गृहमन्त्रीमाथि छानबिन गर्न ‘उच्चस्तरीय छानबिन आयोग’ गठन गर्न रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गरेको छ। मंगलबार प्रतिनिधि सभामा बोल्दै रास्वपा सांसद शिशिर खनालले गृहमन्त्रीमाथि छानबिनका लागि आयोग गठन नभएसम्म संसद चल्न नदिने चेतावनी दिए। उनले अख्तियारको अनुसन्धानमा सघाउनुपर्नेमा गृहमन्त्रीले उल्टै सहसचिवको सरुवा गरेर अनुसन्धानमा अवरोध गरेको आरोप लगाए। उनले राजनीतिक संरक्षणमै विमानस्थलमा लुटको धन्दा चलाइएको दाबीसमेत गरे।
बिएल संवाददाता - काठमाडौं