आइतबार, १२ अक्टोबर २०२५

भारतविरुद्ध पाकिस्तानले सुरु गरेको अपरेशन ‘बुनयान अल-मार्सस’को अर्थ के हो?

अपरेशन ‘बुनयान अल-मार्सस’ नाम इस्लामको पवित्र ग्रन्थ कुरानको एउटा आयतबाट लिइएको हो। न्यूयोर्क टाइम्सका अनुसार यसको अर्थ ‘एक दृढ र बलियो संरचना’ हो। अल जजीराको रिपोर्टअनुसार ‘बुनयान मार्सस’ एक अरबी वाक्यांश हो जसको प्रत्यक्ष अनुवाद ‘सिसाबाट बनेको संरचना’ हो। रिपोर्टले यो पनि थप्यो कि नाम जुन पदबाट लिइएको हो त्यसमा लेखिएको छ, ‘अल्लाहले साँच्चै युद्धको पङ्क्तिमा उहाँको मार्गमा लड्नेहरूलाई माया गर्नुहुन्छ, मानौं तिनीहरू एक ठोस सिमेन्टेड संरचना हुन्।’ त्यस्तै धेरै रिपोर्टहरूले यस अपरेशनसको नाम फरक-फरक व्याख्या गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शीतलनिवासमा राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शुक्रबार भेटवार्ता भएको छ।  शुक्रबार राष्ट्रपति निवासमा उनीहरूबीच भेटवार्ता भएकाे हाे।  भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता, के भयाे कुराकानी?

भारत–पाकिस्तानबीच उत्पन्न तनाव र घटनाक्रमबारे जानकारी गराएका श्रीवास्तलाई प्रधानमन्त्री ओलीले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतको ‘दुश्मन’ पाकिस्तानसँग नेपालको साइनो कस्तो छ?

भारतसँग नेपालको जति साइनो अनि सम्बन्ध छ, पाकिस्तानसँगै त्यत्ति धेरै छैन। भूगोल, समाज, संस्कृती र रहनसहनमा झाँगिएको नेपाल-भारत सम्बन्धमा ‘गोर्खा सैनिक’ त्यही सम्बन्धको अर्को एउटा आयाम हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पहिलो अमेरिकी नागरिक बने पोप

विश्वव्यापी अनुभव भएका प्रिभोस्टले आफ्नो करियरको धेरैजसो समय भने दक्षिण अमेरिकामा मिसनरीको रूपमा बिताए । हालसालै भने उनी बिसप नियुक्ति गर्ने भ्याटिकनको शक्तिशाली कार्यालयको नेतृत्व गरिरहेका थिए । उनले पोप फ्रान्सिसका सुधारलाई अघि बढाउने अपेक्षा गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारतलाई नेपालको साथ, छिमेकी राष्ट्रविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता

भारत र पाकिस्तानबीच तनाव चुलिँदै गएपछि नेपालले बल्ल मुख खोलेको छ। बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै औपचारिक धारणा सार्वजनिक गरेको हो। विज्ञप्तिमा भारत र पाकिस्तानबीचको बढ्दो तनावको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ। नेपालले आतंकवादविरुद्ध रहेको बताउँदै भारतप्रति सहानूभुति व्यक्त गरेको छ। तर, भारतले पाकिस्तानमा मिसाइल प्रहार गरेको बारे बोलेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रिपरिषद बैठकअघि ओलीसँग देउवा दम्पतीको भेट

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दम्पतीबीच भेटवार्ता भएको छ। बिहीबार साँझ मन्त्रिपरिषद बैठकअघि बालुवाटार पुगेर ओलीसँग सभापति देउवा र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले छलफल गरेका हुन्। भेटमा समसामयिक राजनीतिक विषयबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटवार्तामा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘दादागिरि’ देखाएको भन्दै मन्त्री राईलाई गृहजिल्लामा आफ्नै कार्यकर्ताले लखेटेपछि…

कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईविरुद्ध उनकै गृह जिल्ला खोटाङमा नाराबाजी भएको छ। नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत रहेका राईविरुद्ध बिहीबार गृह जिल्ला खोटाङमा आफ्नै कार्यकर्ताले नाराबाजी गरेका हुन्। खोटाङको साकेला गाउँपालिकामा कार्यकर्ता भेटघाटका लागि गएका राईले दादागिरि देखाएको भन्दै कांग्रेसकै कार्यकर्ताले उनीविरुद्ध नाराबाजी गरेका थिए। उनलाई साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वको टोलीले विरोध गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

मिश्र र प्रसाईंसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत काठमाडौंले तीनकुने घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। बिहीबार न्यायाधीश मोना सिंहको इजलासले राज्य विरुद्धको कसुरमा  उनीहरूलाई सातौं पटक म्याद थप गर्दै हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। रवीन्द्र मिश्रमाथि फेरि अर्को मुद्दा थपिएको छ। यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएका मिश्रमाथि फेरि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा थपिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविन्द्र मिश्रलाई मुद्दामाथि मुद्दा, फेरि थपियो अर्को

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि फेरि अर्को मुद्दा थपिएको छ। यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएका मिश्रमाथि फेरि अर्को मुद्दा थपिएको हो। गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि बिहीबार आज आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा थपिएको छ। मिश्रले आफूलाई मुद्दामाथि मुद्दा लगाइएको भन्दै इजलाशसमक्ष आपत्ति जनाएका छन्। उनले न्यायालयबाट आफूले न्याय पाउने आशा राखेको भन्दै इजलाससमक्ष न्यायको याचना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘पहलगाम आक्रमण’ गराएका मौलाना मसुद अजहरको ‘नेपाल साइनो’ (भिडियोसहित)

यद्यपि भारतीय सुरक्षाकर्मीले सन् १९९४ मै मसुदलाई कश्मीरबाट गिरफ्तार गरिसकेको थियो।  सन् १९९० तिर मसुद एक धार्मिक प्रवचक थिए। कट्टर मुस्लिम धार्मिक गुरु ठहरिएका उनले विश्वका धेरै इस्लामिक देशहरूको भ्रमण गरिसकेका छन्। त्यो बेला पनि उनले मुस्लिम समुदायमा पुगेर उग्र धार्मिक प्रवचन दिन्थे र युद्धका लागि उक्साउथे। उनी झुठा परिचय लिएर भारतभित्र छिरेका थिए। कश्मीरतिर रहेरले उनले भारतमा हिंसात्मक आक्रमणको योजना बनाइरहेका थिए। त्यो बेला उनी हरकत-उल-मुजाहिद्दिनका नेता थिए।  नेपालबाट विमान अपहरण गरेर भारतसँग मोलमोलाइ गर्दै उनी फेरि रिहा भए र अर्को त्यस्तै आतंकवादी संगठन हरकत-उल अन्सारलाई समेत मिलाएर जैश-ए-मोहम्मद भन्ने संगठन बनाए। दुबैतिरका उग्र लडाकु मिलेर बनेको यो संगठनले सन् २०१६ मा भारतीय संसद भवनमै आक्रमण गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘देशमा केही भएन’ भन्ने मिसनका साथ पुरातनवादी तत्वहरू छट्पटाएका छन्ः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुरातनवादी तत्वहरू देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित रहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरातनवादी तत्वहरू लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दै हिडेको बताएका हुन्। उनले भने, ‘यहाँ काम गर्ने मान्छे छैन, मान्छेहरू काम पाइन्छ भनेर देश बाहिर गइरहेका छन्। यस देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित र पुरातनवादी तत्वहरू छट्पटाएका छन्। उसले २५० वर्ष शासक भएर खाएको सम्झिएको छ। उनीहरू यो लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दैछन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेठ १५ बाट राजावादीको ‘अनिश्चितकालीन आन्दोलन’ घोषणा

राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदी नेतृत्वमा गठित संयुक्त  जनआन्दोलन समितिले जेठ १५ बाट अनिश्चितकालिन आन्दोलनको घोषणा गरेको छ। समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै अनिश्चितकालिन आन्दोलनको घोषणा गरेको हो। समितिले तीन प्रमुख मागहरू अघि सारेको छ। परिवर्तनकारी र परम्परागत शक्तिबीच समाञ्जस्यता कायम गर्दै राजसंस्था अटाउने गरी नयाँ समझदारी, सर्वधर्म समभावसहितको पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र र बलियो स्थानीय सरकारको मागसहित आन्दोलनको घोषणा भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मल वितरणमा ‘कोटा प्रणाली’ व्यवहारिक भएन: सांसद सापकोटा

(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले कोटा प्रणालीमार्फत मल वितरणको प्रक्रिया व्यवहारिक नभएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानले ५० किलो मल माग गर्दा मुश्किलले पाँच किलो मात्र प्राप्त गर्ने अवस्था रहेको बताए। उनले भने, ‘हरेक वर्ष जब धान रोप्ने बेला हुन्छ। किसानले पर्याप्त मल पाउँदैनन्। कोटा प्रणालीमार्फत मल वितरण हुन्छ। तर त्यो व्यवहारिक र सहज छैन। किसानले ५० किलो मल माग गर्दा मुश्किलले पाँच किलो मात्र प्राप्त गर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

४४३ बोतल लागू औषधसहित दुई युवक पक्राउ

भारतबाट लागुऔषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवालाई सिरहा प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान नगरपालिका-१७ स्थित बलान खोलाको बगर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। बैशाख २४ गते बिहान करिब साढे ४ बजे भारतबाट लागुऔषध लिएर आउँदै गरेका व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट ONEREX–१०० एमएल लेखिएको ४४३ बोतल लागुऔषध बरामद गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको मागः पाकिस्तानी आतंकवादविरुद्धको लडाइँमा भारतलाई साथ दिनुपर्छ

भारतलाई मात्र नभएर आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने उनले बताएका हुन्। उनले भने, ‘भारतले पाकिस्तानको आतंकवादविरुद्ध गरेको युद्ध जस्ता कुराले हामी जोखिमयुक्त अवस्थामा छौं भन्ने हामीलाई लागेको छ। यो समयको जटिलताको सामना गर्न सरकार तयारी रहोस् भनेर अनुरोध गर्न चाहन्छु। साथै आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ।’ त्यस्तै उनले धितोपत्र बोर्डको अध्यक्षले कमिसनको काण्डबारे छानबिन गर्न, अख्तियार प्रमुखले भ्रष्टाचारको पैसा विदेशबाट फिर्ता ल्याउन सकिएन भनेर दिइएको अभिव्यक्तिलाई पनि ध्यान दिन, र चाँडै गभर्नर नियुक्त गर्न सरकारलाई ध्यानाकर्षण गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ गभर्नर नियुक्त हुँदै! प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत विषयमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाकिस्तानले ‘जवाफी कारबाही’ थालेपछि भारतीय सेना ‘हाइ अलर्ट’मा

भारतले पाकिस्तानमा गरेको सैन्य कारबाही ‘अपरेसन सिन्धूर’को प्रतिक्रियामा पाकिस्तानले जवाफी कारबाही थालेको छ। जम्मू-कश्मीरको सीमा रेखा नजिकको गाउँमा पाकिस्तानी सेनाले गरेको बमबारीमा १५ जना मारिएका र ५० बढी घाइते भएका पाकिस्तानी मिडियाले जनाएका छन्। पाकिस्तानले जवाफी कारबाही थालेसँगै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्टको रणनीति अपनाएको छ।  भारतीय समाचार एजेन्सी पीटीआईले जनाए अनुसार सीमा रेखा नजिकैको अग्रिम गाउँलाई निशाना बनाएर पाकिस्तानी सेनाले गरेको गोलीबारी तथा बमबारीमा चार बच्चा र एक सैनिकसहित १३ जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाकिस्तानको जवाफी कारबाही सुरु, सैन्यअधिकारीसहित १५ भारतीय मारिए

त्यसको बदलामा पाकिस्तानी सैनिकले पनि सिमा रेखाहरू नजिकका भारतीय बस्तीमा आक्रमण सुरु गरेको छ। त्यो आक्रमणमा भारतीय सैनिकका एकजना अधिकृत (लेस नायक) दिनेश कुमारको मृत्यु भएको भारतीय सैनिकले जनाएको छ। उनी फिल्ड ५ रेजिमेन्टका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन पेश

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ। नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएकी हुन्।  कायम मुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराए। प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुर्‍याउने अर्थमन्त्री पौडेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं