जनार्दन पक्षले जित्ने भएपछि ‘प्रचण्ड-शक्ति’ समूहले मतपत्रमा खन्यायो पानी
मतपत्र गन्ने क्रममा प्रतिनिधिले मतपत्रमा पानी खन्याइदिएपछि लफडा भएको हो। मधेश प्रदेशमा जारी मतगणनाका क्रममा खसेको मतभन्दा मतपत्र कम भेटिएपछि तनाव भएको हो। मधेशमा १५९ मत खसेकोमा १५४ मत मात्र भेटिएपछि विवाद भएको हो। अध्यक्षका उम्मेद्वार हेमन्त राई पक्षका एक विद्यार्थी नेताका अनुसार जनार्दन पक्षले जित्ने निश्चित भएपछि माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्तिबहादुर बस्नेत गुटले मतपत्रमा पानी खन्याएको दाबी गरे।
बिएल संवाददाता - काठमाडौं