अध्यादेश ल्याउनुको कुनै तुक छैन, हामी स्वीकार्दैनौं- झलनाथ खनाल
नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिले मुलुकमा अध्यादेशमार्फत कानुन ल्याउनुपर्ने कुनै आवश्यक्ता नभएको बताएका छन्। मंगलबार जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता खनालले अध्यादेश ल्याउनुको कुनै तुक नरहेको भन्दै अध्यादेशलाई आफ्नो पार्टीले कुनैपनि हालतमा स्वीकार नगर्ने दावी गरे।
बिएल संवाददाता - काठमाडौं