अर्थशास्त्री मार्क कार्नीले सम्हाल्नेछन् अब क्यानडा
क्यानडामा कुनै राजनीतिक पृष्ठभूभि र अनुभव नसंगालेका व्यक्ति सिधै प्रधानमन्त्री हुन थालेको यो पहिलोपटक हो।
बिएल संवाददाता - काठमाडौं
क्यानडामा कुनै राजनीतिक पृष्ठभूभि र अनुभव नसंगालेका व्यक्ति सिधै प्रधानमन्त्री हुन थालेको यो पहिलोपटक हो।
बिएल संवाददाता - काठमाडौं
आइतबार पूर्व राजा ज्ञानेन्द्रलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न भन्दै हज्जारौं मानिस जम्मा भएका थिए। त्यसमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी उसका कार्यकर्ता पनि सहभागी थिए। त्यस्तै कमल थापाको राप्रपा नेपाल, अनि दुर्गा प्रसाईं र उनका समर्थक पनि सहभागी थिए। त्यही भीडले सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई जरिवाना–पत्र काटेको हो।
बिएल संवाददाता - काठमाडौं
सरकारी सुरक्षा फौंज तथा पूर्व राष्ट्रपति बसर अल असदका समर्थकहरूबीच भएको झडपमा दुई दिनमै एक हजारभन्दा धेरै मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि दुवै पक्षले एकअर्को पक्षका अझ धेरै मानिस मारिएको दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
आइतबारमात्रै काठमाडौंमा राजावादीहरूले ठूलै शक्ति प्रदर्शन गरेका थिए। पाेखरा भ्रमण सकेर काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहीलाई स्वागत गर्न भन्दै विमानस्थलमा जम्मा भएकाे हज्जाराैंकाे भीडले उनलाई निर्मल निवाससम्म पुर्याएकाे थियाे।
बिएल संवाददाता -
आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित चाबहिल, गौशालालगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक संजय बहादुर राउतले बताए। उनले भने, ‘आज पोखराबाट पूर्वराजा आउँदै हुनुहुन्छ। बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित चाबहिल, गौशाला, महाराजगञ्जलगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरू परिचालन छन्। आवश्यकताअनुसार सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्। जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएका छौं।’
बिएल संवाददाता - काठमाडौं
उनले मन्त्रालयलाई तेस्रोपटक स्पष्टीकरण बुझाएका हुन्। यसअघि मन्त्रालयले सोधेको स्पष्टीकरणमा कुलमानले मन्त्रालयलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको जवाफ पठाएपछि उर्जामन्त्री दीपक खड्काले मन्त्रिपरिषदबाटै स्पष्टीकरणको निर्णय गराएका थिए। मन्त्रिपरिषदको निर्णयको आधारमा ऊर्जामन्त्री खड्काले शुक्रबार ४ बुँदे स्पष्टीकरण सोधेका थिए। कुलमानले मन्त्रालयलाई १७ पृष्ठ लामो जवाफ फर्काएका हुन्। कुलमानले राष्ट्र सेवक (कर्मचारी) उपर गरिने विभागीय प्रकृतिको कारवाही गर्न सक्ने अधिकारीले निष्पक्ष र स्वतन्त्र विवेकको आधारमा गर्नुपर्ने, आफूसँगको सम्झौतापत्र र नियुक्ति रद्द गर्नसक्ने प्रकृया प्रष्ट हुँदाहुँदै पनि प्रकृया र विधि पूरा नगरी भएको कारवाही प्रकृयामा गम्भीर कानूनी र प्रकृयागत त्रुटि रहेको दाबी गर्दै जवाफ पठाएका छन्।
बिएल संवाददाता - काठमाडौं
नले भने, ‘बल्ल रोजगारीको विषयमा छलफल भएको भ्रम नरहोस्। प्रतिकुलता र अस्थिरताको बीचमा सामाजिक न्यायसहितको उदार अर्थ व्यवस्थाको नीति जुन नेपाली कांग्रेसले अंगिकार गरेको नीतिले पनि न्यूनरुपमै सही रोजगारीको जेजस्ता अवस्था सिर्जना भएका छन्, निजी क्षेत्रको जुन रुपमा विकास भएको छ नेपाली कांग्रेस पार्टी खुलेआम दावा गर्छ। यसलाई जीबी भन्दा फरक पर्दैन। गिरिजाप्रसाद कोइरालाले लिएको नीतिको कारणले हो।’ उनले संसद पाँच वर्ष टिक्ने र सविधान संसोधनको लागि छलफल गरिरहेको पनि बताए।
बिएल संवाददाता - काठमाडौं
विमानस्थलको प्रवेशद्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले समर्थकहरूको अभिनन्दन स्वीकार गरेका थिए। समर्थकहरूले पूर्वराजाको पक्षमा चर्को नाराबाजी गर्दै चक्रपथको बाटो हुँदै उनको निवासतर्फ लागेका छन्। स्वागतमा चक्रपथको एयरपोर्टदेखि, गौशाला, चाबहिल हुँदै महाराजगञ्ज क्षेत्रमा समर्थकको बाक्लो भिड लागेको छ। पोखरामा राजावादीहरूले उनलाई पञ्चेबाजासहित बिदाइ गरेका थिए। विमानस्थल अगाडि समर्थकहरू जम्मा भइ राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध प्रदर्शन गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
दीक्षान्त समारोहलाई प्रधानमन्त्री ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रुपमा स्तरोन्नति गरिने बताएका छन्। उनले गेट मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको उल्लेख गर्दै भने, ‘यो खुसीको कुरा हो। नेपालमा कुनै पनि क्षेत्रमा मेडिकल विश्वविद्यालय छैन, त्यो अब यहाँ बन्छ।’ डडेल्धुराको पर्शुराम क्षेत्र जोड्ने पुलसँगै सीमा क्षेत्रमा निर्माण हुने पुलका लागि आफू पहिले प्रधानमन्त्री हुँदा भारतीय समकक्षीसँग कुरा उठाएको जनाउँदै उनले त्यस क्षेत्रमा पक्की पुल निर्माणका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे।
बिएल संवाददाता - कञ्चनपुर
‘सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो। अहिले अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदैगर्दा हामीले केही दिनका लागि अभियान स्थगित गरी संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुने निर्णय गरेका छौं’ उनले भने ‘माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा छ।’
बिएल संवाददाता - काठमाडौं
राप्रपा उच्च स्रोतका अनुसार उनी यतिबेला विमानस्थलको अति विशिष्ट कक्षमा राजावादी दलका उच्च शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्। उनीसँग वार्तामा छन् राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र राप्रपा नेपालका अध्यक्ष कमल थापा। पूर्वराजाको स्वागतका लागि राजावादीहरू विमानस्थल क्षेत्रमा भेला भएका छन्। शाहलाई विमानस्थलबाट र्यालीसहित सिधै उनको निजी निवास निर्मल निवास पुर्याइने राप्रपाले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
पूर्वराजालाई पोखरामा पञ्चेबाजासहित विदाइ गरिएको छ। उनको समर्थनमा राजा आउ देश बचाउको नारा लगाइएको थियो। उनलाई दुबोको मालासहित दही खुवाएर विदाई गरिएको छ। गत माघ २७ गते पोखरा गएका पूर्वराजा शाह आज काठमाडौं फर्किएका हुन्। उनको स्वागतमा राजावादीरू काठमाडौं विमानस्थलमा भेला हुन थालेका छन्। विमानस्थल क्षेत्रमा राजावादीहरूको बाक्लो उपस्थिति रहेको छ। उनलाई समर्थकको र्यालीले विमानस्थलबाट निजी निवास निर्मल निवास पुर्याउँने कार्यक्रम तय छ।
बिएल संवाददाता - काठमाडौं
उनले २००७ मा प्रजातन्त्र स्थापनापछि दूरदराजका गाउँमा शिक्षाको ज्योती पुगेको र छोराछोरीलाई पढाउनुपर्छ भन्ने जागरण आएको पनि बताए। उपप्रधानमन्त्री सिंहले सफलता प्राप्त गर्नका लागि मेहनत र लगनशिलता अपरिहार्य रहेकोमा पनि जोड दिए। देशले समृद्धि र विकास हासिल गर्नका लागि होस् वा विद्यार्थीले आफ्नो लक्ष्य प्राप्त गर्न मेहनत नगरि सम्भव नहुने सिंहको भनाई छ। ‘हामीसँग भएको चीजको महत्व नबुझ्ने, अरु ठाउँमा अरु देशमा भएको कुरामा मात्रै आकर्षित हुने प्रवृत्ति बढेको छ। जे हामीसँग छ, त्यसैलाई सुधार गरेर हामी अगाडि बढ्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ,‘मेहनत गरेको खण्डमा त हामीले केही प्रगति गर्न सकौँला। मेहनत नै नगरिकन, कुरा मात्र गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न सकिँदैन।’
बिएल संवाददाता - काठमाडौं
आइतबार पोखरा भ्रमणबाट काठमाडौं आउन लागेका पूर्वराजालाई राजावादीहरूले काठमाडौं विमानस्थलमा भव्य स्वागतको तयारी गरेका छन्। सोही स्वागतमा प्रधानमन्त्रीलाई सहभागी हुन् शाहीले आह्वान गरेका हुन्। उनी भन्छन्, ‘जनताको इच्छा र आकाङ्क्षालाई बन्देज गर्ने चेष्टा सरकारले नगरोस्। सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौं एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु। कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुने? राजा सबैका साझा हुन् प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन्।’ शाहीले ओलीलाई राजाको स्वागतमा आउन आह्वान गरेपनि प्रधानमन्त्री यतिबेला काठमाडौंमा छैनन्। उनी पश्चिम नेपालको भ्रमणमा छन्।
बिएल संवाददाता - काठमाडौं
गत माघ २७ गते पोखरा गएका पूर्वराजा शाह आज काठमाडौं फर्किन लागेका हुन्। उनको स्वागतमा राजावादीरू काठमाडौं विमानस्थलमा भेला हुन थालेका छन्। विमानस्थल क्षेत्रमा राजावादीहरूको बाक्लो उपस्थिति रहेको छ। उनलाई समर्थकको र्यालीले विमानस्थलबाट निजी निवास निर्मल निवास पुर्याउँने कार्यक्रम तय छ। राजावादीहरूको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ।
बिएल संवाददाता - काठमाडौं
गत माघ २७ गते पोखरा गएका पूर्वराजा शाह आज काठमाडौं फर्किन लागेका हुन्। उनको स्वागतमा राजावादीरू काठमाडौं विमानस्थलमा भेला हुन थालेका छन्। विमानस्थल क्षेत्रमा राजावादीहरूको बाक्लो उपस्थिति रहेको छ। उनलाई समर्थकको र्यालीले विमानस्थलबाट निजी निवास निर्मल निवास पुर्याउँने कार्यक्रम तय छ। राजावादीहरूको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ।
बिएल संवाददाता - काठमाडौं
राजावादीहरूको सक्रियता बढ्दै गएपछि असन्तुष्ट गणतन्त्रवादी नेताहरूले प्रतिवाद थालेका छन्। त्यसैको नमुना हुन् रिमाल। उनले अढाई सय वर्षसम्म लुट मच्चाएको राजतन्त्र काम नलाग्ने दाबी गरेका हुन्। उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अढ़ाई सय वर्षसम्मको चकचकी र लुट खसोट बिर्सिए पनि ०४६ चैतसम्म हाम्रा मुख थुन्ने, ‘यहॉबाट त्यहाँ’ जान नदिने जस्ता राम-राज्यका संचालक यिनीहरू नै थिए हैन र? अझ त्यसलाई पुरानो कुरा मान्ने हो भने पनि आजभन्दा मात्र ८,६८२ दिन अगाडि त्यसबखतका राजासहित सिङ्गो वंशलाई उनीहरूद्वारा- उनीहरूका लागि- उनीहरूले नै खरानी बनाएका हैनन् र?’ रिमालले राजावादीहरूको सक्रियताको विरोध गर्दै २०६१ माघ १९ देखि ०६३ सम्मलाई ‘गोल्डेन डेज’ भनेर व्याख्या गर्दै त्यस समय ‘गोल्ड’को गोडमेल गर्नेहरू पनि उनीहरू नै रहेको टिप्पणी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
पछिल्लो समय राजावादीहरूको सक्रियता बढ्दै गएपछि माओवादीले जागरण अभियान नै स्थगित गरेर सबै नेताहरूलाई काठमाडौं निर्देशन दिएको थियो। कार्यक्रम स्थगित गरेर आज बस्ने भनिएको माओवादी पदाधिकारी बैठक भोलि दिउँसो तीन बजे बस्ने भएको एक नेताले बताए। उनका अनुसार सबै नेताहरू काठमाडौं आइनपुगेकाले बैठक भोलिका लागि सारिएको हो। पदाधिकारी बैठक सरेपनि भएपनि पार्टी अध्यक्ष प्रचण्डले काठमाडौंमा उपलब्ध नेताहरूलाई आजै खुमलटारमा जमघटका लागि बोलाएका स्रोतले बतायो।
बिएल संवाददाता - काठमाडौं
उनको स्वागतमा राजावादी दल र समूहहरूले प्रदर्शन गर्दैछन्। राजावादी समर्थकहरूले पूर्वराजालाई स्वागत गर्न सिनामंगलस्थित विमानस्थलको मुख्य गेटमा जाने त्यहाँबाट उनलाई लिएर र्यालीसहित निर्मल निवास पुग्ने तयारी गरेका छन्। यसैबीच पूर्वराजाको स्वागतका लागि भव्य तयारी गरिरहेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं भने उनको स्वागतमा नजाने समाचारहरू आए। लिङ्देनले पूर्वराजाको स्वागतको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको समाचारमा बताइएको थियो। मुलधारका मानिएका मिडियाहरूमै आएका समाचारहरू धेरैले पत्याए पनि। तर, वास्तविकता त्यस्तो नरहेको राप्रपा प्रमुख सचेतक शाहीले बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत लिङ्देन पूर्वराजाको स्वागतमा एयरपोर्ट जाने जानकारी गराएका छन्।
बिएल संवाददाता - काठमाडौं
सुर्खेतमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले कसैले कुनै पनि आन्दाेलन गर्न पाउनु लाेकतन्त्रकाे उदारता रहेकाे भन्दै त्यही उदारतका कारण पूर्वराजाहरू पनि लाेकतान्त्रिक व्यवस्थामै रहेकाे बताए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .