रवि जेल चलान भएपछि मुकुल भन्छन्ः अब ‘रविको क्लब’लाई पार्टी बनाउनुपर्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले सभापति रवि लामिछाने कारागार चलान भएपछि उनलाई बिर्सेर पार्टी बनाउन लाग्नुपर्ने अभिव्यक्ति दिएका छन्। सोमबार सभापति लामिछाने कारागार चलान भएपछि मुकुलले अब उनी बर्षौं मामाघरमा थन्किने टिप्पणी गर्दै अब उनलाई बिर्सनुपर्ने बताएका हुन्। उनले अब यही मौकामा पार्टीलाई अब लामिछानेको क्लबबाट स्वतन्त्र बनाउनुपर्ने बताए। मुकुलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘काङ्ग्रेस एमालेका लाखौँ झोलेसँग त नडराइ पार्टी खोल्ने निर्णय गरेका थियौं। चुनावी रणनीतिअन्तर्गत रवि दाइको नामको ब्रान्डिङमा अघि बढ्यौं। क्लब हुँदै पार्टी बनाउनपर्ने थियो तर क्लबलाई पार्टी बनाउने बेला रवि दाइले मलाई निकाले, किनकी उनलाई कहिले पनि पार्टी बनाउनु नै रहेनछ, क्लबमा नै रमाउनु थियो। अब रवि दाइ वर्षौंका लागी मामाघर जानुभएको छ। अब क्लबबाट पार्टी बनाउनुपर्छ। रवि दाइलाई बिर्सनुपर्छ।’
बिएल संवाददाता - काठमाडौं