
प्रकृति लम्साल मृत्यु प्रकरण: उच्चस्तरीय समितिले बोलायो किटका संस्थापकलाई
ओडिशा सरकारको उच्चस्तरीय समितिले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)का संस्थापक अच्युत सामन्तलाई बोलाएको छ। कलेजमा नेपाली विद्यार्थीको मृत्यु र अन्य विद्यार्थीहरूलाई निष्कासन गरेको मामिलामा उच्च शिक्षा विभागले सामन्तलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंलाई फेब्रुअरी २१ मा साँझ ६ः ३० बजे स्टेट गेस्ट हाउसमा उच्चस्तरीय समितिसमक्ष उपस्थित हुन अनुरोध गरिएको छ।’

बिएल संवाददाता - काठमाडाैं