शनिबार, १७ जनवरी २०२६

ओलीको बोलीः कसैले आएर देश बनाइदिँदैन, आफैं मिलेर गरौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै नागरिकले आ-आफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताएका छन्। पूर्व-पश्चिम राजमार्गको पुल्चोक-गोन्द्राङ खण्ड एसियाली मापदण्डमा निर्माण सम्पन्न भएपछि आयोजित उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणलाई राष्ट्रिय गौरवको परियोजना ठहर गर्दै यस्ता पूर्वाधारले देशको समग्र विकासमा टेवा पुर्‍याउने बताएका हुन्। उनले भने, ‘अरूले आएर देश बनाइदिँदैन, हामी आफैंले मिलेर देश बनाउनुपर्छ, देश विकासको गति लिएको छ, कतिपय क्षेत्रमा ढिलाइ भए पनि समग्रमा प्रगति उल्लेखनीय छ। हामीले एसियन स्ट्यान्डरको झण्डै ६.०८ किलोमिटर सडक पहिलोपटक निर्माण गरेका छौं, जुन नमुना हो र आगामी दिनमा देशभर यस्ता बाटा विस्तार गरिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘मेरो डान्स र भ्वाइस युनिभर्स’का प्रतियोगीसँग प्रधानमन्त्रीको भेट, आयोजकमाथि यस्तो आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला-२ का आयोजक र प्रतियोगीहरूले भेटघाट गरेका छन्। विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कलाकारसँग प्रधानमन्त्री ओलीले उनीहरूको प्रतिभा र नेपालीपनको एकत्वको भावनाको विस्तारको अभियानमा शुभेच्छासहित भेटघाट गरे। शृङ्खलाका आयोजक र कलाकारहरूलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरूको भूमिका रहने बताए। विश्वका जुनसुकै कुनामा रहे पनि नेपालीहरूमा रहने जनेटिक मोमोरीले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

४ घण्टा हिरासतमा बिताए, अनि छुटे राप्रपा नेताहरू

आइतबार सिंहदरबारभित्र प्रदर्शन गरेपछि पक्राउ परेका राप्रपाका नेताहरू रिहा भएका छन्। करिब ४ घण्टा प्रहरी हिरासतमा बसेर उनीहरू छुटेका हुन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेर थुनिएपछि बाहिर निस्किएका राप्रपा नेताहरूले सिंहदरबारभित्रै सरकारविरुद्ध नाराबाजी गरेका थिए। सो क्रममा अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल लगायत नेताहरू पक्राउ परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेद्वारा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन्। आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आइतबार निवेदन दर्ता गराएका उनका वकिलहरूले बताएका छन्। लामिछानेको रिट निवेदनमा सोमबारलाई पेसी तोकिएको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ। आफूलाई थुनामा पठाउने उच्च अदालतको बुटवल तुलसीपुर इजलासको आदेशविरुद्ध उनले सर्वाेच्चमा निवेदन दिइसकेका छन्। तर, त्यसमा आदेश आउन ढिला हुने भएपनि उनले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका हुन्। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतबाट एक करोड रुपैयाँ धरौटीमा छुटेका उनलाई अदालतले थुनामा पठाउने आदेश दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजावादीप्रति प्रचण्डको कटाक्षः तानाशाहको पक्षमा हुने प्रदर्शन ‘आन्दोलन’ होइन ‘अपराध’ हो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजावादीको आन्दोलनलाई अपराधको संज्ञा दिएका छन्। आइतबार विराटनगरमा (हाम्रो मत दैनिक)को वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तानाशाहका पक्षमा नियोजित ढङ्गले हुने समाज विरोधी कार्यलाई आन्दोलन भन्न नमिल्ने र त्यो अपराध हुने बताएका हुन्। अध्यक्ष प्रचण्डले ठुला दलहरूप्रति जनतामा घृणा नभएको उल्लेख गर्दै त्यसको तथ्य पछिल्ला स्ववियू निर्वाचनदेखि पछिल्ला जुनसुकै निर्वाचनमा आएको परिणामले नै गणतन्त्रवादी शक्तिको पछाडि जनता रहेको स्पष्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

पक्राउ पर्नुअघि लिङदेनः सरकार टाढा भयो, जनताका कुरा सुनाउँन नजिकै आयौं

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार जनताबाट झन-झन टाढा हुँदै गएका कारण नजिकै गएर जनताका कुरा सुनाउने उद्देश्यले निषेधित क्षेत्रमा प्रवेश गरेको बताएका छन्। आइतबार सिंहरबारमा गरेको प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले नागरिकको बोल्न, लेख्न र प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको बताए। उनले भने, ‘सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको छ। जनताबाट सरकार झन झन टाढा हुँदै जाने अवस्था सृजना भएको छ। त्यसैले सरकारको नजिकै गएर प्रदर्शन गरेर सुनाउन भनेर निषेधित क्षेत्रमा कार्यक्रम गरेको हौं। सरकारले सुन्नुपर्छ। प्रदर्शनमार्फत देश दुनियाँले सुन्छ, नागरिक अधिकारवादी संघ संस्थाहरूले सुन्छ।’ उनले लोकतन्त्र र गणतन्त्रको नाममा निरङ्कुशता भएको टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबारबाट पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूलाई तत्काल रिहा गर्न माग गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीको आन्तरिक बैठक सकेर कार्यक्रमस्थल बिजुलीबजारतर्फ पैदल जाने क्रममा प्रशासनले अध्यक्ष लिङ्देनसहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए। लिङदेनसहित उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानबहादुर शाहीलाई सिंहदरबार भित्रै गिरफ्तार गरेको उनले बताए। प्रहरीले उनीहरूलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखेको छ। शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गरेका राप्रपाका अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गर्न उनले माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजेन्द्र लिङदेनलगायत राप्रपा सांसदहरू सिंहदरबारबाटै पक्राउ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहित राप्रपा सांसदहरू सिंहदरबारबाटै पक्राउ परेका छन्। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमै बेहीबेर बन्धक बनेका सांसदहरूलाई प्रहरीले गिरफ्तार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्ना सांसदहरू थुनिएपछि सिंहदरबार पुगे राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय पुगेका छन्। केहीबेरअघि दलको कार्यालयमा पुगेका राप्रपाका सांसदहरूलाई प्रहरीले बाहिर निस्कन नदिएपछि लिङदेन सिंहदरबार पुगेका हुन्। यतिबेला सांसदहरू बानेश्वरको निषेधित क्षेत्र तोड्नेबारे छलफलमा जुटेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबारभित्र दलको कार्यालयमा थुनिए राप्रपा सांसदहरू, खटिए डीएसपी

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै थुनिएका छन्। बानेश्वरको निषेधित क्षेत्र तोड्नेबारे छलफल भइरहेका बेला प्रहरीले उनीहरूलाई दलको कार्यालयमै बन्धक बनाइएको राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सञ्चारकर्मीहरूसँग बताए। उनका अनुसार राप्रपा सांसदहरूलाई डीएसपीको कमाण्डमा बन्धक बनाइएको उनले बताए। राप्रपाका केही सांसदहरू भर्खरै दलको कार्यालय पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिजुलीबजारमा कार्यकर्ता उग्र, सिंहदरबार छिरे राप्रपा सांसदहरू

प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ताहरू सिंहदरबार केन्द्रीत भएका छन्। केही नेता तथा कार्यकर्ताहरूले सडकमै प्रदर्शन गरेपनि राप्रपाका सांसदहरू भने सिंहदरबारभित्रै प्रदर्शन गर्नेगरी तयारी रहेको राप्रपा सचिवालयले जनाएको छ। ‘सबै मान्यज्यूहरू सिंहदरबारमा रहेको संसदीय कार्यालयमै भेला हुनुहुँदैछ। उहाँहरूले सिंहदरबारमै प्रदर्शन गर्ने कार्य तालिका छ,’ सचिवालयका एक सदस्यले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपा आन्दोलनको ‘मोडल’ परिवर्तन, सीमित नेताहरूमात्र प्रदर्शनमा सहभागी हुने

राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बिजुलीबजार क्षेत्रमा मात्र प्रदर्शनको तयारी गरेको छ। तर, अहिले बसेको नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रित हुने निर्णय गरेको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए। उनका अनुसार  बालुवाटार, भद्रकाली र नयाँबानेश्वर क्षेत्रबाट र्‍यालीको तयारी गरिएपनि भर्खरै बसेको राप्रपा नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रीत हुने निर्णय गरेको छ। राप्रपाका एक पदाधिकारीका अनुसार आन्दोलनमा कार्यकर्ताहरूलाई आह्वान गरिएको छैन। सीमित नेताहरू मात्र सहभागी हुने र स्वतस्फूर्त आउने कार्यकर्ताहरू मात्र सहभागी हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपा नपुग्दै शिक्षकहरूको कब्जामा माइतीघर

शिक्षा ऐन माग्दै काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षक-कर्मचारीहरू अरू दिनभन्दा आज बिहानैदेखि माइतीघर मण्डलामा उत्रेका छन्। आइतबार राप्रपाले पनि माइतिघरमा आन्दोलनको तयारी गरेपछि शिक्षकहरू राप्रपाका प्रदर्शनकारीहरूभन्दा अघि नै माइतिघर पुगेका हुन्। शिक्षकहरू आज बिहान ९ बजेदेखि नै मण्डलामा भेला भइसकेका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा तत्काल शिक्षा ऐन जारी गर्न माग गरिएको छ। शिक्षकहरू गत चैत्र २० गतेबाट नियमित प्रदर्शनमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पको निवास घेरे अमेरिकीले, पचासै राज्यमा आन्दोलन

प्रदर्शनकारीले यो आन्दोलनलाई ‘५०५०१’ नाम दिएका छन्। यसको मतलव ५० प्रदर्शन, ५० राज्य र एक आन्दोलन गर्नू भन्ने हो। अमेरिकामा ५० राज्य छन्। ती सबैजसो राज्यहरूमा अहिले ट्रम्प विरुद्ध प्रदर्शन भइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपा अध्यक्ष लिङ्देन भन्छन्, सरकार नडराए हुन्छ!

आज निषेधित क्षेत्र तोड्ने र परिआए सामूहिक गिरफ्तारी दिनसमेत पछि नपर्ने चेतावनी दिँदै राप्रपाले प्रदर्शन आह्वान गरेको छ।  उसको त्यो चेतावनीलगत्तै गृहमन्त्रालयले कानुनविपरीत नजान भन्दै अर्को चेतावनीयुक्त विज्ञप्ति निकालेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षकहरू बिहानैदेखि सडकमा, गृहको ‘चेतावनी’का वावजुद राप्रपाले निषेधित क्षेत्र तोड्ने

हजारौं शिक्षकले २० दिनदेखि ढाकिरहेको माइतीघर-वानेश्वर सडकमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो शक्ति प्रदर्शन गर्दैछ। शिक्षकहरूले भने बिहानैदेखि प्रदर्शनमा छन्। राप्रपाले सामूहिक गिरफ्तारी दिनेसम्मको योजना बनाएर निषेधित क्षेत्र तोड्ने भनेर यसअघि नै उद्घोष गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निषेधित क्षेत्र तोड्ने राप्रपाको चेतावनीप्रति गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण

राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि वैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने तयारी गरेपछि गृहमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। राप्रपाले भोलि निषेधित क्षेत्र तोड्दै सामूहिक गिरफ्तारी दिने तयारी गरेको छ। आन्दोलनको तयारीबारे छलफल गर्न शुक्रबार मात्र राप्रपा नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग लन्च मिटिङ गरेका छन्। यसैबीच गृहमन्त्रालयले राप्रपाको नामबाट भोलि प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपा नेताहरूसँग पूर्वराजाको लन्च मिटिङ, भोलि सामूहिक गिरफ्तारी दिँदै

पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपा नेताहरूसँग लन्च मिटिङ गरेका छन्। वैशाख ७ गते हुन लागेको राजावादी आन्दोलनको तयारीबारे छलफलका लागि पूर्वराजाले शुक्रबार लन्च मिटिङ आयोजना गरेको स्रोतले बतायो। राजाको लन्च मिटिङमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङलगायत नेताहरू सहभागी थिए। करिब डेढ घण्टासम्म सघन छलफल भएको बताइएको छ। आइतबार हुन लागेको आन्दोलनका साथै नयाँवर्षको सन्दर्भमा दिएको शुभकामना वक्तव्यपछि बाहिरको माहोल बुझ्न पूर्वराजाले राप्रपा नेताहरूलाई बोलाएका बुझिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि थाइल्याण्ड जाँदै परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा थाइल्याण्डको बैंकक जान लागेकी छन्। यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने ‘युनाइटेड नेसन्स इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (यूएनस्केप)’को ८१ औं सत्रमा सहभागी हुन परराष्ट्रमन्त्री राणा भोलि बैंकक जान लागेकी हुन्। नेपाल हाल यूएनस्केपको अध्यक्ष छ। अध्यक्ष राष्ट्रको हैसियतमा परराष्ट्रमन्त्री राणाले उक्त आयोगको ८१औं सत्रको अध्यक्षता गर्ने र नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली र देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेताहरूबीच छलफल भएको हो। उनीहरूबीच संक्रमणकालीन न्यायलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं