मङ्गलबार, ०९ सेप्टेम्बर २०२५

प्रचण्डलाई ज्ञानेन्द्र शाहीको आरोप- ‘तिम्रो जनयुद्ध धनयुद्ध भयो’

जनयुद्ध दिवसका अवसरमा आजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धको विरोध गर्नेहरू खरानी हुने चेतावनी दिएका थिए। प्रचण्डको चेतावनीमा शाहीले जवाफ फर्काएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललिता निवास प्रकरण- भट्टराई र नेपालविरुद्धको सुनुवाइ अब पूर्ण इजलासमा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता न्यौपानेले सो निर्णय बदरको माग गर्दै २०७६ माघ २९ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजीनामाका लागि तयार रहन मन्त्री भण्डारीलाई महन्थ ठाकुरको निर्देशन

उनले केपी ओलीको सरकार नैतिक संकटमा रहेको र भूमिसम्बन्धी अध्यादेश कुनै पनि हालतमा स्वीकार्य नहुने दाबी समेत गरे। उनले भने, ‘यस्ता अध्यादेशबाट नदी किनार, जंगल छेउमा आएर कब्जा गर्छन्। हामीले सरकार गिराउन खोजेको होइन। हामी अहिलेसम्म सरकारमा थियौं तर हामीले नै अध्यादेशमा सरकारको विरोध गरेपछि सरकारलाई नैतिक संकट त आयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लोसपालाई हटाएर उपेन्द्रलाई सरकारमा भित्र्याउने ओलीको तयारी!

बुधबार नै लोसपाको विज्ञप्ति लगत्तै निकटस्थ नेताहरूसँग छलफल गरेका ओलीले बिहीबार साँझसम्मको अल्टिमेटम दिएका छन्। यदि आज साँझसम्म अध्यादेशमा अस्वीकार गर्ने निर्णय फिर्ता नगरे लोसपालाई हटाएर जसपा नेपाललाई सरकारमा सहभागी गराउँने ओलीले तयारी गरेको बालुवाटारले स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अन‍लाइन मत नगन्दै बाबुरामले मारे बाजी, नेत्रलाई मात्र ७१ मत

नेसपा (नयाँ शक्ति)को काठमाडौंमा सम्पन्न प्रथम महाधिवेशनको मतगणना जारी छ। जारी मतगणनामा अध्यक्षका प्रत्यासी डा. भट्टराईले ६८२ मत पाउँदा नेत्र चापागाईंले ७१ मत मात्र पाएका छन्। निर्वाचन समितिका अनुसार अब प्रवासबाट भएको अनलाइन मतदानको केही मत मात्र गन्न बाँकी छ। प्रवासको ५५ मतमध्ये केहीले मात्रै मतदान गरेका समितिले जनायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन्। नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा बाबुराम निर्वाचित भएकाे उपाध्यक्ष मानुषी यमि भट्टराईले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बबरमहलमा फुटेको खानेपानी पाइपको मर्मत सुरु (तस्बिरहरू)

पाइप फुटेपछि खानेपानीको बाढीले काठमाडौं जिल्ला अदालत क्षेत्र जलमग्न बनेको थियो। विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सरसफाइसँगै मर्मत सुरु गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचारी ठहर भएपछि कोशीका प्रदेश सभा सचिव काठमाडौंमा

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र अब्दुल अजीम मुसलमानको संयुक्त इजलासले विषेश अदालतले गरेको फैसला उल्ट्याउँदै पराजुलीसहित नेकपा एमालेका नेता निर्मल कुइँकेल र कांग्रेस नेता सुशील नहाटालगायत ९ जनालाई भ्रष्टाचारी ठहर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललिता निवास प्रकरण- पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालविरुद्धको सुनुवाइ सकियो

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता न्यौपानेले सो निर्णय बदरको माग गर्दै २०७६ माघ २९ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विशेषको फैसला सर्वोच्चले उल्ट्याएपछि पशुपतिमा रजाइँ गर्ने एमाले-कांग्रेस नेता जेल जाँदै!

सर्वोच्च अदालतले विषेश अदालतको फैसला उल्ट्याउँदै नेकपा एमालेका नेता निर्मल कुइँकेल र कांग्रेस नेता सुशील नहाटासहित ९ जनालाई भ्रष्टाचारी ठहर गरेको हो। कुईंकेल पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव हुन्। उनलाई ६ वर्ष कैद र बिगोबापतको ८३ लाख ४१ हजार ६६६ रूपैयाँ जरिवाना असुल गर्न फैसला भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देश नै रित्तिने गरी जनता विदेशिएका छैनन्: मुख्यमन्त्री कार्की

मोरङको सुन्दरहरैचामा ‘सुन्दरहरैचा विराट एक्स्पो ४’को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्। ‘तपाईंहरू हेर्दै जानुहोस्, २/४ वर्षमा धेरै युवाहरू स्वदेशमै लगानी गर्ने तयारी गरिरहेका छन्। हामीले त्यो वातावरण बनाइरहेका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

जनयुद्धको प्रेरणा सयौँ वर्षसम्म रहने छ– अध्यक्ष प्रचण्ड

३०औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। ‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो’– उनले भने ‘यसले आज मात्र होइन, सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ। यसलाई कसैले मेटाउन संभव छैन, जसले मेटाउने प्रयास गर्छ, उ खरानी हुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनताको अवस्था बदल्न सकेका छैनौँ– प्रचण्ड

२०५२ साल फागुन १ गतेलाई नेपाली जनताले सदियौँदेखिको उत्पीडन र शोषणका विरुद्ध विद्रोह सुरु गरेको दिन भनेर स्मरण गर्दै दाहालले नेपाली जनताको ऐतिहासिक संघर्ष र शहीदहरूको बलिदानको सम्मान गर्दै आगामी यात्राका लागि सङ्कल्प गर्ने दिन भएको जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ। आज महिला तथा सामाजिक मामिला समित र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो। महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १२ बजे सिंहदरबारमा बस्नेछ। बैठकामा ‘सिड’ को आधारभूत सिफारिस नम्बर ३९ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालका केजरीवाललाई ‘दिल्ली-ऐना’ बैना

भनाइ नै छ, दिल्लीमा पानी पर्यो भने नेपालमा छाता ओढिन्छ। यसपटक दिल्लीको नयाँ र लोकरिझ्याइँवादी राजनीतिमा पानी मात्र परेको छैन, मुसलधारे वर्षा नै भयो। त्यसबाट नेपालका केजरीवालहरूलाई बैनास्वरूप दिल्ली-ऐना मिलेको छ। त्यसबाट आफ्नो अनुहार हेरेर फोहोर पुच्छन् कि फोहोर देखायो भनेर ऐना नै फुटाउँछन्, त्यो चाँहि समयकै ऐनामा हेर्नुपर्ने बेला आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

कर्मचारी साक्षी राखेर ओलीले भने- ०८३ असारमा राजीनामा दिन्छु, देउवालाई प्रधानमन्त्री बनाउँछु

‘तपाईंहरूले सरकारी कर्मचारीका रुपमा यो पार्टी, त्यो पार्टी नभनी सबैलाई निष्पक्षरुपमा सेवा दिनुपर्छ। चुनाव आउँदा मत दिन पाउने र कर्मचारीको हक हितका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सिद्धान्तबमोजिम मर्यादामा रहेर सङ्गठन गर्न पाउने हक तपाईंहरूलाई छ। अहिले सबैका आवाज सुन्ने सरकार रहेकाले तपाईंहरूलाई आन्दोलनमा उत्रनुपर्ने अवस्था छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली सरकारलाई धमाधम झड्का- जसपापछि लोसपाले पनि अध्यादेश ‘अस्वीकार’ गर्ने पक्का

भूमिसम्बन्धि अध्यादेशको गरिब र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाई, राजवंशी, रानाथारु लगायत सम्पूर्ण रुपमा कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायराबाट बन्ञित राखिने तथा यो अध्यादेशले वन फँडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढवा दिने हाम्रो ठहर छ। त्यसैले यो अध्यादेश जनताको हित विपरित रहेको हाम्रो ठहर छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रीको नाम जोडिएपछि स्वास्थ्य मन्त्रालयले भन्यो- स्वास्थ्य उपकरण खरिदमा मन्त्रीको संलग्नता हुँदैन

विज्ञप्तिमा पत्रकारिताको सिद्धान्तअनुसार वास्तविकता, सन्तुलन र विश्वसनियताका आधारमा तथ्य र प्रमाणसहित पत्रकारिता गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गर्दै गैरजिम्मेवारपूर्ण समाचारमा विश्वास नगर्न विज्ञप्तिमार्फत सबैलाई अनुरोध गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीमाथि दुर्व्यवहार गर्ने कसैलाई नछोड्न गृहमन्त्रीको निर्देशन

बुधबार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बबरमहल जलमग्न, विशेष अदालतमा बाढी पस्यो

बाढीले विशेष अदालत, जिल्ला अदालत, वन परिसरलगायतका सरकारी कार्यालय डुबानमा परेका छन्। उद्दारका लागि नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएका छन्। पाइप फुटेपछि काठमाडौंका विभिन्न क्षेत्रमा खानेपानी नेटवर्क अवरुद्ध हुने आयोजनाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं