भारत नेपालमा हिन्दुराष्ट्र चाहन्छः कालीदास बाबा
‘एक अभिभावकका रुपमा राजसंस्था चाहिन्छ। नेपालका नेताहरूले पनि वाध्य भएर गणतन्त्र रोज्नुभएको हो। उहाँहरूले मसँगको कुराकानीमा बाध्यताले राजसंस्था हटाउनुपरेको बताइरहनु भएको छ। हामीले पहिल्यैदेखि देवीदेवता, देउराली, ढुंगा, आकाश-पाताल, पृथ्वी, कुल मान्दै आएका हौं। त्यसैले राजसंस्थाको अलग्गै महत्व छ,’ उनले भने,‘राजसंस्था र हिन्दुराष्ट्र परिपूरक पनि हुन्।’ हालै काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शनमा योगी आदित्यनाथको तस्बिर सार्वजनिक भएको विषयमा उनले भने, ‘गोरक्षपीठाधीश्वर योगी आदित्यनाथ राजा ज्ञानेन्द्रलाई श्री ५ वडामहाराजधिराज भनेर सम्बोधन गर्नुहुन्छ। राजसंस्था कायम होस भन्ने चाहनुहुन्छ।’
बिएल संवाददाता - काठमाडौं