कमब्याकपछि रवि भन्छन्ः गणतन्त्र ओली-देउवा तन्त्र होईन, जनतन्त्र हो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र नभएको टिप्पणी गरेका छन्। सोमबार केन्द्रीय समितिको बैठकको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र भनेको जनताको तन्त्र भएको भन्दै गणतन्त्रमा सुधार आवश्यक रहेको बताए। उनले भने, ‘नख्खुमा बाढी पहिरोको चपेटामा परेका चार नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र अस्ति तीनकुनेमा ४ हजारलाई सम्हाल्न नसकेको सरकारले सबै शक्ति केवल हामीमा गरिने प्रहारमा प्रयोग गरिरहेको छ। यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्छ। तसर्थ अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक छ। अब पार्टीको संरचनामा काम गरौं, गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन। गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौं। गणतन्त्रमा पनि सुधार आवश्यक छ।’
बिएल संवाददाता - काठमाडौं