
फेरि संसदमै फर्किए रास्वपा सांसदहरू
प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुखले बोल्न समय नदिएको भन्दै संसद बैठक बहिष्कार गरेका रास्वपा सांसदहरू फेरि संसदमै फर्किएका छन्। रास्वपा सांसदले आकस्मिक समयमा बोल्नका लागि समग माग गर्दा सभामुखले समय नदिएपछि उनीहरूले १५ मिनेटका लागि संसद बैठक बहिष्कार गरेका थिए। १५ मिनेटपछि उनीहरू पुनः संसद बैठकमा फर्किएका छन्।

बिएल संवाददाता - काठमाडौं