हेर्दाहेर्दैमा राखिएको रविको मुद्दा आज नहेरिने, यस्तो छ कारण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथिको निरन्तर हुने भनिएको सुनुवाइ बुधबार नहुने भएको छ। लामिछाने पत्नी निकिता पौडेलले लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन्। उक्त निवेदनमाथि मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले सुनुवाइ गर्दै हेर्दाहेर्दैमा राखिएको थियो। तर, बिहीबार सर्वोच्च अदालत प्रशासनले नै निवेदनको सुनुवाइ स्थगित भएको पेशी सूची प्रकाशित गरेको छ। रविसहितको निवेदनमाथि सुनुवाइ गर्ने इजलासका न्यायाधीशहरू छुट्टाछुट्टै इजलासमा परेपछि सुनुवाइ बुधबारको सुनुवाइ स्थगित भएको हो।
बिएल संवाददाता - काठमाडौं