मङ्गलबार, १४ अक्टोबर २०२५

जनमत र नाउपा एकता गर्ने रेशमको खुलासा

उनले डा. राउत र आफूहरू मुठ्ठी कसेर अगाडि बढिरहेको सन्दर्भ उल्लेख गर्दै अब प्रयोग गर्न मात्र बाँकी रहेको र सन्दर्भ आफैं बुझ्न भन्दै एकताको संकेत गरेका हुन्। त्यस्तै उनले नेसपा नयाँशक्ति, विवेकशील साझा, नाउपा र जनमत पार्टी मिलेर अगाडि बढ्नुपर्ने बताए। उनले भने, ‘अगाडि हुनुहुन्छ डा. सीके राउत, उहाँ र हामी मुठ्ठी कसेर हात समातिसकेका छौं। अब प्रयोग गर्नमात्रै बाँकी होला। सन्दर्भ आफैं बुझ्नुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धरौटी तिर्न नसकेर जेल चलान भएका रास्वपा नेता रिहा

जिल्ला अदालतले तोकेको एक लाख धरौटी तिरेर आइतबार उनी रिहा भएका हुन्। सो प्रकरणमा जैसीसहित पक्राउ परेका तीनजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा प्रहरीले ज्यान मार्ने उद्योग अभियोगमा मुद्दा दायर गरेको थियो। अन्य दुई जना धरौटी बुझाएर छुटेपनि महानन्द भने धरौटी तिर्न नसक्दा सुन्धारास्थित जगन्नाथ देवल कारागारमा थुनामा पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाबुरामको नेसपा (नयाँ शक्ति)को महाधिवेशनमा पुराना पार्टीलाई बहिष्कार, नयाँलाई मात्रै निम्तो

उदघाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति डोल प्रसाद अर्याल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, विवेकशील साझाकी नेतृ समीक्षा बाँस्कोटालगायत नेताहरू सहभागी भएका छन्। काठमाडौंस्थित प्रज्ञा-प्रतिष्ठानमा आइतबारबाट सुरु भएको महाधिवेशन माघ २९ गतेसम्म चल्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामाजिक संजालसम्बन्धी विधेयकविरुद्ध अनलाइन पत्रकारहरू सडकमा

विरोध प्रदर्शनमा बोल्दै अनलाईन टीभी पत्रकार संघको अध्यक्ष जीवन भण्डारीले यस्तो नियम कानून लागू भयो भने कसैले पनि सरकारको आलोचना गर्न नपाउने भएकाले विधेयक तत्काल खारेज गर्नुपर्ने बताए। उनले सामाजिक सञ्जाल विधेयक तत्काल खारेज गर्न अनलाईन टिभी पत्रकार संघले देशव्यापी रुपमा आन्दोलन घोषणा गरिसकेको समेत बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफूले नगरेको अपराधको सजाय नेपालले भोगिरहेको छः सभामुख घिमिरे

उनले नेपालले आफैंले नगरेको अपराधको सजायका रुपमा जलवायु परिवर्तनको समस्या भोगिरहेको बताए। विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रले अत्याधिक मात्रामा गरेको कार्बनको उत्सर्जनको प्रत्यक्ष असर नेपालको प्राकृतिक सम्पदामा परेको उनको भनाई छ। उनले भने, ‘नेपालले आफैंले नगरेको अपराधको सजाय अहिले भोगिरहेको अवस्था छ। विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रले अत्याधिक मात्रामा गरेको कार्बनको  उत्सर्जनको प्रत्येक्ष असर हाम्रो प्राकृतिक सम्पदामा परेको छ। बढ्दो कार्बन उत्सर्जनको कारण पृथ्वीको तापक्रम वृद्धिले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्यादेशमा बार्गेनिङको उपेन्द्रद्वारा खण्डन, भन्छन्- ‘यस्तो फोहोरी र फटाहा कुरा कहाँबाट आयो?’

शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष उपेन्द्र यादवले आफूहरूको कारणले अध्यादेश नअड्किएको भन्दै संसदको कार्यसूचीमा राखेपछि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका हुन्। उनले भने, ‘हामीले अध्यादेश अड्काएको होइनौं। सरकारले आफै कार्यसूचीबाट हटाएको छ। हामी धारणा बनाउँदैंछौं, हाम्रो सोच सकारात्मक छ। अब सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्नेछौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगलागीले क्षति भएको खानेपानी मन्त्रालयमा संसदीय समितिको अनुगमन

निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले आगलागीको बारेमा निरीक्षण गर्न समितिका सबै सदस्यहरू आएको र आगलागीबाट केही सम्पत्तिको क्षति भएको बताए। उनले भने, ‘आगलागी भएको स्थानमा निरीक्षण गर्न आएका हौँ। पूर्वाधार विकास समितिका सम्पूर्ण आउनुभएको छ। घटनाले जनको क्षति भएन, धनको क्षति भएको छ। डकुमेण्टहरूमा केहीपनि आगो लागेको छैन भनिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

प्रधानमन्त्रीको अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू एवं राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महाहनगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू रहनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शंकर पोखरेलको गुनासो- वर्षमानसँग कुरा गर्न पनि सचेत हुनुपर्ने भयो

गठबन्धन सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी, निजीकरण ऐन-२०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपा नेपालको संसदीय दलको बैठक सिंहदरबारमा, अध्यादेशबारे निर्णय लिँदै!

जसपाले अध्यादेशबारे विषयविज्ञसँग परामर्श गरेर निर्णय लिन कार्यदल गठन गरेको थियो। कार्यदलले बिहीबार नै सुझाव दिइसकेको छ। तर संसदीय दलले यसबारे केही पनि निर्णय गरेको छैन। आजको संसदीय दलको बैठकले अध्यादेशबारे पार्टीको धारणा स्पष्ट पारिने स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

आइतबार प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गतको तेस्रो बैठक बस्न लागेको हो। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यजविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संकटमा ओली सरकारः वर्षमानलाई शंकरले फाेन गरेर किन मागे सहयोग!

नेकपा एमालेले ल्याएको अध्यादेश संसदीय संसदबाट स्वीकृत गर्न प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसँग आग्रह गरेको छ।   एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई टेलिफोन गरी अध्यादेशमा सहयोग खोजेका छन्। नेता पुनलाई एमाले महासचिव पोखरेलले फोनमार्फत सहयोग मागेको उनको सचिवालयले जनाएको छ। उनले अध्यादेश अस्वीकृत हुने र सरकार छाड्न नैतिक दबाब पर्ने भएपछि एमाले आत्तिएको टिप्णणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनताको काम गर्न सरकारमा जान चाहन्छौंः नारायणकाजी श्रेष्ठ

उनले भने, ‘सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा, विकास र समृद्धिको क्षेत्रमा, जति फड्को मार्नुपर्ने हो त्यति नेपाली समाजले मार्न सकेको छैन्। केही पनि भएको छैन् भन्ने होईन, निश्चित रुपमा प्रगती भएका छन्, सुधार भएका छन्। तर यति धेरै राजनीतिक परिवर्तन भयो, हजारौं सहिदको बलिदानको मूल्यमा र जनताको यति ठूलो संघर्षको परिणाम स्वरुप ठूलो राजनीतिक परिवर्तन भयो, राजनीतिक परिवर्तनले दिएको अधिकारहरु उपभोग गर्न त पायौं, तर जति हुनुपर्ने भएको छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - पाल्पा

०८४ मा माओवादीलाई पहिलो हुनबाट कसैले रोक्न सक्दैनः प्रचण्ड

संसारभर कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र बहस हुँदा एकता, संघर्ष, रुपान्तरण, नयाँ आधारमा नयाँ एकता नै महत्वपूर्ण सूत्र भएको उल्लेख गर्दै उनले सबैले यसलाई आत्मसात गर्नुपर्ने बताए। यो कम्युनिष्टहरूको महत्वपूर्ण दर्शन भएकाले व्यक्ति र गुटवादी होइन, मार्क्सवादी भएर अघि बढ्न विद्यार्थी नेतृत्वलाई आह्वान गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बादललाई ‘आजिवन कारावास’ हाल्न दीपशिखाको माग

बिहीबार अछाम पुगेका पूर्वमाओवादी नेता समेत रहेका बादल ‘माओवादी जनयुद्ध हिंसा नै हो’ भन्ने अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिको माओवादी समर्थकले विरोध गरेका छन् भने एमाले सर्मकले स्वागत गरेका छन्। सापकोटा भन्छन्, ‘माओवादीका पूर्वनेता रामबहादुर थापाले जनयुद्धलाई ‘हिंसा’ भनेका हुन् भने सरकार र प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, तुरुन्त गिरफ्तार गरी आजीवन काराबास हालियोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महेश बस्नेतको दाबी- दिल्लीमा केजरीवालजस्तै नेपालमा रविको पतन निश्चित छ

रविको पार्टीलाई भारतको नयाँदिल्लीमा आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालसँग तुलना गर्दै बस्नेतले भारतमा भ्रष्टाचारी र नेपालमा सहकारी ठगको विलय निश्चित रहेको दाबी गरे। दिल्लीमा भर्खरै सम्पन्न निर्वाचनको प्रारम्भिक मतपरिणाम अनुसार दिल्लीमा आम आदमीको किल्ला भत्किने देखिएको छ। भाजपाले आपलाई कडा चुनौती दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कसैको दवाबमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री ओलीले विगतमा देश र जनताको सुरक्षाका क्रममा प्रहरीहरू लडिरहँदा नेपाल प्रहरी र नेपाली सेनाका कतिपय अधिकृतहरू आफ्नो दुनो सोझ्याउन भित्रभित्र विरोधीसँग साँगसाँठ गर्नु अशोभनीय र घिनलाग्दो स्वार्थ भएको टिप्पणी गरे। उनले नेपाल प्रहरीलाई सबै प्रहरीको घरका रुपमा स्थापित गर्दै यहाँभित्र मूल्याङ्कन र अवसरका क्रममा आफ्नो तान्ने प्रवृत्ति भए त्यस्ता कमजोरी सच्याएर जानुपर्नेमा पनि जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्नै बोलीले फसे मीनबहादुर, हर्कले दिए अख्तियारमा उजुरी

विश्वकर्माले एक टीभी अन्तर्वार्तामा एडीबीबाट ऋण र अनुदानमार्फत १ अर्ब ५० करोड रुपैयाँ ल्याएर धरानमा खानेपानी योजना सञ्चालन गरेको बताए पनि उपमहानरको लेखा शाखाको रेकर्डमा १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरेको देखिएको साम्पाङको उजुरीमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - धरान

अवैध अस्पताल बन्द गर्न मुख्यमन्त्रीको कडा निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको पिराडीचोकमा अवैध ढङ्गले सञ्चालनमा रहेको मुस्कान अस्पताल सञ्चालकलाई त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न तथा वैधता प्राप्त नगरी अस्पताल सञ्चालन नगर्न निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको भर्चुअल बैठक, भने- एक्लाएक्लै पनि छलफल गर्नुपर्ने देखियो

उनीहरूले बहुवर्षीय ठेक्का लागेका कार्यक्रमहरूमा बजेटको निरन्तरतासहित अनुदान रकम वृद्धि हुनुपर्ने, आयोजना सञ्चालनका लागि रुख कटान र जग्गा प्राप्तिमा सहजता हुनुपर्ने, विपद् व्यवस्थापनमा बजेट थपिनुपर्ने, जनशक्ति व्यवस्थापन, भन्सारमा हुने चोरी-निकासी नियन्त्रण गर्नुपर्ने, गण्डकीलाई पर्यटकको केन्द्रका रुपमा विकास गर्न निर्माणधीन सडक विस्तार छिटो सम्पन्न गर्नुपर्ने, पूर्व-पश्चिम रेलमार्ग निर्माणका लागि मुअब्जा विवाद टुङ्ग्याउनुपर्ने, कार्यविस्तृतीकरण पुनः विचार गर्नुपर्ने, प्रदेशमा पर्यटक र आम्दानी वृद्धिका लागि सहजीकरण गरिनुपर्ने लगायत सुझाव दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं