काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारियो
काठमाडाैंकाे भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडाइ गरिएको छ। नेकपा एमालेको कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडाइ गरिएकाे हेा। भृकुटीमण्डपमा एमालेले बिहान ११ बजे कार्यक्रम राखेको छ भने राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ–संगठनले दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन सुरु गर्ने तयारी गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं