मङ्गलबार, १४ अक्टोबर २०२५

सरकारले रवि लामिछानेमाथि प्रधिशोध साँध्यो, संसद्ले समर्थन जनायो: डिपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अर्यालले उक्त माग गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छ। त्यस्तै, कानुनमन्त्री अजय कुमार चौरसियाले  कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस्  र विधायन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अध्यादेश अर्थतन्त्रलाई चलायमान बनाउन सशक्त भूमिका खेल्छ’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र चलायमानका लागि निरन्तर रुपमा काम गर्दै आइरहेको बताएका छन्। बिहीबार बजेटको मध्यावधि मूल्यांकनबारे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको अध्यादेशले अर्थतन्त्रलाई चलायमान बनाउन सशक्त भूमिका खेल्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको दाबी- अध्यादेश स्वीकृत हुन्छ, कुनै समस्या छैन

आजको कार्यसूचीमा रहेको अध्यादेशसँग सम्बन्धित विषय सरकारले अर्को दिनका लागि छलफल गर्नेगरी कार्यसूचीबाट हटाएको भन्दै यो सामान्य विषय भएको बताए। उनले भने, ‘आजको कार्यसूचीमा रहेको अध्यादेशसँग सम्बन्धित विषय सरकारले अर्को दिनका लागि छलफल गर्ने गरी कार्यसूचीबाट हटाउने प्रस्ताव गरेपछि त्यही अनुसार अगाडि बढ्यो। सामान्यतया सरकारी बिजनेशमा सरकारले छलफल कहिलेकाही तलमाथि गर्न सक्छ यो नियमित र सामान्य प्रक्रिया हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रघुजीको व्यंग्य- जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेबीच तालमेल देखियो

प्रचण्डले अध्यादेशलाई निकै आक्रमण गरेपनि संशोधन गरिएका कानुनको दफाहरुमध्य कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानी र नागरिक अधिकार खोस्छ भन्ने कुराको उदाहरण दिन नसकेको बताए। प्रचण्डले संसदमा आफ्ना कुण्ठा अभिव्यक्त गरेको आरोप लगाउँदै उनले संसद कुण्ठा अभिव्यक्त गर्ने थलो नभएको बताए। उनले भने, ‘उहाँले अध्यादेशलाई निकै आक्रमण गर्नुभयो। छ वटा अध्यादेशमा २९ वटा कानुनहरूको संशोधन प्रस्ताव अगाडि सारिएको छ। तर ती संशोधन गरिएका कानुनको दफाहरूमध्ये कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानी पुग्छ? कुन दफाले नागरिक अधिकार खोस्छ? एउटा पनि उदाहरण दिन सक्नुभएन। यो कुण्ठा अभिव्यक्त गर्ने ठाउँ संसद हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय किताबखानाकाे सेवा सबै प्रदेशमा विस्तार गर्न सांसद घर्तीको माग

उनले निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरीकाे नियुक्ति, सरुवा, बढुवा, बिदा, विभागीय कारबाहीलगायतका विवरण अद्यावधिक गर्ने र पेन्सन पट्टा दिने राष्ट्रिय किताबखानाकाे सेवालाई सबै प्रदेशमा बिस्तार गर्नुपर्ने माग गरेकी हुन्। उनले भनिन्, ‘देशभर लाखौंका संख्यामा रहेका र रहने निवृत्तहरूलाई पेन्सन पट्टा बनाउन काठमाडौंमा अनिवार्य उपस्थित भई अपनाउनुपर्ने  लामाे प्रक्रियाले झन्झटसँगै खर्चिलाे भएको छ। साथै परम्परागत कार्यशैलीका कारण किताबखानाकाे पारदर्शिता र जवाफदेहीतामाथि प्रश्नसमेत उठ्ने गर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृमन्त्रीले भने- जातीय विभेद र छुवाछुतविरुद्ध सँधै उभिनेछु

तथ्यहरूलाई तोडमोड गरेर समाजलाई अनावश्यक रुपमा विभाजनमा धकेल्ने मनसायका साथ समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरे। सत्येन्द्रकुमार र नेहाको अन्तरजातीय विवाह छुटाउँन गृमन्त्री र प्रहरीकै मिलेमतो रहेको दाबी गर्दै समाचारहरू प्रकाशित भएका थिए। सत्येन्द्रकुमार रामविरुद्ध बाल विवाहको कसुरमा गत कार्तिक २५ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरकार ढाल्छु भनेको होइन, सँगै कुर्सी राखेर देखाइराख्नु पर्दैन’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय शेरबहादुर देउवालाई समय अगावै कुर्सी हस्तान्तरण गर्छु भनेको भन्यै गरेको भन्दै यसले सत्तारुढ दलबीच विश्वास नरहेको पुष्टि गर्ने दाबी गरे। उनले देउवाको कान र आँखा तगडा रहेको भन्दै सँधै एकै कुरा दोहोर्‍याउँन आवश्यक नरहेको व्यंग्य गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अछाम पुगेर बादलले भने- जनयुद्ध ‘हिंसा’ नै हो, ओलीको भनाइमा सहमत छु

बादलले जनयुद्ध दिवस मनाउनुको पनि कुनै अर्थ नरहेको टिप्पणी गर्दै माओवादीहरूको स्टन्टबाजी मात्र भएको टिप्पणी गरे। उनले जनयुद्ध दिवस मनाउँने माओवादीको गलत डिसिजन भएको दाबी गरे। ‘जनयुद्ध दिवस कहीँ दुनियाँमा मनाइँदैन, माओवादीहरूको एक ढंगको स्टनबाजी हो। गणतन्त्र दिवस मनाउने हो, क्रान्ति पूरा गरेकाले गणतन्त्र दिवस मनाइएको हो, त्यो मनाइरहिएको छ। जनयुद्ध दिवस मनाउने माओवादीको गलत डिसिजन हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसलाई प्रचण्डको प्रश्न- सत्ताका लागि मात्रै सहकार्य हो की राजनीतिक दृष्टिकोणमैं एमाले भइसकेको?

कांग्रेसमा पहिले सुनिने गठबन्धन विरोधी गनगन र करकर यसपटक कतै नसुनिएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पत्रकार र अरु व्यावसायिक संस्थाका चुनावमा पनि अद्भुत एकताका साथ कांग्रेस र एमालेबीच गठबन्धन भयो। तपाईंहरूलाई लागेको थियो, यति भएपछि माओवादी सकिन्छ। सकियो त? सकिएन बरु लगभग पहिलो पार्टीका रुपमा पुनरोदय भयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित

दुई वटा विधेयकहरू पेस भएर बिहीबारको बैठक स्थगित भएको हो। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित गरेका हुन्। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका छन् भने शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीले गरे प्रचण्डको सम्बोधन बहिष्कार, प्रचण्डको चित्त दुखाइ

बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले संसदमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएकोमा दुःखेसो गरे। उनले भने, ‘संसदीय परम्पराअनुसार प्रधानमन्त्रीले बोल्दा प्रतिपक्षी दलका नेताहरू उपस्थित हुने र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा छ। प्रधानमन्त्री आउँनुहुन्छ भन्ने मलाइ लागेको थियो। तर, आउनु भएन’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जब संसदमै सुमनाले भनिन्- बोल्न दे सरकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धि  विधेयकमा युवाहरूको  विरोध भएकाले सरकारले यसको  समाधान गर्नुपर्ने बताएकी छन्। उनले सबै सांसदहरूले युवाहरूको आवाज बोक्नुपर्ने बताइन्। उनले युवाको आवाज ‘बोल्न दे सरकार’ भन्ने रहेकाले पनि जनताको आवाजलाई  दबाउँन नहुने  बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपा नेपाल सत्ता पक्षकै बेन्चमा छ, उपेन्द्रजी अध्यादेशमा सकारात्मक हुनुहुन्छः कांग्रेस

प्रमुख सचेतक श्याम घिमिरेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ५१ वटा अस्वीकारका सूचनाहरू परेको भन्दै त्यसमा छलफल गरेर अस्वीकारका सूचनाहरूलाई अस्वीकार गर्दै अध्यादेश स्वीकृत हुने बताएका हुन्। उनले भने, ‘आज अध्यादेश पेस हुन्छ। ५१ वटा अस्वीकारका सूचनाहरू परेको छन्। यो सबैमाथि छलफल हुन्छ। छलफल भएर अस्वीकारका सूचनाहरूलाई अस्वीकार गरिने छ। त्यसपछि यो अध्यादेश स्वीकृत हुन्छ। पारित हुनेमा ढुक्क छौ। जसपा नेपालले समर्थन गर्छ, हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो। अहिले पनि सत्ता पक्षको बेन्चमा बसेको छ। उहाँहरूको समर्थनसहितले यो अध्यादेश  पनि हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपेन्द्र यादवसँग ओली र देउवाको छुट्टाछुट्टै भेटवार्ता, मागे उपप्रधानसहित परराष्ट्र मन्त्रालय

प्रतिनिधिसभामा सत्ता गठबन्धनको बहुमत भएपनि राष्ट्रिय सभामा बहुमत छैन। दुवै सदनमध्ये एकले मात्र अध्यादेश अस्वीकार गरेमा खारेज हुने संवैधानिक व्यवस्था छ। राष्ट्रिय सभामा जसपा नेपालका ३ सदस्य निर्णायक हुनेछन्। बुढानिलकण्ठ स्रोतले भने अध्यादेशकै विषयमा छलफल भएको स्पष्ट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इटहरी उपमहानगरका मेयर र उपमेयर आमन-सामने

कर्मचारी सरुवा गरेर मेयर पौडेल भारत गएका थिए। त्यस बखत कार्यवाहक मेयरको जिम्मेवारी पाएकी उपमेयर चौधरीले कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै आफ्नो अध्यक्षतामा कार्यपालिका बैठक डाकिन्। कार्यपालिकामा एमालेको बहुमत नै भएकाले ३ माघमा कार्यपालिका सदस्यको बैठकले सरुवाको निर्णय उल्टायो। तर, मेयर पौडेल उल्टाएको निर्णय कार्यान्वयन गर्ने पक्षमा छैनन्। अर्कोतर्फ उपमेयरको अध्यक्षतामा बसेको बैठकले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता र शाखा प्रमुख संजिव खड्कालाई नै कारबाहीको लागि सिफारिस गरिएको अवस्था छ। शाखा प्रमुख खड्का भने सातौं तहमा बढुवा भएर सुनसरीकै देवानगञ्ज गाउँपालिकामा पोष्टिङ भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इटहरी

‘अध्यादेश’बारे औपचारिक निर्णय गर्दै उपेन्द्र यादव

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारले प्रस्तुत गरेको अध्यादेशको पक्षमा वा विपक्षमा उभिनेबारे संसदीय दलको बैठकबाट निर्णय गर्ने भएको छ।  पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अध्यादेश अध्ययन कार्यदलले आज बिहान ९ बजे प्रतिवेदन बुझाउने र बिहान ११ बजे संसदीय दलको बैठक बसी यसबारे निर्णय लिइने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज संसदमा सबै ‘अध्यादेश’ निर्णयार्थ पेस गरिँदै

आज (बिहीबार) प्रतिनिधिसभाकाे बैठक दिनको १ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९–८० पेश गर्नेछन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१–०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्ने कार्ययोजना छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हामी कहिल्यै सुध्रिन सक्दैनौँ– सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो काँधमा आएको कुनै पनि जिम्मेवारी किन पूर्ण रुपले टुङ्गाउन नसकेको भन्ने ठूलो प्रश्न कडा भएको बताएका छन्।   बुधबार काठमाडौंमा आयोजित प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिको छैटौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले विचारमा रक्तसञ्चार र संगठनमा गतिशिलता आउन नसकेको भन्दै यसमा ठूलो प्रश्न उठेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रास्वपाले संसदको मर्यादा भंग गर्‍यो, सभामुखको रुलिङ मानेन’

उनले  भने, ‘अध्यादेश पारित हुने गरी पेश हुनेछ। विशेषगरी प्रतिपक्ष दलका नेताहरुले बोल्ने कुरा गर्नु भएको छ त्यो स्वभाविक कुरा नै हो। सुन्ने र विशेष समय लगायत केही विषय हुन्छन्। सरकारका तर्फबाट मान्य स्वास्थ्य मन्त्रीले केही विषयहरुमा छलफल राख्ने हाम्रो तयारी छ। केही महत्वपूर्ण विषयहरु र प्रतिवेदनहरु माथि छलफल हुनेछ। विशेषगरी भ्रष्टाचार सम्बन्धी प्रतिवेदन भोलिको संसदमा पेश गर्ने छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं