आइतबार, १२ अक्टोबर २०२५

नेपालको रेलमा कोरियाको चासो, प्रधानमन्त्रीसँग भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पाेरेशन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले भेटवार्ता गरेको छ। बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा एक सय २६ वर्षे रेलवेको इतिहास बोकेको कोरियाको स्थापित उक्त कम्पनीले नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा देखाएको छ। भेटका अवसरमा ‘स्काइ वाक’ कम्पनीले तयार गरेको चतराधाम-चौरीखर्कसम्मको ‘एभरेष्ट रेलवे प्रोजेक्ट’को एनिमेसन-भिडियो प्रस्तुत गरिएको थियो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीससिहत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले नेपालले जनकपुरबाट रेल सञ्चालन गरिसकेको जनाउँदै अन्य स्थानमा रेलवे निर्माण र सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा कोरियाली सहकार्यको पहल सकारात्मक भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको रेलमा कोरियाको चासो, प्रधानमन्त्रीसँग भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पाेरेशन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले भेटवार्ता गरेको छ। बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा एक सय २६ वर्षे रेलवेको इतिहास बोकेको कोरियाको स्थापित उक्त कम्पनीले नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा देखाएको छ। भेटका अवसरमा ‘स्काइ वाक’ कम्पनीले तयार गरेको चतराधाम-चौरीखर्कसम्मको ‘एभरेष्ट रेलवे प्रोजेक्ट’को एनिमेसन-भिडियो प्रस्तुत गरिएको थियो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीससिहत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले नेपालले जनकपुरबाट रेल सञ्चालन गरिसकेको जनाउँदै अन्य स्थानमा रेलवे निर्माण र सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा कोरियाली सहकार्यको पहल सकारात्मक भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनकपुरस्थित पोखरीमा एक पुरुषको शव फेला

जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका-६ मा रहेको उक्त सार्वजनिक पोखरीमा बुधबार बिहान जनकपुरधाम-४ का ४० वर्षीय रविन कर्णको शव फेला परेको हो। हिजो बेलुका करीब ५ बजे पोखरीमा डुबेर बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वार्टर धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको नेतृत्वमा डीएम तालिम प्राप्त ३ जना र गोताखोर तालिम प्राप्त १ जनासहित ९ जनाको टोली हिजो कर्णको खोजीमा परिचालन गरिएको थियो। टोलीले हिजो दुई घण्टासम्म खोजी कार्य गरेपनि बेपत्ता कर्णलाई फेला पार्न सकेको थिएन। आज बिहान कर्णको शव तैरिइरहेको अवस्थामा फेला परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, गभर्नर सिफारिस समितिका सदस्य नियुक्त हुँदै!

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा बस्नेगरी बोलाइएको हो। सोमबार सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन। आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य नियुक्त गर्ने विषयमा निर्णय लिइने बालुवाटार स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनए जस्तो संस्थालाई कसैको स्वार्थका लागि विभाजित गर्न मिल्दैन: ओली

एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ मा बोल्दै उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) राजनीति गर्ने ठाउँ नभएको बताएका हुन्। उनले भने, ‘हामीले राजनीति गर्ने ठाउँ विदेश होइन। एनआरएनए जस्तो  संगठनलाई विभाजन गर्ने प्रयास सफल हुन सक्दैन। स्वार्थका लागि विभाजन गर्न मिल्दैन। यो कुनै पोलिटिकल पार्टीको संस्था होइन यसमा हामीले ध्यान दिनुपर्छ। यस समुदायका हकहितका कुराहरूसँग र देशका लागि के गर्न सकिन्छ त्यसमा यसको सम्बन्ध छ। कहाँ भोट हाल्छ भन्ने आधारमा यस संस्थामाथि व्यवहार गरिनु हुँदैन।’ उनले एनआरएनए संस्था एकताबद्ध, मेलमिलाप र सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था भएको बताए। उनले संस्थाको भलो चिताउने, एकता चिताउने, यस संस्थालाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रयासमा मात्रै आफ्नो साथ रहने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीका १४ स्थानीय तहसँग ‘अपाङ्गता रोकथाम तथा पुनर्स्थापना’ साझेदारी कार्यक्रम

कर्णाली प्रदेश सरकारले १४ स्थानीय तहहरूसँग अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमका लागि साझेदारी गरेको छ।। प्रदेशको सामाजिक विकास मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको उपचार, रोकथाम तथा पुनर्स्थापनाका लागि स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्न लागेको हो। सोमबार कार्यक्रम सञ्चालनका लागि मन्त्रालय र स्थानीय तहहरूबीच साझेदारी गरिएको हो। साझेदारी कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले सबै स्थानीय तहहरूबाट प्रस्तावना आव्हान गरेको थियो। जसमा कर्णालीका ७९ स्थानीय तहमध्ये १४ वटा प्रस्ताव पेश भएको सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले जानकारी दिए। उनका अनुसार सुर्खेतका भेरीगङ्गा नगरपालिका, पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका, कालीकोटको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र शुभकालिका गाउँपालिका छन्। यस्तै, रूकुमपश्चिमको चौरजहारी नगरपालिका र मुसीकोट नगरपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, दैलेखको महाबु गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र हुम्लाको सिमिकोट गाउँपालिका छन्। यी स्थानीय तहहरूमा करिब १० हजार अपाङ्गता भएका व्यक्तिहरू यो कार्यक्रम मार्फत लाभान्वित हुनसक्ने अनुमान गरिएको छ। तर, कार्यक्रम सञ्चालन भने स्थानीय तहहरूले प्रस्ताव गरेअनुरूप हुने जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

सरकारी खर्चमा मेयर, उपमेयर र कर्मचारीको थाइल्याण्डमा मस्ती

सोमबार बुद्धको जन्मस्थल लुम्बिनीमा २५६९ औं बुद्ध जयन्ती धुमधामका साथ मनाइयो। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा स्वदेशी तथा विदेशी प्रतिनिधिहरूको सहभागीता थियो। विदेशी पाहुनाहरू गौतम बुद्धको जन्मस्थलमा बुद्ध जयन्ती समारोह मनाउँन रातारात लुम्बिनी आइपुगे। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन भइरहँदा कार्यक्रममा उपस्थित हुनुपर्ने बुद्ध परिपथकै स्थानीय जनप्रतिनिधि भने थाइल्याण्ड भ्रमणमा पुगेका छन्। उनीहरू थाइ सरकारको निमन्त्रणामा त्यहाँ गएको बताइएको छ। भ्रमण टोलीमा मेयर, उपमेयर, कर्मचारी र उनीहरूका आसेपासेहरू सहभागी रहेको बताइएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन, प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली सिद्धार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान र उपप्रमुख उमा अधिकारी, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी, देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ र नवलपरासीको रामग्रामकी उपमेयर सम्झना चौधरी थाइल्याण्ड पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपकराज भन्छन्ः कि प्रधानमन्त्री फेर्ने साहस गर्नुपर्छ…

कलाकार दीपकराज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको तस्बिर सेयर गर्दै नकारात्मक कमेन्टसँग नडराउँने बताएका छन्। मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगको तस्बिर दीपकराजले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्। उनले ओलीको फोटो राखेको भन्दै नकारात्मक कमेन्ट आउँन सक्ने पूर्व आकलन गर्दै कमेन्टसँग डराएर जीन्दगी बाँच्न नछाड्ने बताए। उनले कि त प्रधानमन्त्री नै फेर्ने साहस गर्नुपर्ने नभए देशको प्रधानमन्त्रीलाई सम्मान गर्दा अपमान नगर्न आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध क्रिकेट रंगशालाको काम गाह्रो छ भन्दा भन्दै पनि सुरु गरेको बताएका छन्। मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको उद्घाटन गर्दै उनले रंगशाला सुरु गर्दा ‘गाह्रो छ बाबुनानु नथाल’ भन्दाभन्दै धुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेको भन्दै धेरै दुःख पाएको बताए। उनले भने, ‘मैले गाह्रो छ बाबुनानु त्यहाँ नथाल भन्दाभन्दै धुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेर धेरै दुःख पाए। माया लाग्छ। तर त्यो क्रिकेट मैदान पनि बन्छ। उनीहरूको दुःखकष्ट पनि हट्छ एकदिन। मैले त यही दुःख पाइन्छ भनेर नगर भनेको हो। यति ठूलो काम आँट्या एक दुईवटा केही साना कामहरूमा साथी भाईहरू धेरै नै हौसिन्छन्। हामी छौं भन्छन्। चन्दा उठाएर नै बनाइन्छ भन्छन् तर सहयोग नगर्न सक्छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निराशाका सन्देशले देश विकासमा ‘बाधा’ पुग्छ: मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रगतिको प्रस्थान बिन्दु नै आशाको सञ्चार भएको बताएका छन्। मंगलबार नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित प्रज्ञा पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले पछिल्लो समय निराशाका सन्देशहरूलाई बढी प्राथमिकता दिइएको उल्लेख गर्दै त्यसले देशको विकासमा अवरोध पुर्‍याउने बताएका हुन्। उनले देश हाल कुनैपनि प्रकारको द्वन्द्वमा नरहेको तथा सबै मित्र राष्ट्रसँग सु-सम्बन्ध कायम रहेकाले देखिएका समस्या समाधान हुँदै गएको उल्लेख गर्दै देश विकासको गतिमा तीव्रता लिने चरणमा प्रवेश गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मलेसियन सांसद लिएर बालुवाटार छिरे ‘होली वाइन’

बहुचर्चित ‘होली वाइन’ काण्डका सूत्रधार तथा एमाले सांसद एकनाथ ढकालले एकाएक सक्रियता बढाएका छन्। क्रिश्चियन धर्म प्रचारक उनी एमालेबाट सांसद भएपनि नेपाल परिवार दलका अध्यक्ष हुन्। विवादित आईएनजीओ ‘युनिभर्सल पिस फेडरेसनका संस्थापक ढकाललाई राजनीतिक वृत्तमा ‘व्यक्ति एक, उपमाचाहिँ अनेक’ भनेर उडाइन्छ। उनै ‘होली वाइन’ ढकालले काठमाडौंमा एकहुल विदेशी सांसद जम्मा गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको मन जितेका छन्। ‘अन्तर-संसदीय सभामुुख सम्मेलन’ अर्थात् ‘आईएससी’का सहभागीले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरी संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गर्ने घोषणा गरेका छन्। सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आईएससीसँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताएको उनको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुकुलको भविष्यवाणीः आजै निर्वाचन भए रास्वपाले ‘राष्ट्रिय दल’को मान्यता पनि गुमाउँछ

‘रवि लामिछानेको गिरफ्तारीपछि रास्वपाले सहानुभूतिका मतहरू प्राप्त गर्नसक्ने अनुमान गरिएको थियो, तर त्यसभन्दा शक्तिशाली र निर्णायक कारक ‘राजसंस्थाको पुनःस्थापना’ र ‘सुधारिएको गणतन्त्र’बीचको ध्रुवीकरण देखिएको छ- यही वैचारिक द्वन्द्वले सहानुभूतिको सम्भावनालाई पनि छायामा पारेको देखिन्छ।’ उनले आजकै मितिमा निर्वाचन हुने हो भने रास्वपाले राष्ट्रिय दलको मान्यता नै गुमाउँने दाबी गरे। उनले भर्खरै निर्वाचन भएमा रास्वपाभन्दा राप्रपाले ३५ देखि ४० सिट जित्ने सम्भावना रहेको उल्लेख गरे। उनले भने, ‘यदि आजकै मितिमा निर्वाचन सम्पन्न भयो र बालेन शाह वा अन्य कुनै प्रभावशाली व्यक्तिले नयाँ राजनीतिक दल गठन नगरेको अवस्था रह्यो भने- राप्रपाले ३५ देखि ४० सिटसम्म जित्ने बलियो सम्भावना छ। राष्ट्रिय स्वतन्त्र पार्टी केही प्रत्यक्ष निर्वाचन क्षेत्रहरूमा प्रतिस्पर्धी देखिए पनि ती सिटहरूमा जित हासिल गर्न नसक्ने, र समानुपातिक निर्वाचन प्रणालीमा करिब तीन लाख मतमा सीमित रहने प्रक्षेपण गरिएको छ। यस परिदृश्यमा, हाम्रो पार्टीले राष्ट्रिय दलको मान्यता समेत गुमाउने उच्च जोखिम देखिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरकार पूरै अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन’

उनले १० महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखनीय सुधार आएको दाबी गरेका हुन्। गृहमन्त्रीले भने, ‘१० महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नुहुन्छ। मुलुकको अर्थतन्त्र लयमा आएको छ। विदेशी मुद्राको संचिति बढेको छ। दोस्रो कुरा आर्थिक सुचकांक सकारात्मक बनेका छन। यो राष्ट्र बैंकको तथ्यांक हो मैंले भनेको होइन। अर्को कुरा कानुन १० महिना पहिले कति विद्येयक दर्ता भए र कतिमा काम भयो र अहिले कति दर्ता भएर कति कानून बने भनेर हेर्दा पनि प्रष्ट हुन्छ।’ उनले १० महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

संसद पद दुरुपयोग गरेर बेलायत पुगिन्, उतै लुकिन्

सभामुखसमक्ष बुझाएको राजीनामा पत्रमा आफूले पदमा बसेर पनि जनताका लागि काम गर्न नसकेको र जनताकै करबाट पारिश्रमिक लिइरहन उपयुक्त नरहेको उल्लेख गरेकी छन्। राजीनामा पत्रमा उनले भनेकी छिन्, ‘देशको परिस्थिति बारे श्रीमानलाई अवगत नै होला तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आस गरी बसेका मेरा स्वाभिमानी जनता आमाबुवा दाजुभाइ दिदी बहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई अभास भइरहेको छ।’ उनले थप भनेकी छन्, ‘म मेरो पदमा रहिरहन उपयुक्त सम्झिएर जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्यान्मारको विद्यालयमा ‘क्रुर’ सैनिकको हवाई आक्रमण, कैयौ विद्यार्थी मारिए

ओइ थेइन क्वीन गाउँमा रहेको एउटा विद्यालयमा उक्त आक्रमण भएको थियो। माण्डलेदेखि लगभग १५ किलोमिटर नजिकै रहेको यो म्यान्मारको दोस्रो ठूलो सहर नजिकैको गाउँ हो। याे भारतीय सिमाना नजिकै पर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

वाईसीएलसामू प्रचण्डको गुनासोः ‘भ्रष्टाचारका फाइल खोल्न लागें, भ्रष्टहरूले सहेनन्, निकाले’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेपछि आफ्नो सरकार ढालिएको आरोप लगाएका छन्। पार्टीको भातृ संगठन वाईसीएल नेपालको प्रथम कर्णाली प्रदेश अधिवेशन उद्घाटन गर्दै भ्रष्टाचार विरुद्धको लडाईं सुरु गरेको विषय अहिले सरकारमा भएकाहरूलाई मन नपरेका कारण आफू बाहिरिनु परेको उनले बताए।  वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार भएको प्रचण्डको आरोप छ। ‘म भ्रष्ट्राचारका फाइल खोल्न लागें,’ उनले भने, ‘त्यो अभियान भ्रष्टहरूलाई मन पर्ने कुरा भएन, अनि सरकार ढाल्न लागे।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफैंले बनाएको सभाहलमा आवाज नसुनिएपछि ओली असन्तुष्ट, यसरी पोखे आक्रोश…

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा आफैंले बनाएको सभाहलमा आवाज राम्रो नसुनिएको भन्दै असन्तुष्टि पोखेका छन्। सोमबार लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहमा सम्बोधन गर्दै ओलीले अगाडिबाट बोलेको पछाडिकाले बुझ्न नसकेको भन्दै असन्तुष्टि पोखेका हुन्। ‘यो भवन मेरै अग्रसरतामा निर्माण भएको थियो,’ ओलीले भने, ‘तर, यो निर्माण गरिरहने भन्दा इकोसिस्टम ठीक नभएको हल निर्माण गर्ने भनिएको थिएन। बोल्ने तर अगाडिकाले बोलेको नबुुझ्ने, बोल्नेले सन्तोष लिने, सुन्नेले राम्रै त भनेका होलान् नि भन्नुुपर्ने यस्तो हल भनेको थिएन।’ त्यस्तै उनले सरकार लुम्बिनी गुरुयोजना अनुसार अगाडि बढिरहेको भन्दै गुरुयोजनाअनुसारका कामहरू छिटै पूरा गर्ने प्रयास रहने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

अरु आयुक्तले माधव नेपाललाई जोगाउन खोज्दा प्रमुख आयुक्त अल्पमतमा

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको हदबन्दी छुटको जग्गा विक्री प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध मुद्दा चलाउने अन्तिम समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरू दुई धारमा विभाजित भएका छन्। सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा अख्तियारले पूर्वप्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने गरी प्रतिवेदन तयार गरिसकेको छ। उक्त प्रकरणको विस्तृत अनुसन्धान सकेर प्रतिवेदन तयार भइसकेको छ। उक्त अनुसन्धान प्रतिवेदन यतिबेला आयोगको पूर्ण बैठकमा पेस भइसकेको छ। गत चैत तेस्रो साता नै आयोगको पूर्ण बैठकमा पेस भएको प्रतिवेदनको अध्ययन नसकिएको भन्दै बहुमत आयुक्तहरूले अड्को थापेपछि अख्तियार प्रमुख आयुक्त राई अल्पमतमा परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजसंस्था माग्दै माइतीघरको धर्नामा पूर्वसांसद चौधरी

गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा गिरफ्तार भएका नेताहरूको रिहाइका लागि भएको धर्नामा राजावादी आन्दोलनमा सक्रिय गंगा चौधरी माइतीघर मण्डला पुगेकी छन्। राष्ट्रवादी मातृशक्ति नेपाल नामक पार्टीको व्यानरमा माइतीघरमा जारी धर्नामा सहभागी हुन सोमबार उनी माइतीघर पुगेकी हुन्। भ्रष्ट्राचार, बलात्कार र वेतिथिको अन्त्य गर्नको लागि आफूहरू सडकमा आएको बताइन्। आस्थाका बन्दीहरूको रिहाइ, घाइतेहरूको उपचार, भ्रष्ट्राचार, बलात्कार, बेथितिको अन्त्य, हिन्दु अधिराज्य कायम र राजसंस्था स्थापनाको माग राख्दै मातृशक्ति नेपालले धर्ना गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘धार्मिक सदभाव’ बिगार्न खोजेको आरोपमा युवक पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। साम्प्रदायिक सदभावमा असर पुर्‍याएको आरोपमा प्रहरीले गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाका १६ वर्षिय युवक साजिद खानलाई पक्राउ गरेको हो। साम्प्रदायिक सदभावमा असर पार्ने किसिमको भाषा प्रयोग गरी खानले भिडियो बनाइएर सामाजिक सञ्जालमा आइतबार राती पोष्ट गरेका थिए। सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि तत्काल पक्राउ गरी कारवाही गर्न स्थानीय अगुवाहरूले माग गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट