बिहिबार, २१ अगस्ट २०२५

राष्ट्रियसभा निर्वाचनः लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी

बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महिला कोटामा नेपाली काँग्रेसकी उम्मेदवार विष्णुकुमारी सापकोटा २ हजार ७५६ मतभारसहित निर्वाचित भइन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: लुम्बिनी प्रदेशकाे मतगणना सुरू

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज भएकाे मतदान सकिएलगतै लुम्बिनी प्रदेशकाे मतगणना सुरू भएकाे छ। मतगणना दाङको कर्मचारी मिलन केन्द्रमा केहीबेरअघि सुरू निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सकियाे

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ। कूल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपालाई मिसन ०८४ का लागि जनताले नै तयार पारेका हुन्: सांसद कठायत

'रास्वपासँग जनताका जति अपेक्षा धेरै छन्। तर अपेक्षाकृत रुपमा जनताको पक्षमा काम भइरहेको छैन। राम्रो काम गर्न आफ्नो नेतृत्वको सरकार हुनुपर्छ,' उनले भनिन्, 'यो कुरा जनताले राम्ररी बुझेका छन्। जनताले नै रास्वपा ठूलो दल भएको खण्डमा काम गर्न सक्ने भन्दै ०८४ मा ठूलो दल बनाउनुपर्छ भनेका हुन्।'  

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

राष्ट्रियसभा निर्वाचन: कर्णालीमा मतदान सकियो, काे-काे भए अनुपस्थित?

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभातर्फका ४० सदस्यले मतदान गरेका छन्। यस्तै, ७९ स्थानीय तहका कुल एक सय ५८ मतदातामध्ये एक सय ५६ जनाले मतदान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

साम्पाङ राईले पनि बहिष्कार गरे राष्ट्रियसभा निर्वाचन

धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन्। कार्यव्यस्तता देखाउँदै प्रमुख साम्पाङले निर्वाचनमा मतदान नगर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले माघ १३ गतेदेखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने

माघ १३ देखि २६ गतेसम्म कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले राससलाई जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

राष्ट्रियसभा निर्वाचनः सातै प्रदेशमा मतदान जारी, परिणाम आजै आउने

निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ। आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा  मतदान भइरहेको छ। आजै परिणाम सार्वजनिक हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राज्यका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने ‘सर्वदलीय सहमति’ गरेकाे दिन देश बन्छ- रवि लामिछाने

संविधानले परिकल्पना गरेकाे समाजका लागि आवश्यक कानुन बनाउन सिंगाे संसदले सर्वदलीय प्रतिबद्धता आवश्यक रहेका उनकाे भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभा सदस्य निर्वाचन: मतदान जारी

‘दिउँसो ३ बजेसम्म मतदानको अवधि रहेको छ’, कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले भने, ‘गण्डकीमा दुई सय ३० जना मतदाता रहनुभएको छ।’ अन्य, महिला र अपाङ्गता/अल्पसङ्ख्यकतर्फ गरी तीन सिटका लागि मतदान भइरहेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रीका क्षेत्रमा बढी बजेट जाने प्रवृत्ति अन्त्य हुनुपर्छ: सांसद गैह्रे

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रतिनिधिसभाका सदस्य ठाकुरप्रसाद गैह्रे गत एक वर्षका अवधिमा संसद्बाट अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी विधेयकबाहेक अन्य विधेयक पारित नहुनु र सरकारले सदनलाई पर्याप्त काम दिन नसकेको बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज राष्ट्रियसभा सदस्यका लागि निर्वाचन

आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हँुदैछ। कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ। प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एउटै पार्टीको बहुमत पुग्न गाह्रो भएकाले गठबन्धन गर्नु परेकाे हाे: देउवा

काँग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई आज सदरमुकाम पुतलीबजारमा सम्बोधन गर्दै उनले हालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नु रहर नभई बाध्यता रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - वालिङ

राष्ट्रियसभा निर्वाचन: माैन अवधिमा प्रचारप्रसार गरिएकाे भन्दै मोरङका सीडीओसँग प्रतिवेदन माग

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ९५० विपरीतको कार्य भएको हो वा होइन रु सत्यतथ्य बुझी प्रतिवेदन दिन भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युवा वर्गको विदेश पलायन रोक्न रोजगारी सिर्जना अपरिहार्य छ: सांंसद विक

हाल युवा वर्ग रोजागारीका लागि विदेश पलायन भइरहेको विषय मुलुककै लागि मुख्य चुनौती रहेको उल्लेख गर्दै सांसद विकले अब कृषि र पर्यटनमा लगानी बढाइ रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र 

मङ्सिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाटबाट ताप्लेजुङको चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका माग एकीकृत गरी एमालेले सरकारसमक्ष ध्यानाकर्षणपत्र बुझाएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीद्वारा राष्ट्रिय सम्मेलन आह्वान

पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने बैठकमा पार्टी सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना सम्मेलनमा बनाइने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऐन–नियम विपरीत त्रिविलाई आर्थिक भार दिइयो: संसदीय प्रतिवेदन

राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा त्रिभुवन विश्वविद्यालयले विद्यमान ऐन–नियमको पूर्ण पालना नगरी सेवासुविधा प्रदान भइरहेको अवस्थासहितको अध्ययन प्रतिवेदन प्रस्तुत भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं