थाइल्याण्ड जाँदै प्रधानमन्त्री ओली
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)काे छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड जाने भएका छन्। आउँदो सेप्टेम्बर ४ मा हुने सम्मेलनमा सहभागी हुन ओली बैंकक जान लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिएका छन्। बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड गरी सात राष्ट्र सदस्य छन्।
बिएल संवाददाता - काठमाडाैँ