मङ्गलबार, १४ अक्टोबर २०२५

सर्लाहीको रामनगरस्थित एक घरमा आगलागी

गाउँपालिकाको राम टोलमा सोमबार राति एकजना दलित समुदायको घरमा आगलागी हुँदा करिब पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएका छन्। सोमबार साँझ ७ः२० बजेको समयमा विद्युतको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्राप्त भएका प्रेस नोटमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘क्यान’ टुक्राउने विधेयकप्रति कर्मचारी संघको आपत्ति, हवाई सेवा ठप्प पार्ने चेतावनी

‘नेपालको हवाई क्षेत्रको एकमात्र सक्षम सबल एवं समृद्ध संस्थालाई अन्य विकल्प हुँदाहुँदै सरोकारवाला, वौद्धिक वर्ग, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरू र पेशागत संघ सङ्गठनहरूलाई वेवास्ता गरी तथा कुनै अमूक संस्थाले दिएको प्रतिवेदनको सुझावलाई मात्र सैद्धान्तिक आधार लिई दर्ता गरिएको प्रस्तावित विधयेकमा स्वार्थ समूहको वर्चस्व हुने गरी उड्डयन क्षेत्रको सामान्य जानकारी समेत नभएको व्यक्तिले नेतृत्व गर्न सक्ने गरी ल्याइएको विधेयकले प्राधिकरणको समग्र हित भन्दापनि अझ धरासायी बनाउने उदेश्यले दर्ता गरिएको विधेयकहरूलाई तत्काल स्थगन गर्न लोकतान्त्रिक कर्मचारी संघको जोडदार माग गर्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस-एमाले सरकारले गरेका गलत कामहरू जनतामा लैजानुपर्छ: डा. शेखर कोइराला

साथै उनले एमाले कांग्रेसको प्रतिस्पर्धी पार्टी भएको भुल्न नहुने पार्टी पंक्तिलाई सुझाव पनि दिए। उनले यस्तै भोलि सत्ता बाहिर हुँदा एमाले नै प्रतिस्पर्धी हुने भएकाले सरकारले गरेका गलत काम कारबाहीबारे जनतालाई कांग्रेसले जानकारी दिनुपर्ने उनको भनाइ छ। उनले भने, ‘तर जो हामी (सरकार) बाहिर छौं, भोलि हाम्रो प्रतिस्पर्धी को हुन्छ? भन्दा एमाले हुन्छ भनेर सबैले भन्नुपर्छ। एमालेसँग प्रतिस्पर्धा गर्दैछौं। सरकारमा पनि एमाले छ। त्यसैले एमालेले र यो सरकारले गरेका गलत कामहरूलाई पब्लिकमा लैजानुपर्छ। यो गर्न सकेनौं भने कमजोर हुन्छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाजवाद आकाशबाट खस्दैन: प्रचण्ड

हरेक समुदायमा आफ्नै राजनीति, आफ्नै अर्थतन्त्र र आफ्नै संस्कृति भएको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपालमा समुदाय केन्द्रीत समाजवाद नै उपयुक्त हुने धारणा राख्दै अध्यक्ष प्रचण्डले त्यसका लागि समुदायस्तरबाटै समाजवाद निर्माणको अभियान थाल्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर, फागुन ४ मा पेसी

अर्यालले दायर गरेको मुद्दामा प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई विपक्षी बनाइएको छ। मुद्दाको पेसी फागुन ४ गतेका लागि तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। संवैधानिक इजलासको फैसला कार्यान्वयनको साटो आदेश विपरितको अध्यादेश ल्याएर प्रधानमन्त्री ओलीले अदालतको अवहेलनामा गरेकाले उनलाई कसुरदार गर्न अर्यालले माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दलित अधिकार अभियान्ता खगेन्द्र सुनार पक्राउ

सोमबार संघीय संसद संघीय संसद भवनमा प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बानेश्वर प्रहरी वृतका अनुसार दलितका लागि दलित अभियानका अभियान्ता सुनुवारलाई नियन्त्रणमा लिएर वृतमा राखिएको छ। निषेधित क्षेत्र तोड्दै मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि पक्राउ गरेको वृतले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कम्युनिष्टहरू कांग्रेसको विचारमा हिँडिरहेका छन्: मन्त्री पौडेल

उनले कांग्रेसले जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्व दिइरहेको बताए। आज नेपालको राजनीतिमा प्रतिस्पर्धी शक्तिहरू परम्परागत संख्यामा सीमित नरहेको भन्दै आलोचनात्मक कोणबाट नभई अझै परिस्कृत हुन जरुरी रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जब सभामुखले सांसद ज्ञानेन्द्रबहादुरलाई ‘ज्ञानबहादुर’ भनिदिए…

शून्य समयको अन्तिममा सांसद कार्कीको पालो आएपछि सभामुख घिमिरेले ‘अब माननीय ज्ञानबहादुर कार्की’ भनेका थिए। तत्काल गल्ती सच्याउँदै उनले ज्ञानेन्द्रबहादुर कार्की भनिसकेका थिए। त्यसपछि बोल्ने पालो पाएका सांसद कार्कीले सभामुखलाई ध्यान दिएर मात्रै नाम उच्चारण गर्न सुझाव दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामाजिक सञ्जालसम्बन्धी विधेयक मान्य छैन: सांसद झा

प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले सामाजिक सञ्जालसम्बन्धी विधेयकले नियमन गर्नुपर्ने ठाउँमा नियन्त्रण गर्न खोजिएको बताएका हुन्। उनले भने, ‘सामाजिक सञ्जालसम्बन्धी जुन विधेयक आइरहेको छ, यसले नियमन गर्नुपर्ने ठाउँमा नियन्त्रण गर्न खाजिएको छ। छाडा छोड्नु हुँदैन, नियमन गर्नुपर्छ। तर त्यसलाई अभिव्यक्ति स्वतन्त्रता अर्थात हाम्रो आधारभूत सिद्धान्तमा पनि लेखिएको कुरालाई उल्लघंन गर्न पाइँदैन्। संविधानमा पनि लेखिएको कुरा स्वतन्त्रता अर्थात वाक स्वतन्त्रता हो। त्यसैले यो विधेयक मान्य छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)

सबै प्रकारका जातीय भेदभाव र हिंसाविरुद्ध प्रदर्शनसहित उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन्। सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबीचको अन्तरजातीय विवाहको विषयमा उनीहरूमाथि धरपकड र जोडी छुटाउँन गृहमन्त्री र प्रहरी प्रशासनले अत्याचार गरेको समाचारहरू प्रकाशित भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद रानामगरद्वारा जलवायु परिवर्तनको चुनौतीको सामना र अवसरको सदुपयोग गर्न सरकारको ध्यानाकर्षण

उनले अन्तर्राष्ट्रिय नविकरणीय उर्जा एजेन्सीका अनुसार हरित उर्जा क्षेत्रमा सन् २०५० सम्ममा संसारमा ४ करोड २० लाख भन्दामाथी रोजगारी सिर्जना हुने अनुमान गरेकोले नेपालले यसको सदुपयोग पनि गर्नुपर्ने सुझाव दिइन्। उनले भनिन्, ‘जलवायु परिवर्तनको असर युवा पुस्ताको भविष्यसँग प्रत्यक्ष जोडिएकाले यसले ल्याउने चुनौतिको सामना गर्न र अवसरको सदुपयोग गर्न युवाहरूले अहिले देखिनै सक्रिय भुमिका खेल्ने खालका योजना र रणनीति बनाउनु पर्ने विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण समेत म यस गरिमामय सदनमार्फत गराउन चाहान्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनलाई अमरेशको च्यालेन्ज- हिम्मत छ भने सिंहदरबार भत्काएर देखाउ

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले महानगरले कवाडी व्यवसायीमाथि डोजर चलाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। सांसद सिंहले भने, ‘म बालेनलाई च्यालेन्ज दिन्छु। हिम्मत छ भने संसद भवन भत्काएर देखाउ। सिंहदरबार भत्काएर देखाउ। रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाउ। हिम्मत छ भने बालुवाटार र शितलनिवासको राष्ट्रपति भवन भत्काएर देखाउ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओली रहेसम्म बाम एकता सम्भव छैनः प्रचण्ड

उनले एमाले वा कांग्रेससँग पटक-पटकको सहकार्यले आफ्नै पार्टीको राजनीतिक संस्कृति प्रभावित भएको स्वीकार गर्दै भने, ‘हामी पनि कहिले एमाले, कहिले कांग्रेससँग मिल्दा अलिअलि उनीहरूको संस्कृति आत्मसात् गरेजस्तो भएको छ। अब हामी फेरि आत्मसुधार गरेर जनतासँग जानेछौं। अहिले हाम्रो प्राथमिकता सरकार होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, अख्तियारको कार्यक्रममा भएनन् सहभागी

आज बिहान पौने ९ बजे उक्त कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्यतालिका थियो। तर, स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपस्थित हुन नसकेका हुन्। बालुवाटार स्रोतले बिरामीको अवस्थाबारे स्पष्ट जानकारी दिएन। उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको र सरकारी निवासमै आराम गरिरहेको स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय सभामा आज मिडिया काउन्सिल विधेयक निर्णयार्थ पेश गरिँदै

बैठकमा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची छ। दिउँसो १ः१५बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित “मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि एउटा ठूलो आन्दोलनको आवश्यकता महशुस भएको छ: प्रचण्ड

उनले वर्तमान सरकार संविधान मिचेर राष्ट्रपतिलाई जबरजस्ति दबाव दिएर बनेको सरकार भएको आरोप लगाए। सरकारले संविधानलाई कर्नरमा पार्न खोजेको पनि उनको आरोप छ। उनले भने, ‘यो संविधान मिचेर बनेको सरकार हो यो। राष्ट्रपतिलाई जबरजस्ति दबाव दिएर बनेको सरकार हो यो भन्ने आरोप छ मेरो। लोकतान्त्रिक पनि छैन। त्यसैले लोकतन्त्रको मर्म विपरित पनि आएको छ यो। यसले संविधानलाई कहीँ न कहीँ कर्नरमा पार्न खोजेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजालाई पोखरामा भव्य स्वागत

यस क्रममा उनले विभिन्न मठमन्दिर दर्शन गर्ने, पूजापाठमा सहभागी हुने र स्थानीय व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। उनका समर्थकहरू शाहको यो भ्रमणलाई आस्थासँग जोडेर हेरिरहेका छन्। समिट एयरको चार्टर जहाजमार्फत आएका उनलाई पोखरामा समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

ओलीको के खुस्किएको हो प्रचण्डको मन्तव्य छोडेर टिकटकरसँग गफ गर्नुहुन्छ: माधव सापकोटा

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको प्रधानमन्त्री प्राविधिक रुपमा जोड घटाउ, हिसावकिताब अलि गर्न नजान्ने भाष्य नै सिर्जना गरिसकेको बताएका हुन्। उनले प्रधानमन्त्री मादल बजाउने, गितार बजाउने, सोसल साइडहरू पनि आफैंले ह्यान्डल गर्ने विपक्षी दलको नेताको मन्तव्य सुन्न छाडेर टिकटकरहरूसँग गफ गरेर बस्ने गरेको आरोप लगाउँदै ‘ओलीको के खुस्कियो’अब यो बुझ्न बाँकी रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधानले दिएको वाक स्वतन्त्रता सरकारले नियन्त्रण गर्न पाउँदैनः रघुजी पन्त

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सामाजिक सञ्जालसम्बन्धि विधेयकको सम्बन्धमा नियन्त्रणको विपक्षमा र नियमनको पक्षमा आफू रहेको बताए। उनले भने, ‘सामाजिक सञ्जालसम्बन्धि विधेयक नियन्त्रणको पक्षमा छैन। तर  नियमनको पक्षमा चाँही म छु। संविधानले दिएको वाक तथा प्रकाशन स्वतन्त्रता नियन्त्रण गर्ने कुरामा सरकार जानुहुँदैन र मलाई विश्वास छ जाँदैन पनि। यदि त्यस्तो खालको कमीकमजारी छ भने संशोधनमार्फत सच्याउँछौ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस

विधेयक पेस गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने, ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता छ। सामाजिक सञ्जालको प्लेटर्फम र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेशी बनाई मर्यादित वनाएर नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पेस गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं