आइतबार, १४ सेप्टेम्बर २०२५

आफ्नाे सांसदलाई कारबाही नगरेपछि जनमत पार्टीले माग्याे सभामुखकाे राजीनामा, संसद अवरूद्ध गर्ने चेतावनी

संघीय संसद सचिवालयले मधेशीहरूप्रति देखाएको रंगभेदी र नश्लवादी व्यवहार र नीतिको संसद्मासमेत विरोध गर्ने बताएकाे छ। साथै संघीय संसद सचिवालयले आफ्नो नश्ववादी निर्णय नसच्चाए संसद अवरूद्ध गर्न बाध्य हुने चेतावनी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्थानीय तह उपनिर्वाचन: कुन दलले कति जिते?

सोमबार बिहान सम्पन्न मतगणनाको पछिल्लो परिणामअनुसार हालसम्म नेपाली कांग्रेसले १६ वडा जितेर पहिलो स्थान हासिल गरेकाे छ। त्यस्तै, नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ भने एक अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको नेकपा (एमाले) तेस्रो स्थानमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनपिएल: चितवन राइनाेजको विजयी सुरुवात

नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनाेजले विजयी सुरुवात गरेको छ। आइतबार भएको पहिलो खेलमा चितवनले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै चितवनले विजयी सुरुवात गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कीर्तिपुर-४ को वडाध्यक्षमा कांग्रेसका बानियाँ विजयी

काठमाडौँकाे कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को अध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन्। आइतबार भएकाे उपनिर्वाचनकाे अन्तिम मत परिणामअनुसार बानियाँले ७ सय ४२ मत ल्याएर विजयी भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली चीन प्रस्थान (तस्बिरहरू)

प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा उनी साेमबार बिहान चीनको बेइजिङ प्रस्थान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी विजयी

मोरङको ग्रामथान गाउँपालका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी विजयी भएका छन्। ६ हजार ९६९ मत प्राप्त गर्दै माझी अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत प्राप्त गर्दै दोस्रो भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

नलगाड कांग्रेसबाट खास्याे माओवादीले, लामिछाने बनिन् उपप्रमुख

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने निर्वाचित भएकी छन्।नलगाडमा २०७९ को निर्वाचनमा कांग्रेसका सरिता सिंह उपप्रमुखमा निर्वाचित भएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - दैलेख

नेकपा एसबाट पराजित भएका शाही एमाले प्रवेश गरेपछि बने पालिका अध्यक्ष

उपनिर्वाचनअघि एमालेमा प्रवेश गरेर शाहीले फेरि अध्यक्ष बनेका छन्। ०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी एमालेबाट सोही पालिकामा अध्यक्ष बनेका थिए।  पार्टी विभाजनपछि एकीकृत समाजवादीतिर लागेर जिल्ला अध्यक्ष भएका उनी अन्ततः एमालेबाट अध्यक्ष भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलः आज चार टोलि मैदानमा उत्रदै

शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज चार टोली मैदानमा उत्रदै छन्।  बिहान सवा ९ बजे सुरु हुने पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज आमनेसामने हुनेछन्। यस्तै दिउँसो सवा १ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कीर्तिपुरमा काँग्रेसलाई पछ्याउँदै एमाले

देशभर ४१ पदका लागि भएको उपनिर्वाचनमध्य चर्चाको केन्द्रविन्दुमा रहेको काठमाडौँको कीर्तिपुर नगरपालिकामा हाल बिहानसम्मको मतपरिणामअनुसार काँग्रेसलाई एमालेले पछ्याइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार औपचारिक भ्रमणका लागि चीन जाँदैछन्।  चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली चार दिने भ्रमणका लागि चीन जान लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उपनिर्वाचन मतपरिणामः काठमाडौँ १६बाट रास्वपाले खोल्यो खाता, रोजिना श्रेष्ठ विजयी

काठमाडौँ महानगरपालिका १६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी छिन्। श्रेष्ठ विजयी भएसँगै आइतबार भएको उपनिर्वाचनमा रास्वपाले विजयीको खाता खोलेको छ।  यसअघि २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा रास्वपाले भाग लिएको थिएन। त्यसैले पनि श्रेष्ठ रास्वपाबाट स्थानीय तहको जनप्रतिनिधि बन्ने पहिलो उम्मेदवार बनेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अघिल्लाेपटक माओवादीले जितेका तीनवटा वडा काँग्रेस र नेमकिपाकाे पाेल्टामा

२०७९काे स्थानीय तहकाे निर्वाचनमा माओवादीले जितेका दुईवटा वडा यसपटक काँग्रेस र एउटा वडामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) विजयी भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्रीकाे विदेश भ्रमणमा पहिलाेपटक राष्ट्रिय एकता- सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणमा राष्ट्रिय एकता र सहमति भएकाे बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कालिकाेटकाे तिलागुफा- ४मा नेमकिपाका उम्मेदवार निर्वाचित, रास्वपाले पाँच मतमात्रै पायाे

आइतबार भएकाे उपनिर्वाचनमा निकटतम प्रतिद्वन्द्धी नेकपा (माओवादी केन्द्र)का नैशाेभा शाहीलाई २८ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन्। उनले १४३ मत प्राप्त गरे भने माओवादीका नैशाेभाले ११५ मत प्राप्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उपनिर्वाचनमा ६२ प्रतिशत मतदान

४१ पदका लागि आइतबार भएकाे निर्वाचनमा ६२ प्रतिशत मतदान भएकाे निर्वाचन आयाेगले जनाएकाे छ।  आयाेगका अनुसार उपनिर्वाचन भएकाे स्थानीय तह तथा वडामा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेकाेमा ६२ प्रतिशत मत खसेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्थानीय तहको उपनिर्वाचन सम्पन्न, रातिदेखि मतगणना सुरु हुने

स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएकाे छ। रिक्त रहेकाे ४१ पदका लागि आइतबार भएको मतदान शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यु-१९ एसिया कप क्रिकेटः नेपालको लगातार दोस्रो हार

अण्डर १९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आइतबार बंगलादेशसँग ५ विकेटले पराजित भएसँगै नेपालकाे यो लगातार दाेस्रो हार हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मानव तस्करी प्रकरण: लिलाबल्लभविरुद्धकाे रिट दर्ता गर्न सर्वोच्चले गर्‍याे अस्वीकार

सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध पेश भएको रिट निवेदनलाई दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ। मानव तस्करी मुद्दामा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिने सरकारी वकिल कार्यालय काठमाडौँकाे निर्णयविरुद्धकाे रिट आइतबार सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न अस्वीकार गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

११ महिनामै नेपाल भित्रिए साढे १० लाख विदेशी पर्यटक

नेपालमा ११ महिनामा साढे १० लाख विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२४ काे जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटक नेपाल भित्रिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं