अमेरिकाको नयाँ नीतिले नेपाललाई प्रशव पीडामा पुर्यायोः मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अमेरिकाले ल्याएको ट्रेडसँग सम्बन्धि नयाँ नीतिले नेपाललाई प्रसव पीडामा पुर्याएको बताएका छन्। बुधबार नेपाल अमेरिका व्यापारः अवसर र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले नेपाललाई अप्ठ्यारो परेको बताएका हुन्। उनले भने, ‘हामीले पछिल्लो अमेरिकाको चुनावको पूर्व सन्ध्यामा नेपाल र अमेरिकाबिच सम्झौता गरेका थियौ। अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले ट्रेडमा चलेको होडबाजीको विश्वव्यापी केही पराकम्पन आए।’
बिएल संवाददाता - काठमाडौं