सहकारी ठगलाई कारबाही गर्दा रास्वपा समाप्त पार्न खोजेको प्रचार गरियो- प्रदीप ज्ञवाली
सहकारीका ठगलाई कारबाही अघि बढाउँदा ‘रवि लामिछाने र रास्वपालाई समाप्त गर्न चालिएको कदम’ भन्दै प्रचार भएकोमा आपत्ति जनाए। उनले भने, ‘हामीले राजनीतिक दिशा परिवर्तन गर्यौं, २०७९ को निर्वाचनको नतिजा जनताले सोचेजस्तो आएन। देशले एउटा बलियो स्थिरता खोजेको हो। ठगीलाई जोगाउन सरकार बनेको होइन, गल्ती गर्ने सबैलाई कारबाही हुन्छ। तर गल्ती छ भने सडक अदालतले गरेको फैसलाको अर्थ छैन।’
बिएल संवाददाता - काठमाडौं