बिहिबार, १५ अक्टोबर २०२६

हर्क साम्पाङ भन्छन्- ‘मलाई केपी ओलीले फेस गर्न सकेनन्’

प्रधानमन्त्री ओलीले मेयर सम्पाङलाई भेट्न अस्वीकार गरेका थिए। धरानको खानेपानी समस्यालाई लिएर मंगलबार प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका साम्पाङलाई प्रधानमन्त्रीले भेट्न समय नदिएका हुन्। खानेपानीमन्त्री प्रदीप यादवसँग भेटवार्ता गरेर प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका साम्पाङलाई प्रधानमन्त्रीको कार्यालयले एक घण्टा कुराएर फर्काइदिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको भन्दा भारतको कानून कडा छ : कानूनमन्त्री चौरसिया

‘कानूनले  के भन्छ भने सयवटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु हुँदैन। म भारतको बोर्डर नजिकैको मान्छे हुँ। भारतीय सीमानामै मेरो घर पर्छ। भारतमा फरार अभियुक्तलाई, धरौटी बुझाउन नसकेको अभियुक्तलाई सरकारले, प्रहरीले, घरमा जति सामान छ त्यो सबै उठाएर लैजान्छ। झ्यालढोका केही छाड्दैन्,’ उनले भने, ‘घरबाट निकाल्ने सक्ने जे जे समान छ सबै उठाएर लैजान्छ। नेपालको कानूनमा यो छैन। त्यसैले मुद्दा फैसला गर्न नै समस्या छ। भारतको कानून अपराधिक मामिलामा धेरै नै कडा छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएन नागरिकता कार्यान्वयन गर्न देउवाले पहल गर्ने

संविधानले नै निर्दिष्ट गरेको अधिकार प्राप्तिका लागि पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि पछिल्लो पटक गैरआवासीय नेपालीलाई १० वर्ष भिसा शुल्क नलाग्ने भनेर अध्यादेश आउँदा विदेशमा रहेका नेपालीहरू थप निराश भएको अध्यक्ष डा केसीले बताए। उक्त अवसरमा संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राईसमेत उपस्थित थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रेमिट्यान्स राज्यको आम्दानी हो’ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ- मन्त्री भण्डारी

उनले भने, ‘एउटा सत्य कुरा के हो भने करिव करिव मुलुकको ७५ देखि ८० प्रतिशत हाउस वा होममा रेमिट्यान्सको रकम जान्छ। रेमिट्यान्सको रकम राज्यको होइन व्यक्तिको हो। जुन वैदेशिक रोजगारीको  सञ्चिती भएकाले अन्तर्राष्ट्रिय जगतमा के बुझ्नुपर्छ भने हामी टिक्नुपर्छ। भ्रमबाट मुक्त हुनुपर्छ। रेमिट्यान्स राज्यको आम्दानी होइन यो व्यक्तिको आम्दानी हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले मानेनन् हर्कलाई भेट्न, सचिवालयले भन्यो- समय छैन

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री व्यस्त रहेकाले ५ बजेपछि मात्र भेट्न मिल्ने बताएपछि साम्पाङ फन्किँदै हिँडेका थिए। उनी भन्छन्, ‘मेयर हो र जतिबेला भन्यो भेट्नलाई? प्रधानमन्त्रीको निर्धारित कार्यतालिका मिलाउनुपर्छ।’ सचिवालय स्रोतका अनुसार रित्तो गाग्री बोकेर अराजक गतिविधि गरेका साम्पाङसँग प्रधानमन्त्री रुष्ट बनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेमा वामदेव एक्लै, चार उपाध्यक्षसहित बहुमत सदस्य माओवादी प्रवेशको तयारीमा

चार उपाध्यक्षसहित बहुमत केन्द्रीय समितिले माओवादीसँग एकता गर्ने निर्णय गरेको हो। आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष एवं लुम्बिनी इन्चार्ज महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले वामदेवको अभियान त्यागेको घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दायाँ-बायाँ कांग्रेस नेता राखेर प्रचण्डले भने- सरकारको आयु लामो छैन

मंगलबार चितवनमा पुगेका प्रचण्डले कांग्रेसका नेताहरू पूर्वमहामन्त्री डा.शशांक कोइराला र सांसद डा. चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर केपी ओली सरकारको आयु लामो नभएको दाबी गरेक हुन्। उनले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन। मैले प्रस्ट भन्ने गरेको छु। यो प्राकृतिक छैन। स्वाभाविक छैन। पारदर्शी छैन। गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन्। अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

एमालेसहितका नेताहरू माओवादी प्रवेश, प्रचण्डद्वारा स्वागत

यसरी प्रवेश गर्नेहरूमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, कांग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोतीलगायत छन्। सोही अवसरमा भारतीय सेनाका पूर्व क्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

प्रहरीले खोस्यो हर्कको गाग्री, रित्तै छिरे सिंहदरबार

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रित्तो गाग्री प्रहरीले खोसेको छ। रित्तो गाग्री बोकेर सिंहदरबारमा प्रवेश गर्न खोजेपछि प्रहरी र हर्कका समर्थकबीच तनाव उत्पन्न भएको थियो। धरानमा खानेपानी समस्यामा सरकारले चासो नदिएको भन्दै उनले दवाब स्वरुप खाली गाग्री बोकेर प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न सिंहदरबार गएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अछाम

अछाममा एमालेका १ हजार बढी नेताकार्यकर्ताले पार्टी परित्याग गर्दै भीम रावलको मातृभूमी जागरण अभियानमा प्रवेश गरेका छन्। जागरण अभियान स्रोतका अनुसार एमालेका १ हजार ८६ नेता कार्यकर्ता अभियानमा सहभागी भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - अछाम

भोलि एमाले प्रवेश गर्दै वामदेव गौतम, मागे ‘वरिष्ठ उपाध्यक्ष’

गौतमको सचिवालय स्रोतका अनुसार आज पार्टीले सकारात्मक निर्णय गर्‍यो भने भोलि नै पार्टी प्रवेशको तयारी छ। वामदेवले वरिष्ठ उपाध्यक्षको दाबी गरेका स्रोतले बतायो। यद्यपि उनलाई एमालेमा वरिष्ठ नेताको जिम्मेवारीमा भित्र्याउने सम्भावना धेरै छ। आजको एमाले सचिवालय बैठकले यस विषयमा निर्णय गर्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको सचिवालय बैठक बस्दै, वामदेवबारे छलफल गरिँदै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। मंगलबार च्यासलस्थित केन्द्रिय कार्यालयमा दिउँसो ४ः०० बजे बैठक बस्न लागिएको हो। बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी दास्रो कार्यकालको राष्ट्रपतिको समप ग्रहण गरेसँगै समकक्षी डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। मंगलबार राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गरेको उपलक्ष्यमा ट्रम्पलाई बधाईका साथ सफल कार्यकालको शुभकामना दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपिन जोशीलाई छुटाउन इजिप्टका विदेशमन्त्रीलाई बैंककबाट आरजुको फोन

इजरायल हमास युद्धविराम आइतबारदेखि लागु भएको छ। विभिन्न चरणमा युद्ध बन्दीहरूलाई रिहाइ गर्ने क्रम चलिरहेको छ। तर, हमासले पहिलो चरणमा रिहाइ गर्ने बन्दीहरूको सूचीमा विपिन नपरेपछि उनको रिहाइका लागि पहल गरिदिन इजिप्टका विदेश मन्त्रीसँग परराष्ट्रमन्त्री राणाले आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरा महानगरमा कांग्रेसको ताला

विशेष नगरसभाको निर्णय कार्यान्वयन नभएको भन्दै सोमबार बसेको १६ औं नगरसभा एमालेले बहिष्कार गरेको हो। बैठक सुरु भएलगत्तै एमालेका जनप्रतिनिधिहरूले सिटबाट उठेर नगरसभामा अवरोध गरेका थिए। एकछिनको रस्साकस्सीपछि एमाले जनप्रतिनिधतिहरू नगरसभा बहिष्कार गर्ने भन्दै बाहिरिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माघ १८ गतेबाट संघीय संसद अधिवेशन बोलाउन सिफारिस

सोमबार बसेको मन्त्रिपरिषद्को संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो। सोमबार दिउँसो प्रधानमन्त्री केपी ओलीले सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए। सभामुखले चाँडै संसद अधिवेशन बोलाउनु पर्ने सुझाव दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुशासनको अभियान चलाउँदा बिचौलिया र भ्रष्टहरूले सरकारबाट हटाए- प्रचण्ड

आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै उनले दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित विपरित- प्रधानमन्त्री

सोमबार नेकपा (एमाले)को परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना र ठुला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूमिसम्बन्धी अध्यादेशले झनै शंका जन्मायो- महासचिव गुरुङ

उनले सर्वोच्च अदालतको आदेश विपरीत सरकारले राष्ट्रिय निकुञ्ज र वनसम्बन्धी कानून संशोधन गर्न खोजेको भन्दै त्यसले मूलुकको विकासको गति कता लैजाने हो? भन्दै प्रश्न गरे। उनले भने,राष्ट्रिय निकुञ्ज र वनसम्बन्धी कानून पनि संशोधन गरिएको छ। एकातर्फ सर्वोच्च अदालतले भर्खरै संविधानले प्रकृतिको संरक्षण गर्नुपर्छ भन्दै राष्ट्रिय निकुञ्जभित्र बन्ने पूर्वाधारको निर्माण रोक्नुपर्छ, अनुमति दिन सकिदैन् भनेर आदेश दिएको छ। त्यसले मूलुकको विकासको गति कता लैजाने हो, पूर्वाधारको विकासको गति कता जाने हो भन्ने गम्भीर प्रश्न उठेको छ। ’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक महत्वपूर्ण दस्तावेज- गगन थापा

उनले सरकारले ल्याउन लागेको कानून जैविक विविधताको विषय नेपालको कृषि क्षेत्रको मूल विषय हो भनेर पुष्टि गर्ने नयाँ अवसर भएको पनि बताए। उनले भने, ‘सरकारले ल्याउने जुन कानून छ त्यो कानूनमा जैविक विविधताको विषय नेपालको कृषि क्षेत्रको मूल विषय हो भन्ने कुरा पार्न सक्नुपर्छ। विषय अहिले कुनामा परेको छ यसलाई केन्द्रमा ल्याउने अवसर अहिले आएको छ। यो अवसरमा काम गरौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं