तीनकुने घटनाका ३९ अभियुक्तहरूको एकैसाथ ‘थुनछेक’ बहस सुरु
गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनाका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालत काठमाडौंमा बुधबार दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बहस सुरु भएको हो। न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बुधबारदेखि बहस सुरु भएको हो। जेठ ११ गते अदालतमा अभियोग पत्र दर्ता भएकोमा त्यसयता बकपत्र चलिरहेको थियो।
बिएल संवाददाता - काठमाडौं