बिहिबार, १५ अक्टोबर २०२६

अखिल (क्रान्तिकारी)को महासचिवमा जनार्दन निकट थापामगर निर्वाचित

थापामगरले महासचिवका ७ जना उम्मेदवारलाई पछि पार्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सञ्जयकुमार महतोले ४०५ मत ल्याए। महतो प्रचण्ड-शक्ति बस्नेतनिकट विजय प्रकाश सापकोटा प्यानलका हुन्। त्यस्तै महासचिवमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, शिब बस्नेत, श्यामबहादुर रोक्का र सञ्जिव फुयाल पनि प्रतिस्पर्धामा थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्रान्तिकारीको लेखा आयोग अध्यक्षमा ‘नारायणकाजी’ निकट सुष्माले मारिन् बाजी

रेग्मी माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेश यादव समूहबाट विजयी बनेकी हुन्। उपविजेता बनेका बुढाथोकी माओवादी उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राईको समूहबाट उम्मेदवार बनेका थिए। उनले ५३७ मत प्राप्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अखिल (क्रान्तिकारी)को कोषाध्यक्षमा जनार्दन निकट फूलमाया

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी मतगणनामा उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको कोषाध्यक्ष पदको मतगणना सकिँदा रानामगर निर्वाचित भएकी हुन्। रानामगरले ५९६ मतका साथ वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेश यादव प्यानलकी पार्वता चाम्लागाई (पारू)लाई मात खुवाइन्। प्रचण्ड-शक्ति निकट विजयप्रकाश सापकोटा प्यानलका महेन्द्रबहादुर चन्द तेस्रो स्थानमा खुम्चिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सानो लगानीले पनि रोजगारीमा सहयोग पुर्‍याउँछ- देउवा

नेपाल स्टार्टअप र एसएमई समिट कार्यक्रममा बोल्दै देउवाले युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरेको भन्दै युवाहरू पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षित भएको बताएका हुन्। उनले भने, ‘यस्ता उद्यम संचालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ। व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्यसँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ। थोरै लगानीमै स्टार्ट अफ व्यवसायलाई प्रभावकारी रुपमा संचालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाथीभराको टुप्पोमा होटल खोल्न दिँदैनौंः योगेश भट्टराई

सांसद भट्टाईले केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरूका लागि निःशुल्क सेवा दिने घोषणा गर्नु आवश्यक रहेको बताए। केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्छ। स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्ने पनि उनको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘स्टन्ट’बाजीले देश चल्दैनः प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले सम्मेलनका निष्कर्षहरू कार्यान्वयनका लागि सरकारका तर्फबाट प्रत्याभूति दिँदै युवा कानुन व्यवसायीले न्यूनतमभन्दा कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताए। उनले सरकार कानुन व्यवसाय र युवाहरूको साथमा रहेको स्पष्ट गर्दै यस क्षेत्रको भलाइ र उन्नतिका लागि सरकारले कानुन निर्माणलगायतका काममा उचित ध्यान दिने विश्वास दिलाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘दुःख पाएका नेपालीको फोन नउठाउने राजदूत’ एमाले नेतालाई स्वागत गर्न एयरपोर्टमै

प्रवासी नेपाली मञ्च जापानका एक पदाधिकारीले अचम्म मान्दै भने, ‘भागाभाग गरेर महासचिव कमरेडलाई स्वागत गर्न आइपुगेको देखेर म छक्क परेँ! हिजोअस्तीसम्म कसैलाई नटेर्ने मान्छे, अरुबेला नेता-सेता भनेका यस्तै हुन्, देश चलाउने त हामी कर्मचारीहरूले हो भन्ने यी राजदूत महोदय! कसरी आउनुभयो दौडिएर एयरपोर्टमै?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पेरिसडाँडामा अखिल (क्रान्तिकारी)को मतगणना

अहिले उपत्यका विशेष प्रदेशतर्फ सचिवहरूको मतगणना भइरहेको र सचिवको सकिएपछि क्रमशः उपमहासचिव, महासचिव, उपाध्यक्ष र अध्यक्षको मतगणना हुनेछ। सात प्रदेशको मतगणना सकिँदा अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ। सापकोटाले ४८५ पाउँदा राईले ४६१ मतले पाछ्याइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोली पचाएर आएका हामी दलाल पुँजीवादको झटारोबाट तर्सिन्नौं- विप्लव

दलाल पुँजीवादबाट साच्चै देशलाई शान्ति, स्थिरता र स्वाधीनता दिने हो भने यसको निकास समाजवाद नै रहेको दाबी गरे। वैज्ञानिक समाजवाद सम्भव नभए पनि समाजवादी पार्टीको बीचमा र समाजवादी विचारधाराबीचमा भव्य सहमति कायम गर्दै देशलाई अगाडि लैजानु पर्ने धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘न्यायालयप्रति रविको दृष्टिकोण- अरुलाई पर्दा मयुर जस्तो आफूलाई पर्दा सुंगुर!’

बस्नेतले न्यायालयप्रति रविको दृष्टिकोण अरूलाई पर्दा  र आफूलाई फरक-फरक रहेको बताएका हुन्। बस्नेतले लामिछाने र रास्वपालक्षित कडा टिप्पणी गर्दै आएका छन्। रास्वपा नेताहरू र महेश बस्नेतबीच बेला बेला सामाजिक संजालमा आरोप प्रत्यारोप चल्ने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुखबाट लडेका र नदीले बगाएका पनि सहिदमा गणना भएः माओवादी नेता

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा सहिद दिवस २०८१ का अवसरमा आयोजित ‘राष्ट्रिय चेतना र सहिदको भावना’ चित्रकला प्रदर्शनीमा उनले लोकतान्त्रिक गणतन्त्रको प्राप्ती भएपनि संघीयताको अभ्यास सम्बन्धी आवश्यक नियम कानून बन्न नसकेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

०८४ को निर्वाचनपछि सरकार ढल्छः ओली

एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकार ढलिहाल्छ भन्ने भ्रमपूर्ण अभिव्यक्तिहरू आइरहेको भन्दै उनले ०८४ को चुनावसम्म अहिलेकै सरकार जाने दाबी गरे। उनले भने, ‘दिनैपिच्छे सरकार ढल्छ, बेलुका वा साँझसम्ममा ढल्छ ढल्छ ,राति नै ढल्छ। भोलि नै ढलेन भने पर्सिलाई सार्ने गरिन्छ। तर ०८४ को निर्वाचनपछि सरकार ढल्छ। ०८४ को निर्वाचनमा परिणाम आएपछि कसरी जान्छ भन्ने कुरा त्यहीबेला थाहा हुन्छ। सरकार मंसिरमा ढल्छ, भनेको मान्छेहरूले अस्ति गएको मंसिर बुझेछन्। ०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ। त्यो भन्दा अगाडि ढल्दैन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रास्वपा हूँ’ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन्- ज्वाला संग्रौला

केन्द्रीय सदस्य ज्वालाले पार्टीको चुनावी अभियानका दौरान आर्थिक अपचलन गरेर निलम्बनमा परेका पूर्वनेता-कार्यकर्ताहरूले आफ्नो खेदो पनि आरोप लगाएकी छन्। उनले ‘बलात्कार आरोपीलाई उन्मुक्ति दिएको’ भन्ने लेखाइमा सामान्य त्रुटी भएको स्वीकार गरेकी छन्। उनले सामाजिक सञ्जालमा थप स्पष्टीकरण दिँदै लेखेकी छन्, ‘मेरो एउटा सामान्य लेखाइको त्रुटी, त्यो पनि मैले सच्याएर तीनवटा स्पष्टीकरणसहितका स्टाटस लेख्दासमेत मलाई खेद्न छोडेका छैनन्। यसबाट म कतै विचलित भएकी छैन, किनकी यस्ता बाधाका पहाडमाथि टेक्दै जीवनको उकाली चढेको निक्कै साल भै सक्यो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपाल भन्छन्- प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली चाहिँदैन, बोल्यो कि पोल्यो हुन्छ

प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू हुँदा नेपालीहरू अमेरिकाबाट भागाभाग हुने चर्चा गरे। उनले यसको समस्याको बारेमा थाहा नभए एउटा गोष्ठिको आयोजना गर्न आग्रह गर्दै आफूले सबै विवरण दिने बताए। उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गयो भने अहिले नेपालीहरू अमेरिकाबाट भागाभाग हुन्छ। केही चाहिँदैन। कुनै पनि ठाउँ चाहिँदैन। विभिन्न देशको राष्ट्रपति प्रणालीका समस्याहरू थाहा पाउनुभएको छैन भने एउटा गोष्ठि राख्नुस्। म सबै विवरण नै दिन्छु। म आफैं त्यहाँ गएर सुनेको पनि छु, बुझेको पनि छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समितिमा सोविताले उठाइन् हिरासतमा मानव अधिकार हननको मुद्दा

‘कुनै पनि व्यक्तिलाई हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन हुन नपर्ने हो। तर यो समितिले पनि व्यक्तिलाई हिरासतमा लौजाँदै गर्दा मानव अधिकार हनन भयो की भएन हेर्न जरुरी छ। साथै यो विषय कानून, न्याय तथा मानव अधिकार समितिको क्षेत्राधिकार भएकाले चर्चा गर्नुपर्ने आवश्यक छ,’ उनले भनिन्, ‘पछिल्लो  समय आम नागरिकहरुमाथि जसले प्रश्नगर्छ त्यसलाई राज्यले पक्राउन गर्ने, अनुसन्धानको नाममा थुनामा राख्ने गरेको पाइन्छ यसमा पनि समितिको ध्यान जान जरुरी छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपा एकीकृत समाजवादीले टुंग्यायो कार्यविभाजन (सूचीसहित)

नेकपा (एकीकृत समाजवादी) ले पार्टीको कार्यविभाजन टुंग्याएको छ। अध्यक्ष माधवकुमार नेपालले अपानि–४ जारी गर्दै नेताहरूको कार्य विभाजन टुंग्याएका हुन्। उनले ७७ वटै जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एकीकृत समाजवादीको निष्कर्ष: गठबन्धन सरकारले जनअपेक्षा अनुरूप काम गर्न सकेन

नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको निष्कर्ष निकालेकाे छ।  अध्यक्ष माधव नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा वर्तमान सरकार देश र जनताको हित प्रतिकूल निरंकुश ढंगले अगाडि बढिरहेको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओलीले बोलाए मन्त्रिपरिषद बैठक

बैठकमा सरकारका नियमित काम कारबाहीका अतिरिक्त सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने सचिवालयले जनायो। ओलीले आजै एमालेको संसदीय दलको बैठक पनि बोलाएका छन्। सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउसो १ बजे बैठक बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बानेश्वरमा एमाले संसदीय दलको बैठक बस्दै

संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि आवश्यक छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ। सङ्घीय संसद्को अधिवेशन यहि माघ १८ गतेबाट सुरु हुँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन मन्त्रीद्वारा खाँदबारी-किमाथांका सडकखण्ड निरीक्षण

२०७६ भदौ २२ गते मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम खाँदबारी-किमाथांका सडक आयोजना मध्ये च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.५१ किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएको थियो। आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त सडक खण्डको ट्रयाक खोलिसकिएको छ भने हाल सडक चौडा गर्ने कार्य भईरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं