आइतबार, १४ सेप्टेम्बर २०२५

त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ निर्देशक नियुक्त

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ८ डीन र ३ निर्देशक नियुक्त भएका छन्। आइतबार त्रिविको कार्यकारी परिषद्ले डीन र निर्देशक नियुक्त गरेको हो। नियुक्त भएका डीनहरुमा शिक्षाशास्त्र संकायतर्फ प्रा.डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा.डा. मोहनराज शर्मा, मानविकी तथा सामाजिकशास्त्रतर्फ प्रा.डा. दुबिनन्द ढकाल रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित

नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित भएकी छन्। नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्षकी उम्मेदवार शर्मा एक हजार १४४ मतले निर्वाचित भएकी हुन्। मधेश प्रदेशबाहेक बाँकी ६ प्रदेशमा मतगणना सकिँदा शर्माले निकटतम् प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी हुन्। मधेशमा खसेको ७७२ मत शर्माले लिएको अग्रताभन्दा कम हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज देशभर सार्वजनिक बिदा

सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।  किरात समुदायको पर्व उधौली, नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि) र धान्य पूर्णिमाको अवसरमा देशैभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।  सरकारले सार्वजनिक बिदा दिएसँगै आज सरकारी कार्यालय र विद्यालयहरू बन्द रहनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेकपा एसको बैठक आज पनि बस्दै

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ। आजको बैठकमा वरिष्ठ नेताहरु बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालले आफ्नो धारणा राख्ने छन् भने अन्तिममा अध्यक्ष नेपालले सबैको जवाफ दिनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्लेअफकाे सम्भावना सकिएकाे विराटनगरसँग काठमाडुलाई जित्नैपर्ने दबाब

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा काठमाडौं गुर्खाज प्लेअफले अन्तिम प्रतिस्पर्धा विराटनगर किंग्ससँग गर्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ। शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जाऔँ है ‘च्योर्दोङ’

च्याेर्दाेङ दोलखा जिल्लामा अवस्थित छ। समुद्री सतहदेखि ३,७०० मिटरको उचाइमा अवस्थित च्याेर्दाेङ एक रमणीय हिलस्टेसन त हाे नै धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपमा पनि याे धनी छ। त्यसैले त सुरु भएकाे हाे ‘जाऔँ है च्योर्दोङ’ अभियान।

बिएल संवाददाता

बिएल संवाददाता - जिरी, दोलखा

बलियो जनकपुरविरुद्ध चितवनको जित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सलाई चितवन राइनोजले हराएको छ। शनिबार भएको खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो। चितवनले दिएको १ सय ८१ रनको बलियो लक्ष्य पछ्याएको जनकपुरल १८औं ओभरको अन्तिम बलमा अल आउट हँुदै १ सय ४८ रन मात्र बनाउन सक्यो। जनकपुका लागि जिमी निशमले सर्वाधिक ६५ रन बनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ– गृहमन्त्री लेखक

गृहमन्त्री लेखकले वर्तमान गठबन्धनको विषयमा विभिन्न प्रकारको हल्ला फैलाउने कोसिस भएको भन्दै यो गठबन्धन २०८४ सालको निर्वाचन सम्मै कायम रहने जिकिर गरे। संविधान संसोधन तथा राजनितिक स्थायित्वका लागि वर्तमान गठबन्धनको आवश्यक्ता महसुस भएकाले जनचाहना अनुसार काम हुने उनको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चितवनले दियो जनकपुरलाई १८१ रनको लक्ष्य

एनपीएलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ। जारी खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १८० रन बनाएको हो। चितवनका लागि कप्तान कुशल मल्लले सानदार ब्याटिङ गरे। उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ७२ रन बनाए। उनले २८ बलमा अर्धशतक पूरा गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चुनावको परिणाम चिन्ताजनक छ– शंकर पोखरेल

नेकपा एमालेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशाला च्यासलमा सुरु भएको छ। केन्द्रीय संगठन विभागद्वारा आयोजितमा दुई दिने कार्यशाल सुरु भएको हो। विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा जारी कार्यशालमा महासचिव शंकर पोखरेलले बार्षिक कार्ययोजनाबारे दिशानिर्देश गरेका छन्। दिशानिर्देश गर्दै पोखरेलले चुनावका समयमा जुन प्रकारको रिपोर्टिङ गरिन्छ त्यो आजको परिणामका बीचमा कुनै एकता नभएको बताएका छन्। उनले चुनावको समयमा रिपोर्टिङ उत्साहित भए पनि परिणाम त्यो भन्दा भिन्न आएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

अबको एक हारले प्लेअफ दौड कठिन बन्ने चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ। तालिकाको शीर्ष स्थानको जनकपुर भने आजको खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानको सदूरपश्चिमसँग अंक बढाउन चाहन्छ। जनकपुरले १० अंक जोडिसकेको छ भने दोस्रो स्थानको सुदूरपश्चिमको आठ अंक छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पोखरामाथि काठमाडौंको फराकिलो जित

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो। काठमाडौंका ओपनर स्टेफेन इस्किनाजीले अर्थशतक पूरा गरे। उनले ३४ बलमा ६० रन बनाएर आउट भए। काठमाडौंका लागि स्टेफेन र माइकल लेभिटले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। लेभिटले ३२ रन बनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पत्रकारको निर्वाचन: निर्मला शर्माको प्यानल अगाडि

‘देशैभरिको अवस्था हेर्दाखेरी युनियन र चौतारीको प्यानल अगाडि देखिन्छ। काठमाडौंमा अलिकति फरक छ। बाहिर र काठमाडौंको मतपरिणाम अहिलेसम्म गणना भएकोमा निर्मला शर्माको अग्रता छ। सम्भवत यहीँ प्यानल नै अन्तिमसम्म आउँछ होला। तर सदस्यहरुमा मिश्रीत रुप देखिएको छ। प्रदेश अध्यक्षहरुमा पनि मिश्रीत नतिजा आउने देखिएको छ। तर केन्द्रमा पदाधिकारी चाँही गठबन्धनकै आउने देखिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पोखराले काठमाडौंलाई दियो १ सय ३९ को मध्यम लक्ष्य

नेपाल प्रिमियर लिग(एनपिएल) को शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले मध्यम लक्ष्य पाएको छ। टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले पोखराबाट १ सय ३९ रनको मध्यम लक्ष्य पाएको हो।  टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बिहान ११ बजे बस्न लागेको छ।  पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुक्रबारदेखि जारी बैठकमा पार्टीले सञ्चालन गरेको चार महिने संगठन निर्माण अभियान र स्थानीय तहको उपनिर्वाचनको समीक्षालगायतका कार्यसूचिमा छलफल भइरहेको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बुटवलमा जिप दुर्घटना हुँदा ३ को मृत्यु

शुक्रबार (हिजाे) साँझ बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। दुर्घटनामा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

पोखराविरुद्ध काठमाडौँले पहिले बलिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले टस जितेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका छन्। यस खेलमा विजयी हुने टोलीको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ। पराजित हुने टोलीको पनि अंक गणितीय सम्भावना कायमै रहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलमा आज पनि दुई खेल हुँदै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल बिहान ९ बजे सुरु हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौं कप्तान करण केसीको  कप्तानीमा मैदानमा हुनेछ।  प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको खेललाई महत्त्वका साथ हेरिएको छ।  यसैगरी एनपिएल अन्तर्गत शनिबार नै हुने अर्को खेलमा चितवन र जनकपुर भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ। जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कप्तान कुशल मल्लको कप्तानीमा मैदानमा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौंमा आज यो वर्षकै बढी चिसो

शनिबार बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस गरिएको छ। केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो। काठमाडौंबाहेक देशैभरि चिसो क्रमशः बढ्दै गएको छ। जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा कम मापन भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मुद्धा मिलाइदिन अख्तियारमा १ लाख घुस बोकेर गएका अधिकृत पक्राउ

पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा रहेका छन्। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयबाट शुक्रबार पक्राउ परको हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ