सडक विस्तारको क्रममा डोजर चलाउँदा प्रभु साहको आपत्ति
रौतहटको बौद्धिमाई नगरपालिका–८ र ९ सरमुजवामा सडक बिस्तारको क्रममा डोजर चलाइएको छ। बौद्धिमाई नगरपालिकाका नगर प्रमुख प्रदीप यादवको अगुवाइमा सडक क्षेत्रभित्र पर्ने संरचना हटाएको हो। सडक क्षेत्रमा रहेका केहीको घरगोठ तथा परालको थुप्रो नगरपालिकाले हटाएको छ तर स्थानीयहरूले भने नगरपालिकाले जबर्जस्ती गरेको आरोप लगाएको छन्।
बिएल संवाददाता - रौतहट