बिहिबार, १५ अक्टोबर २०२६

सहिदका घरमा प्रचण्डको खाना

बाँकेको खजुरा-३ का सहिद स्व. डम्बर रानाभाट र कोपीला रानाभाटको घरमा खाना खाएका प्रचण्डले उनीहरूको सम्झनासमेत गरे। रानाभाटद्वय २०५८ फागुन १६ गते बेपत्ता भएका थिए। द्वन्द्वको अवधिमा बाँकेको खजुरा क्षेत्रका १४ जनाको ज्यान गएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

एनआरएनलाई १० वर्षे दिने भिसा प्रावधान गलत : सांसद गिरी

संसारभर रहेका एनआरएनए नेताहरूले सरकारद्वारा हालै जारी अध्यादेशमा  गैरआवासीय संघले नेपाली नागरिकता लिइसकेका एनआरएनहरूलाई १० वर्ष निःशुल्क भिसा दिने प्रावधानको विरोध गरिरहेका छन्। एक प्रश्नको जवाफमा पूर्वमन्त्री गिरीले सरकारको काम सुस्त रहेको बताए। यद्यपि उनले सरकारलाई काम गर्न दिनुपर्ने जनाउँदै पटक पटक सरकार बदल्दा देशमा राजनीतिक अस्थिरता हुने पनि जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन–  प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् । नीतिगत रुपमा हेर्दा यो सरकारको आयु लामो नभए पनि आफूहरुले सरकार बदल्न खोजेको भन्ने बुझाइ चाहिँ सही नभएको उनले स्पष्ट गरे ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

‘होली वाइन’का सूत्रधारलाई सांसद् बनाएकोमा भीम रावलकाे आपत्ति

‘मातृभूमि जागरण अभियान’ नेपालका प्रस्तावक डा. भीम रावलले ‘होली वाइन’का सूत्रधार तथा नेपाल परिवाद दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेबाट सांसद् बनाएको भन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नैतिकतामाथि फेरि प्रश्न उठाएका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले नेपालको संस्कृतिलाई ध्वस्त गरेर ‘यूनिफिकेशन चर्च’को झण्डा बोक्ने अर्को पार्टीका व्यक्तिलाई एमालेबाट सांसद् बनाएको भन्दै चर्को आलोचना गरे।

बिएल संवाददाता

बिएल संवाददाता - अछाम

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्दैछ। कार्यसमितिको बैठकका एजेण्डामा छलफल गर्न केन्द्रीय  कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रबि लामिछाने आज पनि अदालतमा उपस्थित हुदैँ

पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने आज पनि अदालतमा उपस्थित हुदैँछन्। सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने हिजो हाजिरी जमानीमा रिहा भए पनि आजवाट हुने थुनछेक बहसका लागि उपस्थित हुन लागेका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जथाभावी खर्च गर्ने नेताहरूलाई ठिक ट्रयाकमा ल्याउनुपर्छ : धनराज गुरुङ

उनले भने,‘वर्ल्ड म्यानेजमेन्ट स्किल यदि हामीसँग भएन भने जति ऋण जति अनुदान जे ल्याए पनि हामी फेरि जहाँको त्यही उभिन्छौं। हामीसँगै भएको देश कहाँ पुग्यो, तर हामी जहाँको त्यही किन उभिएको छौं? हामी जस्तो पूँजी निर्माणलाई ध्यान नदिई जथाभावी खर्च गर्ने नेताहरूलाई ठिक ट्रयाकमा ल्याउनुहुन्छ कि भन्ने आशा पलाएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हर्कको आग्रह - महान थोत्रे गाग्रीलाई संग्रहालयमा राख्नु

साम्पाङले भनेका छन्, ‘करोडौं नेपालीहरूले बोल्न नसकेको बोली बोल्ने त्यो महान थोत्रे गाग्रीलाई सलाम छ मेरो! संग्राहलयमा राख्नु सम्हालेर त्यसलाई!’ उनले भविष्यमा जनताको आवश्यकताको माग लिएर यस्ता गाग्रीहरूले सिंहदरबार घेरिन नपरोस् भन्दै चेतावनी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारत र चीनको असर नेपालमा पनि पर्छ : देउवा

उनले भने, ‘हाम्रो देश भारत र चिनको बीचमा छ। यी दुई देशमा परेको असर हाम्रो देशमा नि पर्छ। तर, अहिले चाँही एमसीसी पास गर्ने बेलामा र प्रतिनिभिसभाबाट पारित गर्ने क्रममा धेरै विरोधहरू भएँ। तर, अहिले आएर सबैले साँच्चिकै राम्रो  रहेछ यो एमसीसी भनेर बुझेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘हाम्रो राष्ट्रिय स्वार्थ छोटो समयभित्र तीव्र गतिमा विकास गर्नु हो’ : गगन थापा

नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले कांग्रेस पार्टी सरकारमा हुँदा एउटा र  सरकार बाहिर रहँदाखेरी अर्को निर्णयहरू कहिँले नगर्ने बताएका हुन्। उनले हरेक राजनीतिक पार्टीले अनुकुलतामा एउटा प्रतिकुलतामा अर्को गर्दै अगाडि बढ्न नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेयरसँग तीन बुँदे सहमतिपछि कांग्रेसले खोल्यो ताला

नेपाली कांग्रेस पोखरा महानगर संसदीय दलका नेता दिवास्मान प्रधानाङ्गले दिएको जानकारी अनुसार,  मेयर धनराज आचार्यसँग पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूबीच गत मंसिर २३ गते बसेको विशेष नगरसभामार्फत पारित सातबुँदे सहमति अक्षरंश पालना गर्ने, सम्पूर्ण वडा कार्यालय, महाशाखा, शाखालगायत खर्च केन्द्रहरूका शीर्षकान्तर र रकमान्तर हुन नसकी पुर्वाधार विकास तथा अन्य कार्यहरू ठप्प हुन गएको अवस्थामा महानगरको १६ औं नगरसभामार्फत आवश्यक निर्णय गर्ने गरी चालु नगरसभा माघ ११ गते बोलाउने सहमति भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

अखिल क्रान्तिकारीको चुनावः मैदानमा ‘वर्षमान-जनार्दन’

पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अन्तिम समयसम्म पनि सहमतिको प्रयास गरेका थिए। तर, उपमहासचिवद्वय वर्षमान पुन र  जनार्दन शर्मा समूहले नमानेपछि अन्त्यमा निर्वाचनमै प्रतिष्पर्धा हुने भएको हो। अन्य गुटका भन्दा उम्मेदवारभन्दा खासमा वर्षमान र जनार्दन समूहबीच कडा टक्कर हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली अस्वस्थ, बुधबारका सबै कार्यक्रम रद्द

स्वास्थ्यमा समस्या भएपछि ओलीले बुधवारको पूर्वनिर्धारित कार्यक्रमहरू रद्द गरेका छन्। उनी बालुवाटारमै आराम गरिरहेको सचिवालयले जनाएको छ। बिरामी भएपछि बुधबार हल चोकमा आयोजना भएको २४ औँ सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री सहभागी भएनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुधबार एकैदिन चारवटा संसदीय समितिको बैठक बस्दै

बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल गरिदै छ। यसैगरी, प्रतिनिधि सभाअन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

३ दिन सहिद दिवस मनाउने बागमती सरकारको निर्णय

सहिद दिवसको अवसरमा माघ १४ गते स्वास्थ्य मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए। सहिद दिवस मनाउन प्रदेश सरकारमा प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

पशुपति धर्मशालामा मारवाडीको व्यापार हो की सेवा?

उनले भने, ‘पशुपतिको धर्मशालासम्बन्धि विषयमा पनि एकातिर अध्ययन समिति बनाएका छौँ, अर्कोतिर यो विषय अदालतमा पनि मुद्दाको रुपमा छ। अदालतको मुद्दालाई कुनै असर नहुने गरी हामीले खाली विवरणातमक कुरा लिएर आउनुस्, यो व्यापार हो की मारवाडी सेवा समितिले गरिरहेको? यो  सेवा हो की? व्यापार भए कति नाफा गर्नु हुन्छ र कति कोषलाई दिनु हुन्छ, सेवा हो भने कति सेवा गर्नु हुन्छ कहाँ कहाँ गर्नुहुन्छ यो  विवरणात्मक रिर्पोट ल्याउनका लागि अदालतमा भएको मुद्दालाई कुनै  असर हुन सक्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओली नाफाखोर र विचौलियाको इसारामा चल्छन्– भीम रावल

‘मातृभूमि जागरण अभियान’का प्रस्तावक, पूर्वउपप्रधानमन्त्री तथा गृह–रक्षामन्त्री डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको ‘कांग्रेस–एमाले’ सरकार जनताको हितमा नभई नाफाखोर र विचौलियाहरूको इसारामा चलिरहेको आरोप लगाएका छन्। सरकारले केही दिनअघि अध्यादेशमार्फत् व्यावसायिक वातावरण सुधार गर्न भन्दै ‘कालोबजारी ऐन–२०३२’ मा राखिएको मुनाफा र कारबाहीको व्यवस्था हटाएपछि नेता रावलले बुधबार एकाबिहानै सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीविरूद्ध ‘फायर’ खोलेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ज्ञानेन्द्र र साेविताबीच के भयाे कुराकानी?

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन बोलाएलगतै उनीहरूबीच कुराकानी भएको हो। स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राप्रपा र रास्वपा एकैलयमा उभिने प्रयासमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगामी चुनाव देउवाले गराउँछन् : उपप्रधानमन्त्री सिंह

अहिले कांग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको पनि प्रष्ट पारे। सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको भन्दै उनले सहमति अनुसार नै कांग्रेस- एमालेबिच सत्ता सहयात्रा अघि बढ्ने दाबी गरे। कांग्रेसको स्वभाव सबैलाई मिलाएर अघि बढ्ने रहेको भन्दै पार्टीभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहने गरि मिलाएर अघि बढ्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ