धवलशमशेरसँग तीन लाख धरौटी माग, मिश्र अझै सम्पर्कविहिन…
काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका अभियुक्त राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ। सोमबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका राणाविरुद्ध न्यायाधीश शिवप्रसाद खनालको इजलासमा थुनछेक बहस भएको थियो। बहसपछि इजलासले राणासँग तीन लाख धरौटी मागेको हो।
बिएल संवाददाता - काठमाडौं