बिहिबार, १५ अक्टोबर २०२६

प्रधानमन्त्री ओलीका हप्ता दिन: एकैदिन चारवटा कार्यक्रममा भाषण

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरूमा कार्यक्रमको उद्घाटन र सम्बोधनमै व्यस्त छन्। ओली भरसक कार्यक्रम छुटाउँदैनन्। पछिल्लो हप्ता ओलीले एकैदिन चारवटासम्म कार्यक्रममा सम्बोधन गर्न भ्याए। भेटघाट, सार्वजनिक मन्चमा भाषण र आफ्नो दल एमालेका बैठकहरूमा उनको समय व्यतित भइरहेको छ। कहिले पूर्व त कहिले पश्चिमका जिल्लामा पुगेर सम्बोधन, उद्घाटन, शिलान्यासमा समय कटाइरहेका उनको पछिल्लो समय उद्घाटन, भाषण र एक अर्कालाई घोचपेच गर्नमै व्यस्त भएको तालिकाले स्पष्ट पार्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ दलहरू आफूले पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे- लिङ्देन

देशको राष्ट्रिता कमजोर भएको बताउँदै देश अहिले भू-राजनीतिक चक्रब्युहमा परेको बताए। हाम्रो देशमा विदेशी चलखेल बढेको बताउँदै अध्यक्ष लिङ्देनले यो अवस्थाको निर्माण तिनै दलहरुले गरेको दावी गरे। देश अहिले निकै अप्ठेरो अवस्थामा रहेको बताउँदै अध्यक्ष लिङ्देनले देशमा अहिले चरम निराशा बढेको, युवाहरूले देश छाड्ने दर ह्वात्तै बढेको बताउँदै देश गम्भीर मोडमा पुगेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

विवादै-विवादले घेरिएका उर्जामन्त्री खड्काका महत्वाकांक्षी लक्ष्य

मन्त्रीको पद सम्हालेदेखि नै उनी विवादै विवादको घेरामा छन्। कहिले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँगको विवाद त कहिले नेपाल स्काउटको जग्गा प्रकरण विवादमा उनको नाम जोडिएको छ। केहि समयअघि विद्युत प्राधिकरणका निर्देशक घिसिङलाई जसरी पनि हटाउने रणनीतिका रुपमा प्रस्तुत भएका थिए खड्का।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगन थापा भन्छन्- अलिकति ढंग पुर्‍यायौं भने नक्साल पर्यटकीय क्षेत्र बन्छ

पैदल सम्पदा मार्गको शुभारम्भ गर्दै उनले सबैलाई यो क्षेत्रको बारेमा जानकारी गराउन आफूले पैदल सम्पदा मार्गको शुभारम्भ गरेको बताए। उनले नागपोखरीदेखि भगवती बहालसम्म र कमल पोखरीदेखि नरसिंह चोकसम्म राम्रोसँग विकास गर्न सके पर्यटकीय गन्तव्य बन्न सक्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गिरिबन्धु टी स्टेट, शरणार्थी प्रकरणमा भ्रष्टाचारीलाई उन्मुक्ति दिएको विपक्षी दलको आरोप

विगतमा अघि बढाइएका गिरिबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गालगायतका भ्रष्टाचारका फाइलहरू बन्द हुन पुगेका छन् र सत्तारुढ दलका भ्रष्टाचारमा मुछिएका नेता तथा कार्यकर्तालाई यो वा त्यो बहानामा उन्मुक्ति दिने प्रपञ्च भइरहेको विपक्षी दलको आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाजवादी प्रेस संगठनको मुख्य नेतृत्व नै प्रेस चौतारीमा प्रवेश

यसरी समाजवादी प्रेस संगठन छोडेर चौतारी प्रवेश गर्नेमा अध्यक्ष विश्वमणि सुवेदी, वरिष्ठ नेता नरेन्द्र साउद, सल्लाहकार माधव पाैडेल, महासचिव रामकुमार एलन, सचिव नेपाेलियन चेपाङ, काेषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू शिव सुवेदी, साैगात मिश्र,नरेन्द्र विष्ट,यज्ञ थापालगायत छन्। यस्तै प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेशका अध्यक्ष आशिष गुरागाईंसमेत रहेका छन्। उनी नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अल्पमतको कदर गर्न सरकारलाई विपक्षी दलहरूको आग्रह

शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकपछि आयोजित संयुक्त पत्रकार पत्रकार सम्मेलनमा बैठकको निर्णय सार्वजनिक गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नु पर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपक्षी दलहरू बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायत नेताहरू सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्यादेशको आलोचना गर्न मिल्छ, विरोध गर्न पाइँदैन : मन्त्री गुरुङ

उनले एउटा नागरिकले अधिकार पाउन २० वर्ष कुर्नपर्ने, एउटा विधेयक बनाउन ६ वर्ष पनि लाग्ने समस्याको अन्त्यको लागि पनि अध्यादेश ल्याउन जरुरी रहेको बताए। उनले अध्यादेशको आलोचना गरे पनि विरोध गर्न नमिल्ने धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्ण थापाको प्रष्टोक्ति- ‘संयोगले सिट सँगै पर्‍यो, हामी आ-आफ्नै बाटोमा छौं’

थापाले भाेलिदेखि बाजुरामा हुने एमालेको पालिका अधिवेशनकाे लागि काठमाडौंबाट श्रीएयरकाे जहाजबाट धनगढी आउने क्रममा विमानस्थलकाे अतिथी कक्षमा रावलसँग भेट भएको र संयोगले सिट पनि सँगै परेको बताएका छन्। नेकपा विभाजनको समयमा भीम रावलविरुद्ध वयानबाजीमा उत्रिएका थापा पछिल्लो समय भने रावललाई कारवाही गर्नु नहुने पक्षमा उभिएका थिए। तस्विरमा दुवैजना हर्षित मुद्रामा देखिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डलाई गोकुलको प्रश्न- सत्ता खुस्केको झोंक सिस्टममाथि पोख्न मिल्छ?

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता खुस्केको झोंक सिस्टममाथि पोख्न खोजेको आरोप लगाएका छन्। प्रचण्डले गणतन्त्रमाथि खतरा पैदा भएको दाबी गरेपछि बास्कोटाले शुक्रबार सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एउटै प्लेनमा धनगढी पुगे भीम रावल र एमाले स्थायी कमिटी सदस्य कर्ण थापा

नेकपा विभाजनको समयमा भीम रावलविरुद्ध वयानबाजीमा उत्रिएका थापा पछिल्लो समय भने रावललाई कारवाही गर्नु नहुने पक्षमा उभिएका थिए। तस्विरमा दुवैजना हर्षित मुद्रामा देखिएका छन्। दुवैजना सँगै पश्चिम जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

हिजो स्थगित पत्रकार सम्मेलन बिपक्षी दलले आज गर्दै

संघीय संसदका विपक्षी दलहरूले आज पत्रकार सम्मेलन गर्दैछन्। हिजो गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भए पछि सो पत्रकार सम्मेलन आज गर्न लागिएको हो। पत्रकार सम्मेलन दिउँसो ३ बजे हुने भनिए पनि स्थान भने अझै सार्बजनिक गरिएको छैन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस र एमालेबीच कुनै समस्या छैनः सभापति देउवा

बिहीबार आफ्नै निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकमा ब्रिफिङ गर्दै उनले एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने र दुई दलबीचमा कुनै समस्या नरहेको बताएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवालाई मन्त्रीहरूको ब्रिफिङ- ओली नेतृत्वको सरकारमा काम गर्न सहज छैन

सभापति देउवा निवास बूढानीलकण्ठमा बोलाइएको कांग्रेस संसदीय दल कार्यसमिति बैठकमा मन्त्रीहरूले आ-आफ्नो नेतृत्वकाे मन्त्रालयमा भइरहेका काम बारे ब्रिफिङ गरेका थिए। छलफलका १० मन्त्री र २ राज्यमन्त्री सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपक्षी दलहरूको संयुक्त पत्रकार सम्मेलन सर्‍यो

पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको दुई सदस्यीय कार्यदल बनाएको छ। कार्यदलले समयमै ड्राफ्ट तयार गर्न नसकेपछि आजको पत्रकार सम्मेलन स्थगित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपक्षी दलहरूले आज संयुक्त पत्रकार पत्रकार सम्मेलन गर्दै

हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन्। आजको पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्यीय कार्यदल बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माघ १६ गते काठमाडाैंमा कार्यक्रम गर्ने समाजवादी मोर्चाकाे निर्णय

समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ। बुधबार बसेको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शेरबहादुर देउवाले बूढानीलकण्ठमा मन्त्रीहरू छलफल गर्ने

कांग्रेसबाट १० र २ राज्यमन्त्रीसहित १२ जना छन्। सरकारका काम कारबाही, अध्यादेश लगायतका विषयमा असन्तुष्टि बढीरहेका बेला आफ्नो पार्टीका मन्त्रीहरूसँग छलफल गर्न लागेकाे देउवाको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं