सन्दीपमाथि एक साताअघि नै कारबाही भएको खुलासा
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आचारसंहिता विपरित हर्कत गरेको भन्दै कारबाही गरेको थियो। क्यानले उनलाई एक घरेलु खेलमा प्रतिबन्ध लगाएको छ। त्यस्तै उनलाई तीन ‘डिमेरिट प्वाइन्ट’ दिइएको छ। जय ट्रफी प्रतियोगिताका क्रममा सामाजिक सञ्जालबाट अम्पाएको निर्णयमाथि प्रश्न उठाएपछि क्यानले उनीमाथि कारबाही गरेको हो। जय ट्रफी लगत्तै सन्दीपमाथि क्यानले स्पष्टिकरण सोध्दै कारबाही गरेको थियो।
बिएल संवाददाता - काठमाडौं