मङ्गलबार, १४ अक्टोबर २०२५

सदन अवरुद्ध गर्ने रास्वपाकाे चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको विषय संसदमा उठाउने र सुरुमै बाेल्न नदिए सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले सहकारी काण्डमा मुद्दा खेपिरहेका सभापतिको पक्षमा प्रतिनिधिसभा बैठकमा कुरा उठाउने निर्णय गरेको हो। सचेतक निशा डाँगीले यो विषय संसदमा निरन्तर उठाउने निर्णय भएको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फागुन ५ गते दाङ आउँदै ओलीः ५० हजार कार्यकर्ता उतार्ने तयारी

नेकपा एमाले जिल्ला कमिटी दाङको बैठक घोराहीमा सम्पन्न भएको छ। बैठकले फागुन ५ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विशेष उपस्थितिमा हुने जनसभामा ५० हजार बढी जनसहभागिता गराउने संकल्प गरेको छ। बैठकले घोराहीमा हुने विशाल जनसभा व्यवस्थित बनाउन जिल्ला अध्यक्ष शिवकुमार आचार्यको संयोजकत्वमा १७६ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - घोराही

सरकारविरुद्ध सडक तताउँदै प्रभु साह

पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले चैत २४ गते काठमाडौँ उपत्यकामा विशेष प्रदर्शन गर्ने जनाएको छ। आज बसेको सो पार्टीको उपत्यका विशेष कमिटीको बैठकले ‘दलाल दलतन्त्र र भ्रष्टाचारविरुद्ध’ प्रदर्शनसँगै खबरदारी सभा गर्ने निर्णय गरेको प्रवक्ताले दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मन्त्री’को लोभमा अध्यादेशको समर्थन गर्दै उपेन्द्र यादव

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको निष्कर्ष निकाल्दै समर्थन गर्ने संकेत गरेको छ। जसपा नेपालद्वारा ‘अध्यादेश’ अध्ययन गर्न गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले ल्याएको अध्यादेशको प्रक्रिया गलत भएपनि उदेश्य सही नै रहेको सकारात्मक निष्कर्ष निकालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामाजिक सञ्जाल चलाउनेहरू स्वनियमनमा नबसे सरकारले नियन्त्रण गर्छः योगेश भट्टराई

सामाजिक सञ्जालबाट समाजलाई भड्काउने र राष्ट्रियतालाई धरापमा पर्ने अधिकार कसैलाई नभएको भट्टराईले बताए। सामाजिक सञ्जाल व्यवस्थापन गर्ने विधेयक आवश्यकता भएर नै सरकारले ल्याएको उनको दाबी थियो। ‘त्यो आवश्यकता थियो, ल्याउनु पर्ने थियो, ल्याइयो, अब सबै मिलेर यसलाई समृद्ध बनाउने काममा लागौँ,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिले आज दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले औपचारिक र अनौचारिक दुवै संयन्त्रबाट समस्याको समाधानमा पहल गर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालविवाह मुद्दामा गृहमन्त्रीलाई जोडेर भ्रम फैलाइयो- गृह मन्त्रालय

सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबीचको अन्तरजातीय बालविवाहको विषयमा सिर्जित घटनाबारे गृहमन्त्री लेखकलाई सामान्य जाकारीसमेत थिएन। संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्‍याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको उनको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धक्का दिएर व्यवस्था परिवर्तन गर्ने समय आयोः कमल थापा

थापाले अहिलेको मार्गचित्रबाट मुलुक समस्याको थप दलदलमा भासिने चिन्ता व्यक्त गर्दै परिवर्तनका लागि जनता जाग्नु पर्ने बताए। उनले भने, ‘हिन्दुवादी, राजावादी, देशभक्त र प्रजातन्त्रवादी अब ध्रुविकृत हुनुपर्छ। समान विचार बोक्ने विभिन्न संघ, सस्था, अभियान,पार्टीसँग सरसल्लाह गर्दै निर्णायक आन्दोलनको तयारीमा लाग्छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१० नबज्दै चितवन अदालत पुगे रवि

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि उनी आज अदालतमा उपस्थित भएका हुन्। पूर्वगृहमन्त्री लामिछाने १० नबज्दै अदालतमा हाजिर भएको एक अधिकारी जनाएका छन्। सहकारी संस्थाको रकम अपचलनको मुद्दामा गोर्खा मिडियाका सञ्चालक जिबी राई, छविलाल जोशी र कुमार रम्तेलसहित १२ जनालाई ठगीसहित ‘संगठित अपराध’को मुद्दा दर्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज चारवटा संसदीय समितिको बैठक बस्दै

बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवम् भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा छलफल हुनेछ। छलफलमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागहरुको उपस्थिति रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ता छन् जसपा नेपालको बैठकका निर्णयहरू

जनता समाजवादी पार्टी (जसपा) नेपालको सोमबार केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न गरेको छ।  बैठकमा हालै सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशहरूका सम्बन्धमा अध्ययन, छलफल तथा विश्लेषण गरी पाटीको धारणा बनाउन सुझाव दिनका लागि पार्टीका उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा मृगेन्द्रकुमार सिंह यादव, खालिद सिद्धिकी, मनिषकुमार सुमन र शैलेन्द्रकुमार साह रहेको कार्यदल गठन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविविरुद्ध ‘संगठित मुद्दा’ चलाउन नमान्दा सरकारी वकिलको रातारात सरुवा

सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध ‘संगठित अपराधको कसुर’मा मुद्दा दर्ता नगरेको भन्दै चितवनका सरकारी वकिल शान्तिप्रसाद लुइँटेलको रातारात सरुवा गरेको छ। सहकारी संस्था सम्पत्तिान झण्डै ८ सय १४ वटा चेक काटेर ४८ करोड अपचलन गरेको आरोप लागेका लामिछानेका हकमा अस्वाभाविक उदारता देखाएएको ठहर गर्दै लुइँटेललाई महान्यायाधिवक्ता कार्यालयमा तानिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रिपरिषद बैठकका १८ निर्णयः भारतमा प्रसारण लाइनको सेयर खरिददेखि अधिकृतको बढुवासम्म

काठमाडौं उपत्यका मुकाम रहनेगरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने। राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ३ बमोजिमको कार्य गृह मन्त्रालयका सचिवबाट सम्पादन गर्नेगरी अधिकार प्रत्यायोजन गर्ने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनको दाबीः कांग्रेस-एमाले सरकारमा अबको तीन वर्ष एउटा पनि काण्ड आउँदैन

उनले वर्तमान सत्ता गठबन्धनले अबको तीन वर्षमा जुनसुकै पार्टीको भएपनि दोषीले सजाय दोषीले सजाय पाउँछ भन्ने स्थापित गर्ने पनि दाबी गरे। ‘कानूनको शासनभन्दा ठूलो कोही छैन। कोही एउटा व्यक्ति आएर सहकारी ठग्छ, कोहीले मान्छेलाई नक्कली बनाएर बाहिर लान्छ, कसैले सार्वजनिक सम्पत्तिको अपचलन गर्छ,’ उनले भने, ‘त्यो मान्छे कांग्रेसको शक्तिशाली पदमा बसेको होस् कि एमालेको। नयाँ होस् कि पुरानो गल्ती गर्ने मान्छेले दण्ड पाउँछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल टेलिकमको प्रभाव घटेजस्तो लाग्योः सञ्चारमन्त्री गुरुङ

नेपाल टेलिकमको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले टेलिकमलाई सुधार र व्यवस्थित गर्नको लागि समिति बनाएको भन्दै समितिले उठाएका मुद्दालाई सम्बोधन गरेर नेपाल दूर सञ्चारहरूलाई व्यवस्थित गर्ने बताए। उनले भने, ‘नेपाल टेलिकमको सुधारमा देखिएका समस्या, कर्मचारीको अवस्था ऐन, कानूनबाट के समस्या भएको छ र कसरी व्यवस्थित गर्ने भनेर एउटा समिति बनाएका छौ। त्यसको प्रतिवेदन आइसकेको छैन। समितिले देखाएको कुराहरूको सम्बोधन गरेर नेपाल दूर सञ्चारहरूलाई व्यवस्थित गर्ने काम यो वर्ष गर्छौ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको स्वीकारोक्ति- दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो

आफू चीन भ्रमणमा गएको बेलामा परम्परागत आठवटा नाका खोल्ने समझदारीमा हस्ताक्षर गरिएको र यसले उत्तरी छिमेकीसँगको आवागमन थप सहज बन्ने प्रक्रियाको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसक्रममा आफूले चीनसँग पनि विद्युत ब्यापारको बाटो खोल्ने समझदारीमा हस्ताक्षर गरेको स्मरण गराए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

कोही बिरामी नहोउन् भनेर सरकारले प्रयास गरिरहेको छः प्रधानमन्त्री ओली

मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले मानव जातिको सुख र समृद्धि सरकारको लक्ष्य भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको प्रशंसा गर्दै देउवा, भन्छन्- सँगै जेल बसेका हौं, सरकारको स्थायित्व स्पष्ट छ

उनले मुख्य प्रतिस्पर्धी दलसँगै मिलेर सरकार बनाउँनुपर्दा केही समस्या पनि आउनसक्ने हुँदा मिलेर समस्या समाधान गर्दै अगाडि बढ्नुपर्ने बताए। उनले मुलुकमा स्थिरता भयो भने मात्र विकास हुने दाबी गर्दै अहिले हुनुपर्ने जति विकास नभएको पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पछि परेका जातजातिका क्षेत्रमा काम गर्न सभामुखको सुझाव

उनले जातजतिका विशेषताहरूलाई अगाडि लाने काम आदिवासी जनजाति आयोगको पनि भएको बताए। साथै सबै क्षेत्रहरूमा सबै जातिहरूलाई समान अवसर प्रदान गर्न आवश्यक रहेको बताए। उनले सबै जातजातिका संस्कृतिहरूले समाज समृद्ध बनाउनमा मद्दत पुर्‍याउने उल्लेख गर्दै हरेक क्षेत्रमा नेपाललाई अगाडि बढाउनमा आदिवासी जनजाति आयोगको समेत विशेष भूमिका रहने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केबलकार विवाद- गृहमन्त्रीसँग कांग्रेस कोशीका १४ जिल्ला सभापतिको छलफल

गत माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका-११, बलुडाँडामा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएपछि पूर्वी नेपाल तनावग्रस्त बनेको छ। केही सुरक्षाकर्मी र प्रदर्शनकारी घाइतेसमेत भएका थिए। ‘नो-केबलकार’ पक्षले केबलकारको निर्माण तत्काल स्थगित गर्नुपर्ने र पक्राउ परेका आन्दोलनकारीहरूको बिनासर्त रिहाइ गरिनुपर्ने माग राखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं