकुल ढकाललाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘कुर्सीको लागि तँछाडमछाड गर्ने प्रवृति जनतालाई धोका हो’

मन्त्री बन्ने लोभमा नेतृत्वले हतार गरेको केही सांसद तथा नेताले आरोप लगाएका छन्। सभापति लामिछाने यसअघिको आफ्नै प्रतिबद्धतामा चुकेको सांसद सोविता गौतमले बताइन्। जनताका दैनिकीसँगका प्रत्यक्ष मुद्दाहरुसँग पार्टी भर्खर जोडिरहेको बेला सभापतिले सत्ताको लोेभमा हतार निर्णय गराएको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अध्यक्ष नेपालसँग प्रचण्ड र ओलीको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविलाई नेपाली काँग्रेसको जवाफ– सहकारी मन्त्री पनि दिन सक्दैनौँ, केको प्रधानमन्त्रीको अफर गर्नु!

काँग्रेससभापति सेरबहादुर निकट एक केन्द्रीय सदस्यले रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर सोच्न पनि नसकिने बताए। ‘रवि लामिछानेलाई नेपाली काँग्रेसले पहिले पनि पत्याएको होइन र अहिले पनि पत्याउने कुरै भएन,’ ती केन्द्रीय सदस्यले भने, ‘उहाँलाई खै कुन कँग्रेसले आफर गर्‍यो थाहा छैन। हेर्नुस नेपाली काँग्रेसले सहकारी मन्त्री पनि दिन सक्दैन उहाँलाई केको प्रधानमन्त्रीको अफर गर्नु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

वर्षाैपछि माधव नेपालकाे निवासमा पुगे ओली

नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल प्रचण्डको सरकार पुनर्गठन गरेको केही दिनमा एमाले अध्यक्ष ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमालेको सचेतकमा सुनिता बराल

नेकपा (एमाले) संसदीय दलको सचेतकमा सुनिता बराल चयन भएकी छन्। पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई आज सचेतककाे जिम्मेवारी दिएका हुन्। यसअघि सचेतक रहेका महेश बर्तौलालाई मुख्य सचेतककाे जिम्मेवारी दिएपछि बराल सचेतकमा चयन भएकाे एमाले नेताहरूले जनाएका छन्। अनेरास्ववियुको राजनीतिबाट आएकी उनी समानुपातिक सांसद हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदन किरातीले छाडे सरकारी निवास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सुदन किरातीले सरकारी निवास छाडेका छन्। उनले फेसबुकमा लेख्दै सरकारी निवास छाडेको जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

माओवादी नेताले भने– शंकर पोखरेललाई यसैपालि सांसद बनाउनुपर्छ

नेकपा (माओवादी केन्द्र) रोल्पाका प्रभावशाली नेता दीपेन्द्रकुमार पुन ‘सिजल’ले नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई उपनिर्वाचनबाट संघीय सांसद बनाउनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सत्ता गुमाएर रन्थनिएका देउवाले घरमै बाेलाए कार्यसम्पादन समिति बैठक

पार्टीका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माधव नेपाललाई ओलीको फोनः अब मिलेर जानुपर्छ

नवगठबन्धनमार्फत् सहकार्यको प्रस्ताव अघि बढाउने क्रममा अध्यक्ष ओलीले पुरानो सत्ता गठबन्धन टुटेपछि एक्लिएका नेता नेपाललाई ‘स्वास्थ्य लाभको कामना’सहित नेकपा एसलाई नयाँ गठबन्धनमा स्थान दिनेबारे आफू सकारात्मक रहेको सन्देश दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्रालय बाँड्न बैठक बस्दै नयाँ गठबन्धनका शीर्ष नेताहरू

सोमबार दिउँसो एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्याललाई सिंहदरबार भित्र्याएका प्रधानमन्त्री प्रचण्डले अर्को सोमबारअघि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री प्रचण्डको कुर्सी हल्लिएको थिएन– स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले अहिले नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुर्सी नहल्लिएको बताएका छन्। नवगठबन्धनमा सामेल भएपछि उनले जोखिम मोलेर नयाँ गठबन्धन बनाएको समते दाबी गरेका छन्। सरकारले डेलिभेरी दिन नसकेका दिन रास्वपा आफैले सरकार छोड्ने दाबी गरेका छन्। उनले प्रधानमन्त्रीले जनताको अपेक्षाअनुसार आशाको सञ्चार गर्न र डेलिभेरी दिन चाहेको बताएपछि मात्रै रास्वपा सरकारमा सहभागी हुन तयार भएको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘रास्वपाको कुनै भिजन छैन, मिसन छ– त्यो हो सरकारमा जाने!’

सत्ता गठबन्धनमा फेरबदल आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सोमबार मात्रै सहयात्री बनेको सत्तासीन घटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई धरानका मेयर हर्क साम्पाङले कडा टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चार नेताकाे सहमतिः राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, उपाध्यक्ष एमालेलाई

चारदलीय नयाँ सत्ता गठबन्धनका शीर्ष चार नेताहरूले हस्ताक्षर गरेकाे सहमतिपत्रमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष पदकाे बाँडफाँट गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘एक्लिएका माधव नेपाल’लाई भेट्न कोटेश्वरै पुगे प्रचण्ड–नारायणकाजी

मा‌ओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान उपप्रधानमन्त्री नारायणकाजीलाई साथमा लिएर प्रधानमन्त्री प्रचण्ड कोटेश्वरस्थित नेता नेपालकाे निवासमा गएकाे मा‌ओवादीका उपमहासचिव वर्षमान पुनले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्रीको काँधमा २१ मन्त्रालय, तीन मन्त्री थन्काइए 

सरकारमा सहभागी सबै मन्त्रीहरूलाई पदमुक्त गरेसँगै २१ वटा मन्त्रालयको जिम्मा प्रचण्डको काँधमा आएको छ। काँग्रेससँगको सहकार्य तोडेर एमाले, रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनाएका प्रचण्डले सोमबार सबै मन्त्रीलाई पदमुक्त गरेका थिए।सरकारमा नयाँ गठबन्धनबाट तीन जनाले शपथ लिए पनि उनीहरूलाई कुनै जिम्मेवारी दिइएको छैन। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

धनराज गुरूङले छाडे सरकारी निवास

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मन्त्री निवास छाडेका छन्। काँग्रेसबाट मन्त्री भएका गुरूङले सोमबार साँझ साढे ४ बजे मन्त्री निवास छाडेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ