शनिबार, २३ अगस्ट २०२५

रविकाे आलोचनाकाे विषयमा रास्वपाले स्पष्टीकरण सोधेपछि रमेश खरेलले दिए राजीनामा

रास्वपा अध्यक्ष रवि लामिछाने गृहमन्त्री बनेपछि खरेलले उनको आलोचना गरेका थिए। आफूले चलाउँदै आएको टेलिभिजन शोमा खरेलले आफ्नै सभापतिको आलोचना गरेपछि रास्वपाले स्पष्टीकरण सोधेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिक उन्मुक्ति पार्टीले नयाँ गठबन्धनलाई समर्थन गर्ने

बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमानयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो। आजको बैठकमा २१ संस्थापक केन्द्रीय सदस्य मध्ये १२ जना उपस्थित रहेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

उपनिर्वाचन: एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंहलाई उम्मेदवार बनाउने

नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेशसभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको एक नेताले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साङ्गठनिक गतिविधिको प्रगति विवरण पठाउन एकीकृत समाजवादीकाे निर्देशन

पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न कमिटीले महाधिवेशन केन्द्रित अभियान सञ्चालन गरेका राजनीतिक कार्यक्रम, सङ्गठन सुदृढीकरण तथा सदस्य विस्तार, प्रशिक्षणलगायत कार्य प्रगतिको विवरण माग गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदार उठाउने

नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (१) मा उम्मेदवारी दिने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रेशम विदेशमा रहेकाे बेला रञ्जिताले बोलाइन् बैठक, बहिष्कार गर्ने तयारीमा चौधरी पक्ष

अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी विदेशमा रहेका बेला आजको लागि टिकापुरमा केन्द्रीय समितिको बैठक बोलाएपछि विवाद बढेको हो। चौधरी हाल जापान भ्रमणमा छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

औद्योगिकग्राम पूर्णरुपमा सञ्चालनमा ल्याउन मुख्यमन्त्री कार्कीद्वारा निर्देशन

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धनकुटास्थित औद्योगिक ग्राम सञ्चालनमा ल्याउने  तयारी गरिएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैरसरकारी संस्था समन्वय वि-भागमा १० जना सदस्य मनोनीत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नयाँ समीकरणको सरकार पूरै कार्यकाल चल्छ: ईश्वर पोखरेल

एमालेसहितको नयाँ समीकरणको सरकार पूरै कार्यकाल चल्ने तथा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिका साथ काम भइरहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

हाम्रो नेपाली पार्टीले बागमती सरकारलाई दिएको समर्थन फिर्ता

केन्द्रमा नयाँ समीकरण बनेपछि गत फागुन २३ मा नेपाली कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

मेराे कार्यकालमा राष्ट्रियसभाको गौरवलाई सुनिश्चित गर्न लाग्छु: अध्यक्ष दाहाल

उनले भने, ‘सबैलाई एकताबद्ध गर्दै आवश्यक ऐनकानुन निर्माणमा राष्ट्रियसभाको भूमिका महत्वपूर्ण छ।’ तीन तहका सरकारबीच समन्वयकारी भूमिका खेल्दै स्थानीय तहको समस्या समाधानमा सङ्घीय सरकारलाई सहयोगी बन्ने उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपा एस महाधिवेशन तयारीः राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढेको छ: अध्यक्ष नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकको १०औँ अधिवेशनबाट नवनिर्वाचित कमिटीको पदस्थापन कार्यक्रममा बोल्दै उनले स्वच्छ छवि भएर भ्रष्टाचारमुक्त भएर जनताको सेवामा कसरी काम गर्ने भन्ने विषयमा केन्द्रित भएर अगाडि बढेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - धुलिखेल

प्रचण्ड सरकारमा जसपालाई तीन मन्त्री, कार्की राज्यमन्त्री नियुक्त

जसअनुसार जसपावाट सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेकाले आजै शपथ गराउने भएका छन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुहाङ नेम्वाङले भने- बुवाले गर्नुभएको संकल्प पूरा गर्नेछु

‘गएको निर्वाचनको क्रममा बुवाप्रति इलामेली जनताहरुले देखाउनुभएको त्यो आशा, अपेक्षा, भरोषा र विश्वास मेरो लागि कति भव्य थियो? त्यो म यहाँ लेखेर उल्लेख गर्न सक्दिन। मलाई लागेको थियो, ‘अझै थुप्रै बर्षहरु बुवाको साथमा रहनेछु। सिक्नेछु। बुझ्नेछु। जान्नेछु। ‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नु भएको सपना र गर्नु भएको संकल्प पुरा गर्न अधिकतम् योगदान गर्नेछु। इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरुले र कलिला नानीहरुले देखेका सपनाहरु पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो: अध्यक्ष दाहाल

प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालको भनाइ छ। त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्ने उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

समाजवादमा पुगेर मात्र देशलाई समृद्ध बनाउन सकिन्छः झलनाथ खनाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिचन्द्र क्याम्पस कमिटीले आज आयोजना गरेको ‘बृहद् होली मिलन कार्यक्रम’मा उनले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संसद् राजनीतिक दलका लागि रिस साँध्ने थलो भयोः सुदन किराती

राजनीतिक दलहरुबीच इगो साध्ने, आरोप प्रत्यारोपमा समय खर्चिने प्रवृत्ति पुरानै रोग हो। त्यसैले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप कानुनहरु बनेका छैनन् त्यसमा म सन्तुष्ट छैन। अर्को रुपले हेर्दाखेरी नेपालजस्तो विकासोन्मुख मुलुकमा यस्तो व्यवस्थाबाट जनताको आवश्यकता र चाहनाअनुसार काम गर्न नसकिनेरहेछजस्तो मलाई लाग्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचन: एमालेnबझाङ १ मा भण्डारीलाई उम्मेदवार बनाउने एमालेकाे निर्णय

नेकपा एमालेले बझाङ १ मा हुने उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने भएकाे छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले १५ वैशाखमा हुने उपनिर्वाचनमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं