आइतबार, १८ जनवरी २०२६

अर्थतन्त्र सुधारका लागि सुझाव संकलन गर्न सरकारद्वारा ‘उच्च स्तरीय आयोग गठन’

सरकारले ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ गठन गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

धवलागिरीमा हराएका पाँच रसियन मृत भेटिए

पाँच पर्वतारोही ७ हजार सात सय मिटरबाट खसेर ७ हजार एक सय मिटरमा पुगेर मृत फेला परेको बताइएको हो। मृत्यु हुनेहरूमा अलेक्जेन्डर दुसेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बजार अनुगमनमा असहयोग गर्नेमाथि कार्वाही गर्ने चेतावनी

आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा व्यवसायीहरूले असहयोग गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बाढीको क्षति हेर्न गएका मन्त्रीहरूलाई कार्पेट र सोफा

गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली खुर्कोटबाटा चौतारा गएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

१० दिनपछि बाढी प्रभावित क्षेत्रमा पुगे तीन मन्त्री

बाढीले क्षति गरेको १० दिनपछि सिन्धुलीमा संघीय सरकार ३ मन्त्री जानकारी लिन पुगेका छन्। मंगलबार गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राई सिन्धुलीको खुर्कोट पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नवरात्रको छैटौं दिन: स्कन्दमाताको पूजा आराधना गरिँदै (भिडियाे)

छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो। स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले चिनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौँबाट भैरहवा उडान गर्ने

असोज २४ गते न्यारोबडी जहाजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न लागिएको हाे। आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले उडान गर्न लागिएकाे नेपाल एयरलाइन्सले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महानगरद्वारा १३० पसलको अनुगमन, २२ वटामा भेटिए म्याद गुज्रिएका सामान

अनुगमनका क्रममा मूल्य सूची नराख्नु, खरिद बिक्री विलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएको छन् भने व्यवसाय दर्ता नगर्नु, म्याद सकिएका सामान राख्ने कक्ष नहुनु जस्ता समस्या साझा रुपमा देखिएका महानगरले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपत्तिमा राजनीति हुँदैन, सबैले मिलेर काम गर्नुपर्छ: गृहमन्त्री लेखक

‘विकास र विपत्तिमा राजनीति हुँदैन। सबैले मिलेर काम गर्नुपर्छ। पीडामा रहेका मानिस राहत दिन सबै लाग्नुपर्छ। खाेजी र उद्धारकाे काम जारी रहेकाे भन्दै अब राहतकाे व्यवस्था गराउने अवस्थामा छाैँ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीपहिरोले उठिबास, छैन सुरक्षित आवास

२०७२ सालमा आएको भूकम्पका समयमा पहाडी भू–भागबाट बेसीतर्फ झरेका कैयौं नागरिकहरुको अहिले उठिबास भएको छ। नदी किनारमा बसोबास गर्नेहरुको घरबास गुमेको छ। काठमाडौँका सुकुम्वासी बस्तीहरुमा धेरैको छानो खोसिएको छ र घरहरु बाढीको चपेटामा परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘विश्वभर दसैँको विधि एउटै हो तर तिथि फरक पर्छ’

जहाँ जहाँ नेपाली पुगेका हुन्छन् त्यहाँ दसैँ मनाउने चलन छ। विदेशमा रोजगारीका लागि होस या व्यापार गरेर बसेकाहरु उनीहरु दसैँ मान्छन्। सबैले परम्परा अंगालेका छन्। देशअनुसार तिथिको कुरा फरक होला तर विधि उस्तै हो। तोकिएको साइतमा टीका लगाउने परम्परा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा एक दिन पहिलै दशैं टीका : जारी छ धन्धुकारी बितण्डा !

अमेरिकामा केही वर्षयता दशैको टीका नेपालभन्दा अघिल्लै दिन लगाउने वितण्डा सुरू गरिएको छ । यसपटक पनि त्यही वितण्डा मच्चाउँदै अक्टोबर २५ शुक्रबार नै अमेरिकाका विभिन्न छ स्थानका लागि छुट्टाछुट्टै समयमा दशैंको टीकाको शुभसाइत निकालिएको छ जबकि नेपालमा अक्टोबर २६ गते शनिबार विहान ११ बजेर ३६ मिनेटमा दशैंको टीकाको शुभसाइत छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

बाढीपहिरोका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण गर्न माओवादीकाे आग्रह

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले सो ध्यानकर्षण गराएको हो। नेता श्रेष्ठले पूर्व तयारीका काम र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्न आग्रह गर्दै यसका लागि सम्बन्धित निकाय र सबै पक्षले साझा दायित्व सम्झिनुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि एमालेले दियाे ५० लाख

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि ५० लाख हस्तान्तरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त चेक हस्तान्तरण गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई काँग्रेसको ३४ बुँदे ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख हस्तान्तरण

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालिनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवनियुक्त प्रधानन्यायाधीशकाे पाँच बुँदे योजना- छिटो छरितो न्याय, न्यायमा पहुँच

‘पाँच वटा बुँदाहरु लक्ष्यका रुपमा निर्धारित गरेका छौँ। छिटो छरितो गुणस्तरीय न्याय, न्यायमा पहुँच, न्यायिक सुशासन, जनआस्थामा अभिवृद्धि, सूचना प्रविधिको प्रचुर प्रयोग र मानव संसाधन र भौतिक पूर्वाधार पूर्वाधार लक्ष्य हुन् र पवित्र पनि छन्’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गभर्नरमाथि छानबिन गर्न गठित जाँचबुझ समिति रद्द, यस्ता छन् मन्त्रिपरिषद्का २१ निर्णय

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/१२/२४ गतेको निर्णयानुसार नेपाल राष्ट्र बैंकका गभर्नर उपर छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८१/८२ का लागि अधिकृतस्तरका २८ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्। यसअघि राष्ट्रपति पौडेलले राउतलाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माफी मागेपछि जेलबाट छुटे पत्रकारद्वय ढुंगाना र कँडेल

सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नविन ढुंगाना अदालती प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका छन्। समाचार लेखेकै कारण अदालतको अवहेलना मुद्दामा केन्द्रीय कारागार सुन्धारामा रहेका कँडेल र ढुंगाना आइतबार प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राउतमा प्रधानन्यायाधीश नियुक्त, शपथ आजै

सर्वाेच्च अदालतकाे प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राउतलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं