अफतावलाई सफाई दिने न्यायाधीशमाथि छानिबिन गर्न उजुरी
आफूलाई ‘देशभक्त नागरिक’ भनेर चिनाउँदै आएका युवराज पौडेलले न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न भन्दै परिषदमा उजुरी हालेका हुन्। अफतावमाथि रौतहटको राजपुरमा भएको बमकाण्डमा घाइते भएकाहरूलाई जिउँदै इँट्टा भट्टामा हालेर हत्या गरेको आरोप लागेको थियो। यसअघि रौतहट जिल्ला अदालतको जन्मकैदको फैसला गरेपछि उनी नख्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए।
बिएल संवाददाता - काठमाडौं