
प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, अख्तियारको कार्यक्रममा भएनन् सहभागी
आज बिहान पौने ९ बजे उक्त कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्यतालिका थियो। तर, स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपस्थित हुन नसकेका हुन्। बालुवाटार स्रोतले बिरामीको अवस्थाबारे स्पष्ट जानकारी दिएन। उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको र सरकारी निवासमै आराम गरिरहेको स्रोतले बतायो।

बिएल संवाददाता - काठमाडौं