गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने एमालेको निर्णय
नेकपा (एमाले)को ५२ औं सचिवालय बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ। आइतबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए। बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिँदै भने,‘आजको बैठक समसामयिक विषयमा केन्द्रीत थियो। बैठकले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको छ। यस अवसरमा जनसमुदायलाई पनि गणतन्त्र दिवस उत्साहपूर्वक मनाउन आह्वान गरिएको छ।’
बिएल संवाददाता - काठमाडौं