राजावादी आन्दोलनमा २० जनामाथि ‘गोली प्रहार’
नेपाल प्रहरीले चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको जानकारी गराएको छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले २० जनामाथि गोली चलेको र गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष रहेको जानकारी दिए। उनले भने, ‘प्रहरीबाट आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको छ। गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष छन्। गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत छन्।’ त्यस्तै प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास हानेको भनेर गलत आरोप लागेको पनि उनले प्रष्ट पारेका छन्। सामाजिक सञ्जालमा आएको उक्त भिडियो फेक भएको उनको दाबी छ।
बिएल संवाददाता - काठमाडौं