प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै
यसअघि उनले लुम्बिनी तथा कर्णाली प्रदेशसभालाई पनि सम्बोधन गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
यसअघि उनले लुम्बिनी तथा कर्णाली प्रदेशसभालाई पनि सम्बोधन गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किदैंछन्। उनी एकसाता भन्दा धेरै पोखरातिरै थिए। उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी तथा दुर्गा प्रसाईंको समूहलगायत विभिन्न हिन्दुवादी र राजसंस्था पक्षधरहरूले विमानस्थलमा जम्मा हुन आह्वान गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
शनिबार साँझ राष्ट्रपति निवास शीतल निवास पुगेर ओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। पछिल्लो समय राजावादीको सक्रियता बढेसँगै राजनीतिक दलहरू उच्चस्तरीय छलफलमा जुटेका छन्। यद्यपि राष्ट्रपतिको कार्यालयले भने प्रधानमन्त्री र राष्ट्रपतिको भेटवार्ता नियमित भेटघाटको श्रृंखला भएको दाबी गरेको छ। लामो समयदेखि पोखराको भ्रमणमा रहेका पूर्वराजा भोलि काठमाडौं फर्किने तयारीमा छन्। उनको स्वागतका लागि हजारौं समर्थकहरू विमानस्थलमा उतार्ने राप्रपालगायत राजावादीहरूको तयारी छ।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘अहिले देश एउटा विशिष्ट स्थितीका बीच अगाडि बढिराखेको छ। मुलुकमा प्रजातन्त्र ल्याएँ, लोकतन्त्र ल्याएँ, गणतन्त्र ल्याएँ भन्नेहरू आज गणतन्त्रको नाममा लुटतन्त्र मच्चाएर बसिरहेका छन्। उनीहरू देशभित्रै रोजगारी सिर्जना गर्ने, देशभित्रै युवाहरूले गरिखाने वातावरणको निर्माण गर्ने दिशामा होइन देशका उद्योग धन्दाहरू समेत बन्द गरेर कमिशन खाने र युवाहरूलाई विदेश जान बाध्य बनाउने काममा निरन्तर लागिरहेका छन्।’ साथै उनले आज देशको जति राजश्व छ, जति आम्दानी छ त्यसले कर्मचारीलाई तलब दिन समेत पुग्न नसकेको बताए। उनले कर्मचारीहरूलाई तलब खुवाउनकै लागि विदेशीहरूबाट ऋण लिनुपरेको अवस्था रहेको बताए।
बिएल संवाददाता - पर्सा
झापाबाट सुरु गरेको अभियान रौतहट पुगेर स्थगित भएको हो। रौतहटमा माओवादीले शनिबार विविध कार्यक्रमसहित अन्य पार्टीका नेताकार्यकर्तालाई पार्टी प्रवेश गराएको थियो। तर, शनिबार कार्यक्रम सक्काएर माओवादी नेताहरू काठमाडौं फर्किने तयारीमा रहेको माओवादी केन्द्रका नेताहरूले जानकारी दिएका छन्। माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले पार्टीको अभियान र पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि अभियान स्थगित गरेर नेताहरू काठमाडौं फर्किन लागेको जानकारी गराएका छन्।
बिएल संवाददाता - काठमाडौं
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराए। नप्रवेशी तेली माधवनारायण नगरपालिकामा स्थापित नेता हुन्। गत स्थानीय तह निर्वाचनमा उनी यो नगरपालिकाको मेयरमा ३३३२ मतसहित दोस्रो भएका थिए। नवप्रवेशी तेलीले कांग्रेस एमाले पहिचान बिरोधी भएको र मधेसवादी दलहरू अवसरवादमा फसेर फुट र विभाजनमा लागेकाले मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर आफूहरू पार्टी प्रवेश गरेको बताए।
बिएल संवाददाता - रौतहट
‘यो मानवता विरुद्धको जघन्य अपराध हो, यो घटनाका दोषीहरूलाई सजाय नभएसम्म निर्मलाप्रति न्याय हुन सक्दैन। मैले गृहमन्त्री भएर आइसकेपछि थप अनुसन्धान गर्न निर्देशन गरिसकेको छु र अनुसन्धान जारी छ।’ उनले निर्मला पन्तको घटना लगायत महिलामाथि हुने यस्ता प्रकारका घटनाहरूका विषयमा सरकार गम्भीर भएको बताए। निर्मला हत्या प्रकरणलाई आफूले गम्भीरताका साथ लिएको र घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको लेखकले दाबी गरे।
बिएल संवाददाता - डोटी
आगामी चुनावमा कांग्रेसको मुख्य प्रतिस्पर्धी दल एमाले नै भएको संकेत गर्दै नेता कोइरालाले भने, ‘आगामी चुनावको प्रतिस्पर्धी दलसँग अहिले सहकार्य गरेर अगाडि पनि जानु छ। यो अप्ठ्यारो र असहज अवस्थाको सामना कांग्रेस कार्यकर्ताहरूले गर्नु परिरहेको छ।’ उनले झापामा आगामी चुनावको प्रतिस्पर्धी को हो? भन्दै प्रश्न पनि गरे। आम कार्यकर्ताहरूको भावना आगामी चुनाव कांग्रेस एक्लै लड्नु पर्छ भन्ने रहेको आफूले पाएको बताउँदै त्यसका लागि कांग्रेसले राम्रो तयारी गर्नुपर्ने डा. कोइरालाले बताए। पार्टीभित्रको गुटबन्दीको अन्त्य गरेर कांग्रेस एक्लैले चुनाव लड्नुपर्ने आम कार्यकर्ताहरूको भावना आफूले पाएको कोइरालाले उल्लेख गरे।
बिएल संवाददाता - झापा
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरू काठमाडौं केन्द्रीत भई शिक्षा ऐन जारी गर्नका लागि दबाब दिन बृहत आन्दोलनको कार्यक्रम सुरु गरेका छन्। उनीहरू माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँ बानेश्वरसम्म पुगेका छन्। विगतका सबै सहमति सम्बोधन गर्न र विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न उनीहरूले आन्दोलन गरेका हुन्। महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। यसअघि ०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरूको माग छ।
बिएल संवाददाता - काठमाडौं
‘आन्दोलनबाट क्रान्तिबाट राजा फालिसकेपछि त्यसै देशमा राजा बसेको उदाहरण संसारमा कमै छन्। नागरिकका सबै अधिकार उपभोग गर्ने, राज्यले सुरक्षा प्रदान गर्ने र लोकतन्त्रका सबै अधिकार उपभोग गरेर बस्ने उदाहरण कम देखिन्छन्। तर हाम्रो लोकतन्त्र यति सुन्दर, यति उन्नत, यति संयमित र आदर्श लोकतन्त्र हामी कहाँ छ।’ लोकतन्त्रका विरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको उनले बताए। समाज विकासको विज्ञानले समाज पछि फर्कँदैन भनेकाले पनि राजतन्त्रको कुनै सम्भावना नरहेको उनको दाबी छ। उनले पूर्वराजालाई शासन गर्न मन भए चुनावमा होमिएर खुला राजनीति गर्न चुनौती समेत दिए।
बिएल संवाददाता - डोटी
नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र नभएको दाबी गरेका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफाल्न आग्रह गरेका हुन्। उनले भनेका छन्, ‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्। तर, गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन। अढाई सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो। जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौं।’
बिएल संवाददाता - काठमाडौं
पूर्वराजाको स्वागतका लागि राजतन्त्र पुनर्स्थापना पक्षधरहरूले हजारौैंको संख्यामा मानिसहरू उतार्ने तयारी गरेको छ। हजारौं समर्थकहरूको भिडले पूर्वराजालाई एयरपोर्टबाट निर्मल निवाससम्म पुर्याउँने राजावादीहरूको तयारी छ। यसैबीच पूर्वराजाको पक्षमा हुने प्रदर्शनलाई लक्षित गर्दै गृहमन्त्रालयले काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाउँने तयारी गरेको छ। मन्त्रालय स्रोतका अनुसार राजाको पक्षमा भोलि आइतबार १० हजार हाराहारी मानिसहरू भेला हुने अनुमान गरिएको र सोही अनुसार सुरक्षाको प्रवन्ध गर्न लागिएको छ।
बिएल संवाददाता - काठमाडौं
उनले राज्यका हरेक क्षेत्रमा महिलाहरूको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने भन्दै संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको बताए। जारी सन्देशमा भनिएको छ, ‘संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको छ। लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी,नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाहरूको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने महसुस मैले गरेको छु।’
बिएल संवाददाता - काठमाडौं
जनताको उदारतालाई कमजोरी सम्झेर पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति गर्न खोजेको भए पाटी खोलेर चुनाव लडन आए हुने उनको तर्क छ। नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत रौतहटमा आइपुगेका अध्यक्ष प्रचण्डले पाटी खोल्न र चुनाव लडने अधिकार संविधानले दिएकोले चुनाव जितेर आउन सकिने बताए। यद्यपि जबरर्जस्ती गर्न खोजियो भने जनतालाइ सैह्य नहुने उनले धारण राखे। यसअघि पनि ज्ञानेन्द्रले मुर्खता गरेको उल्लेख गर्दै उनले अब फेरि अर्को मुर्खता गरेर गल्ती नगर्न उनले चेतावनी दिए।
बिएल संवाददाता - रौतहट
जनताको उदारतालाई कमजोरी सम्झेर पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीति गर्न खाेजेकाे भन्दै उनले यस्ताे सुझाव दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
अझ वैदेशिक रोजगारीमा जाने महिलाहरू धेरै असुरक्षित छन्। हिजो पनि रोजगारीकै लागि भनेर महिलालाई बेच्न भारत लगिन्थ्यो। आज तेस्रो मुलुकमा जाने कतिपय महिलाहरू पनि यौनजन्य हिंसाको सिकार भएका छन्। श्रममा जाने महिलाहरूको जीवन एकदम शोषणमा परेको छ।
बिएल संवाददाता - काठमाडौं
पार्टी अध्यक्ष केपी शर्मा ओली समूहकाे नेतृत्व गरेका राजकुमार ओझसहित उनकाे प्यानलका अधिकांश उम्मेदवारहरू पराजित भएका छन्।
बिएल संवाददाता - काठमाडौं
उच्चस्तरीय समितिले अधिवेशनको तयारी अघि बढाउँदा बालुवाटारबाट काम गरिरहेको डा. बद्री केसी समूहले अहिलेसम्म उच्चस्तरीय समितिसँग समन्वय गरेको छैन भने सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले गरेको आग्रहलाई पनि मानेको छैन।
बिएल संवाददाता - काठमाडौं
यसअघि ओलीले राजावादीहरूको आन्दोलनलाई खिसीट्यूरी गर्दै ‘खुट्टी देखेरै पत्याइयो’ भनेर टिप्पणी गरेका थिए। शुक्रबार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले ज्ञानेन्द्रलाई २०८४ मा चुनाव लडेर आउन पनि चुनौती दिए।
बिएल संवाददाता - काठमाडौं
‘तपाईंहरू ढुक्क हुनुहोला। यो भिजनसहितको स्थिर सरकार हो। यही बाटोमा सरकार अघि बढ्छ’ ओलीले भने ‘आगामी निर्वाचनसम्मै यो सहयात्रा कायम रहन्छ।’
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .