‘राजागंज’की आशा स्विट्जरल्याण्डको ‘फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’मा जुरी सदस्य
फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव मार्च २१ देखि ३० सम्म स्विटजरल्याण्डमा आयोजना हुँदैछ। चैत १ गते नेपालमा सिनेमा रिलिज भएपछि आशा महोत्सवका लागि स्विट्जल्याण्ड उड्ने छिन्। यतिबेला उनी ‘राजागंज’को प्रचारमा व्यस्त छिन्। सिनेमामा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ। सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ। यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो। सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभियसन प्राप्त गरेको थियो।
बिएल संवाददाता - काठमाडौं