शनिबार, ११ अक्टोबर २०२५

आर्थिक र सामाजिक परिवर्तन आवश्यक छ : नेता सिंह

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन आवश्यक रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

बुधबार अपरान्ह शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटमा उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिकको समृद्धिका लागि सुहाङ नेम्वाङ विजयी हुनुपर्छ: केपी ओली

नेकपा (एमाले)का यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते मृत्यु भएपछि इलाम क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो। स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङको सपना पूरा गर्न पनि उनका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले सुहाङलाई मतदान गर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

कांग्रेसले भन्याे- कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक

‘सम्मानित अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक कार्य हो। यसप्रति गम्भीर सहमति जनाउँदै यसबाट प्रदेशसभामा द्वन्द्वको वातावरण सिर्जना हुने हुँदा यसको जिम्मेवार सम्बन्धित पक्षहरू हुने समेत स्पष्ट पार्दछौँ’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा सोडारीलाई नै अगाडि सार्ने एकीकृत समाजवादीकाे निर्णय

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घबहादुर सोडारीलाई अगाडि सार्ने निर्णय गरको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा वैशाख ७ गते शुक्रबार दिनको ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

सुदूरपश्चिममा फेरि लफडा: एकीकृत समाजवादीका सोडारीलाई एमालेले गर्‍याे अस्वीकार

एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडि सरिसकेको छ तर एमालेले भने उनी विवादित व्यक्त भएको भन्दै उनको विकल्प खोज्न भनेपछि राजनीति फेरि तरंगित बनेको हो। एमालेले सोडारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उनको विकल्प खोज्न अडान लिएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन: अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा कुनै परिवर्तन नआउने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि पेस भएकाे दुवै दाबी अस्वीकृत

सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाट परेका दुवै दाबी अस्वीकृत भएकाे छ। मंगलबार प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी निष्कर्षमा पुग्न नसकिएकाे भन्दै अस्वीकृत गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारकाे छानबिन हुन्छ: प्रधानमन्त्री प्रचण्ड

‘भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारवाही अगाडि बढाउन सरकार प्रतिबद्ध छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘वर्तमान सरकारको प्रमुख प्राथमिकता छन्, सुशासन, सामाजिक न्याय र समृद्धि हो, त्यसमध्ये सुशासन कायम गर्ने प्रश्नलाई सबैभन्दा अग्रभाग राखेर सोहीअनुरूप कार्यान्वयनको प्रक्रिया पनि अगाडि बढिरहेकै छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीद्वारा सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा लक्ष्मणकिशोरलाई दिएकाे समर्थन फिर्ता

एकीकृत समाजवादीको प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नजिर मियालाई पत्र बुझाउँदै चौधरीलाई मुख्यमन्त्रीका लागि दिएकाे समर्थन फिर्ता लिएकाे जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेस प्रदेशसभामा जनमत पार्टीकाे अवरोध, बैठक स्थगित

मधेस प्रदेशको बैठक १० मिनेटका लागि स्थगित भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकमा जनमत पार्टीका सांसदहरुले बैठक अवरोध गरेपछि बैठक स्थगित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले एकवर्ष सिंहदरबार र बालुबाटार हेर्दैन: गगन थापा

उनले भने, ‘वर्ष २०८१ लाई पार्टी शुद्धीकरण र पुनःजागरणको वर्ष बनाउनुपर्छ, एकवर्ष कांग्रेसले सिंहदरबार, बालुबाटार नहेरी राष्ट्रका मुख्य–मुख्य समस्या समाधान खोज्न पहल गर्नुपर्ने बेला आएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

दुई-चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ: गोकुल बास्कोटा

‘फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद हो। सधैँको अस्थीरता किन र केका लागि? समावेशी क्षेत्रलाई पनि प्रतिस्पर्धी बनाएर समेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ। चुनावपुर्व गठबन्धन गर्ने, दुईचार सीट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महाधिवेशन प्रतिनिधि परिषद्को तयारीमा एमाले

यही वैशाख ८ र ९ गते लतिपुरको गोदावरीमा हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी तीव्ररुपमा भएको छ। नेकपाको ७५ औँ स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमसहित महाधिवेशन प्रतिनिधि परिषद् बैठक हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक सुरु

पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेका व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाण सहित प्रि–रजिष्ट्रेशन प्रणालीमार्फत आवेदन गर्न सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कानुन निर्माणमा सांसदहरु गम्भीर बन्नुपर्छ: अध्यक्ष दाहाल

‘अहिले कानुन निर्माणको आवश्यकता र यसको जुन गतिमा काम भइरहेको छ, यसले ठूलो अन्तरविरोध पैदा भएको छ’, अध्यक्ष दाहालले भने, ‘नयाँ संविधान निर्माण भइसकेपछि जुन गतिमा कानुन निर्माण हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन, यसतर्फ कानुन निर्माणको जिम्मेवारी लिएका सांसदहरु गम्भीर हुनु जरुरी छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखायो: केपी ओली

‘सुदूरपश्चिममा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट भयो। कम्युनिस्ट बोर्ड राख्ने काम चाहिँ विदेशीको हितमा काम गर्ने गरेको देखियो। तर यसले केही फरक पार्नेवाला छैन’, अध्यक्ष ओलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाबुरामलाई छाडेर माओवादीमा फर्किए विश्वदीप

नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानसेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले शिष्टचार भेटवार्ता गरेका छन्। नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा भएको शिष्टाचार भेटवार्तामा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नेलगायत विषयमा छलफल भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ