बिहिबार, १५ अक्टोबर २०२६

स्वास्थ्यमन्त्री पौडेललाई तत्काल बर्खास्त गर्न अमरेशकुमारको माग

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा.विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो। सिफारिस समितिले सचिवका लागि डा.देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा कार्यरत डा.संगीता मिश्र र डा.टंक बाराकोटीको नाम समेत सिफारिस गरेको थियो। यता, सचिव बढुवामा नपरेपछि डा. संगीता कौशल मिश्रले आफूभन्दा जुनियरमा रहेर काम नगर्ने बताएकी छन्। मन्त्री पौडेलले आफूमाथि पटक-पटक अन्याय गरेको समेत बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माइतीघरमा अमेरिकाविरुद्ध प्रदर्शन

विश्व राजनीतिमा अमेरिकाले चालेका कदमहरूको विरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन्। मोर्चाले ‘प्यालेस्टाइनलाई उपनिवेश बनाउने अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौं स्वाधीनताको लागि संघर्षशील प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाऔ!’ भन्ने मुल नाराका साथ प्रदर्शन गरेका हुन्। राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल विभिन्न छ राजनीतिक दल र कम्युनिष्ट घटकहरू मिलेर बनेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रंगशालामा दर्शक कुट्नेहरू ‘बिल्लाधारी गुण्डा’ होईनन्, ‘गणतन्त्रका सेनानी’ हुन: एमाले सांसद रिजाल

रिजालले जब लोकतन्त्र र गणतन्त्रमाथि प्रहार हुन्छ, लोकतान्त्रिक गणतन्त्रात्मक नेतृत्वमाथि प्रहार हुन्छ, ती सेनानीहरू चुप लागेर नबस्ने दाबी गरे। उनले भने,‘सभामुख महोदय, सभ्यताको यो थलो संसदमा एक/दुई दिन अगाडिदेखि बडो असभ्य शब्दहरू प्रवेश हुँदैछ। भर्खर भर्खर जंगलबाट शहरतिर छिरेका जम्मो मन्त्रीहरूले यस्ता शब्दहरू अशिष्ट, असभ्य र असंसदीय सभ्यहरू यहाँ राख्ने निरन्तर प्रयास भएको छ। हिजोमात्रै बिल्ला लगाएको गुण्डाहरू भन्ने जुन यहाँ सुनियो, यो संसदीय शब्द होइन। यो असभ्य शब्द हो। म के चूनौति दिन चाहन्छु भने ती बिल्लाधारी गुण्डा होईनन्, ती लोकतन्त्र र गणतन्त्रका सेनानी हुन्। जब लोकतन्त्र र गणतन्त्रमाथि प्रहार हुन्छ, लोकतान्त्रिक गणतन्त्रात्मक नेतृत्वमाथि प्रहार हुन्छ, ती चुप लागेर बस्दैनन्। जब ती चुप लाग्दैनन्, त्यतिखेर दुनियाँले थाहा पाउनेछ ती सेनानीहरूको ताकद कति हुँदोरहेछ भनेर।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रश्न गरेकै आधारमा पत्रकारको पास खोस्न पाइदैन: रामहरि खतिवडा

उनले भने,‘पत्रकारहरूले प्रश्न सोधेकै भरमा पत्रकारको संसदभित्र आउने परिचयपत्र खोसियो भन्ने सुन्नमा आएको छ। सत्य तथ्य के हो?  कसैले मर्यादित प्रश्न सोध्न पाउनुपर्छ। पत्रकारले प्रश्न गरेकै आधारमा परिचय खोस्ने र भित्र आउन नदिने प्रचल हो भने लोकतन्त्रमा त्यो सुहाउने हुँदैन।’ त्यस्तै उनले अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भएको भन्दै चर्चा चलिरहेको भन्दै सहयोग रकम कति आएको हो र कसले प्रयोग गरे भन्ने श्वेतपत्र जारी गर्न सरकारसँग माग गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सबैकाे माया पाएर काँग्रेस लाेकप्रिय र ठूलाे पार्टी भयाे: देउवा

‘नेपाली भुपू सैनिकमा पेन्सनको जुन विभेद छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ। लोकतन्त्रमा मात्र सबै वर्गको अधिकार सुनिश्चित हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन साहको घरबाट प्रचण्डको सन्देश- सबै मिलेर अधिकार जोगाऔं, देश बनाऔं

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ। कार्यक्रम भएको स्थल काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साहको पुर्ख्यौली घर हो, जो हाल गाउँपालिकाले प्रयोग गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हमासलाई ट्रम्पको ‘अन्तिम’ चेतावनी: अहिले नै सबै बन्धक नछोडे तिमीहरू सकिनेछौं

‘हमासका लागि यो अन्तिम चेतावनी हो। अब गाजा छोड्ने समय आइसकेको छ। गाजाका नागरिकका लागि एक सुन्दर भविष्य उनीहरूलाई पर्खिरहेको छ। तर बन्धकलाई नछोड्ने हो भने तिमीहरू सबै सकिनेछौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभाले स्वीकृत गरेका पाँच अध्यादेश राष्ट्रियसभामा

यसैगरी बैठकमा सरकारले ल्याएका ६ मध्ये भूमि सम्बन्धी बाहेक पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिरस्थान-नाभिस्थान सडककाे आईईई/ईआईए प्रतिवेदन तत्काल बनाउन सांसद रानाकाे माग

नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानामगरले दैलेखकाे पञ्चकोशी धार्मिक क्षेत्र शिरस्थान-नाभिस्थान सडक स्तराेन्नती कार्यका लागि छिटाे वातावरणीय प्रभाव मूल्यांकन गराउन सरकारसँग माग गरेकी छन्। बुधबार प्रतिनिधि सभाकाे शून्य समयमा बाेल्दै सांसद रानाले पूर्वाधार विकास कार्यालय दैलेखबाट वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी चालु आर्थिक वर्ष २०८१/०८२ मा ठेक्का खोलिसकेको र उक्त सडकमा सामुदायिक वन पर्ने सडक विस्तार गर्दा सामुदायिक वनका रुख कटान गर्नको लागि आईईई/ईआईए प्रतिवेदन नबनेको कारण देखाई निर्माण कार्य अगाडि नबढेकाले तुरुन्तै प्रतिवेदन बनाउनुपर्ने बताएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान घिसिङलाई हटाए सडक र सदन तताउने राप्रपाको चेतावनी

उनले भने, ‘अन्धकार नेपाललाई उज्यालो नेपाल बनाउने कुलमानलाई कारबाही गर्ने मात्र होईन कि शुन्य अंक दिने रे, फेल हुनेलाई पास, पास हुनेलाई फेल कस्तो हो यो? कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्ले निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ। यदि कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुबैबाट आवाज उठ्छ।’ त्यस्तै उनले सरकारले विधिको शासन उल्लङ्घन गर्ने काम गरेको भन्दै आपत्ति जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सदनले चाहे अध्यादेश अस्वीकार गर्न सक्छः अर्थमन्त्री पौडेल

उनले भने, ‘सदनमा छलफल भईरहेको छ, सदनले निर्णय गर्ने छ। यो सदनले चाहने हो भने अस्वीकार गर्न सक्छ नि। त्यसकारण के भन्न चाहान्छु भने यो सदनलाई हामीले हाम्रा कुण्ठा व्यक्त गर्ने थलो बनाउनु हुदैन। विचार व्यक्त गर्ने थलो बनाउनु पर्छ। यो कुनै स्वेच्छाचारिताको कुरा होईन, कुनै निरंकुशताको कुरा होईन। सरकारले तत्काल आवश्यक भएको महशुस गरेर सदनमा ल्याएको विषय हो। सदनमा ल्याउन पाउँछ। हाम्रो संविधान, प्रचलित कानून, प्रतिनिधि सभाको नियमावली र हामीले विगतमा गरेको अभ्यासहरूले दिन्छ। त्यसकारण यो लोकतन्त्र हो। सदनमा प्रस्ताव प्रस्तुत गर्नु, छलफल गर्नु र निर्णय गर्नु निरंकुशता हुन्छ भने लोकतन्त्रको परिभाषा खोज्न कहाँ जाने जंगली राज तर्फ जाने? यस्तो व्याख्या नगर्न म आग्रह गर्न चाहान्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिपक्षीले अध्यादेशमा काँडैकाँडा देखे, हामी फूलैफूल देख्छौंः सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिपक्ष भएपछि विरोध गर्नुपर्छ भन्ने सोचले मात्र सरकारले जारी गरेको अध्यादेशविरुद्ध विरोध भइरहेको दाबी गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो अध्यादेश ‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काडै संसार’ भने जस्तो प्रतिपक्षले काँडैकाँडा मात्र देखे पनि सरकारले फूलै फूल देखेको बताए। उनले सुशासन कायम गर्ने, सार्वजनिक सेवालाई प्रवाह गर्नुपर्ने कुरा आजको दिनमा अति आवश्यक भएको हुनाले राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदन नचलेको बेला अध्यादेशमार्फत ल्याएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खबरदार! कुलमानलाई लेखेटे हजारौं कुलमान ल्याउछौंः रास्वपा

उनले भने, ‘सरकारले कुलमान घिसिङ जस्तो कम्पनीलाई फाईदामा पुर्‍याउनेहरूको मूल्यांकन जीरोमा गरिरहेको छ, विभिन्न बहनामा आफ्ना कार्यकर्ता भर्ती गर्न पाइएन भनेर निष्कासन गरिरहेको छ। विभिन्न प्रपञ्चहरू सिर्जना गरिरहेको छ, त्यसैले सरकार हामी खबरदार भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखेट्यौं भने हजारौँ कुलमान ल्याउनेछौँ।’ साथै, उनले उदयपुर सिमेन्ट कम्पनीबाट आजभन्दा ३ वर्ष अगाडि नै अवकाश प्राप्त गरेका १०३ जनाले आजसम्म पाउनुपर्ने भुक्तानी नपाएको विषय उठाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई ‘हिटलर’ भन्ने पत्रकारको पास खोसियो

प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको आरोप थोपरेर पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको हो। श्रेष्ठ ‘युवा मन नेपाल’ नामक युट्यूव च्यानल र ओली ‘सुनौलो नेपाल’ च्यानलका हुन्। प्रधानमन्त्री ओलीको चासोपछि महासचिव स्तरीय निर्णयबाट यसो गरिएको बताइएको छ। गत फागुन ४ गते बसेको प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै गर्दा प्रम ओलीलाई पत्रकारहरूले संसद भवनको ढोकैमा प्रश्न सोधेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानलाई ‘शून्य’ अंक दिएपछि माओवादी असन्तुष्ट, आफ्नै मन्त्रालयको मुल्यांकन हेर्न आग्रह

नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुमलान घिसिङलाई सरकारले निरन्तर प्रतिशोध साँधिरहेको बताएका छन्। बुधबार  बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि सरकारले हटाउन अनेक बाहाना गरेको भन्दै आपत्ति जनाएका हुन्। साथै उनले सरकारले कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको भन्दै आपत्ति जनाए। कुलमानले आफ्नो कार्य सम्पादनमा झण्डै ९९ अंक दाबी गरेका थिए। तर, सरकारले शून्य अंक दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जनयुद्ध’ कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्ने आत्मघाती बाटो थियोः सञ्चारमन्त्री गुरुङ

उनले जनयुद्ध ‘कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्ने एउटा आत्मघाती बाटो’ भएको उल्लेख गर्दै यसले देशको आर्थिक र सामाजिक सबै क्षेत्रमा ठूलो प्रभाव पारेको बताए। उनले भने, ‘म त जहिले पनि जनयुद्धको विरुद्धमा उभिरहेको छु। जनयुद्ध भनेको कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्ने एउटा आत्मघाती बाटो हो। हिंसा र विचारमा कुन प्रमुख हुन्छ भन्दा म जहिले पनि विचारको पक्षमा रहने मान्छे हो। धेरै जना माओवादीको आन्दोलनमा होमिए र धेरैले ज्यान पनि गुमाए, कम्युनिष्ट आन्दोलन बद्नाम भयो, खर्बौको सम्पत्ति नोक्सान भयो, आज जुन गाँउहरु रित्तो भएका छन् भन्ने कुरा आउछ यसको सुरुवात जनयुद्धबाट भएको हो। आर्थिक गतिविधिहरु अवरुद्ध भएको पनि त्यही बेला देखि हो। विकासमा पनि २५ वर्ष पछाडि पर्यौं। माओवादी जनयुद्धबाट हामीले सिक्नु पर्ने कुरा के हो भन्दा कुनैपनि क्रान्तिको बाटो र विचार अर्काको नक्कल गरेर गर्नु हुदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गठबन्धनको सरकार छ, सबै कुरा कांग्रेसले भनेको हुँदैनः उपप्रधानमन्त्री सिंह

उनले बजेट निर्माणका क्रममा पार्टीका विभिन्न तहका समिति,जनप्रतिनिधि सबैको राय सुझाव समेटेर छलफलबाटै नयाँ योजनाहरू छनौट हुने पनि बताए। ‘यो गठबन्धन सरकार हो । सबै कुरा कांग्रेसले भनेको मात्रै हुँदैन। गबन्धनमा रहेका सबै दलले केही न केही लचक हुनुपर्ने अवस्था छ,’ उनले भने। विकास निर्माणको योजना छनौट गर्दा आवश्यक्ताका आधारमा धेरै नागरिक लाभान्वित  हुने योजना प्राथमिकतामा पर्ने भन्दै योजना माग गर्दा त्यस्ता योजना माग गर्नेतर्फ ध्यान दिनुपर्नेमा सिंहले जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेस कृषि विश्वविद्यालयका उपकूलपति र रजिष्ट्रार बर्खास्त

विश्वविद्यालयको नीति विपरीत अनधिकृत काम गरेको भन्दै उनीहरूविरुद्ध उजुरी परेको थियो। त्यही आधारमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा एउटा छानबिन समिति गठन भएको थियो। समितिले गत असोजमा प्रतिवेदन बुझाएको थियो। जसमा उनिहरूमाथि लागेको आरोप पुष्टी हुने आधारहरू प्रस्तुत गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूमिबाहेकका पाँच अध्यादेश संसदमा पेश हुँदै, सत्तारुढ सांसदहरूलाई ह्वीप

जसपा नेपाललगायतका केही दलहरूको असहमतिका कारण भूमिसम्बन्धी अध्यादेश भने सरकारले होल्डमा राखेको छ। यसलाई प्रतिस्थापन गर्ने वा विकल्पको रुपमा दलसम्बन्धी विधेयक ल्याएर साना पार्टीलाई दवाबमा राख्ने भन्नेमा गठबन्धन एमाल‍े-कांग्रेस छलफलमै छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पानीजहाज कार्यालयको गुनासो- वनले गर्दा जहाज चलाउन पाइएन

उनले भने, ‘आन्तरिक जलमार्गको लागि हाम्रो सबैभन्दा ठूलो अवरोध भनेको वनको हो। किनभने उहाँहरूले जलमार्ग हाम्रो हो भन्नु हँदोरहेछ। त्यसकारण यो एकदमै ठूलो समस्या हुँदोरहेछ। बर्खामा ठूला-ठूला बाढी आउँछ, वनबाट नआइज भन्न मिल्दैन। मोटर बोटले त पानी हल्लाउने काम मात्रै गर्छ। तर वनलाई छुनै पाइदैन भन्ने जस्तो कुरा गर्नु भएको छ।’ यसको साथै, उनले दुई छिमेकी देशले देश विकासका ठूला ठूला काम गर्दैगर्दा नेपाल एउटा सानो आर्थिक क्षेत्रको पाटोलाई पनि अगाडि बढाउन नसकेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं