शनिबार, १७ जनवरी २०२६

गुणस्तरहीन रंगशालाः ४ घण्टा कुर्दापनि मैदान नसुकेपछि विश्वकप खेल्ने नेपालको सपना अधुरै

आईसीसी यू-१९ विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गतको नेपाल र अफगानिस्तान बीचको फाइनल खेल रद्ध भएको छ। तल्लो मुलपानी क्रिकेट रंगशालामा आज बिहान ९ बजेबाट सुरु हुनुपर्ने खेल वर्षाको कारण टस नै नगरी रद्द भयो। खेल नै सुरु हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका छन्। फाइनलपछि दुवै टोलीको समान ७/७ अंक भएपनि रनरेटका आधारमा अफगानिस्तान विश्वकपमा छनोट हुन सफल भएको छ। यसअघि दुवै टोलीले आफ्नो तीनवटा खेलमा जित निकालेका थिए। आजको फाइनल जितेर विश्वकपमा छनोट हुने नेपालको सपना खराब रंगशालाको कारण अधुरो रह्यो। बिहान ९ बजेबाटै पानी रोकिएपनि खराब मैदानका कारण ४ घण्टासम्म पनि मैदानको पानी सुक्न सकेन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीको दाबीः कांग्रेस-एमालेबीच कुनै समस्या छैन, सरकार ढल्दैन

गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको दाबी गरेका छन्। नेपाल प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा  उनले दल एवम् सत्ता साझेदारीमा कुनै समस्या नभएको भन्दै सरकार पनि नढल्ने स्पष्ट पारेका हुन्। सरकार सहमतिका साथ नै अघि बढिरहेको बताउँदै उनले बताए। उनले भने, ‘साथीहरूले सरकार ढल्छ-ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ।’ पछिल्ला समयमा संविधानका साथै संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उनले संविधान विरोधी एवम् लोकतन्त्र विरोधी गतिविधि जनताले नरोज्ने स्पष्ट पारे। लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चार माध्यममाथि हुने गरेको विगतमा भोगिसकेको उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

माओवादी उपाध्यक्ष बनेका पूर्वउपराष्ट्रपति भन्छन्ः आवश्यक परे राष्ट्रपति बन्न तयार छु

नेकपा माओवादीका उपाध्यक्ष एवम् पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले आफू राष्ट्रपति बन्न तयार रहेको अभिव्यक्ति दिएका छन्। शनिबार प्यूठानमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पुनले पार्टीले आवश्यक ठाने आफू राष्ट्रपतिमा बन्न पनि तयार रहेको बताएका हुन्।  उनले आफूलाई पार्टीले खटाएर उपराष्ट्रपति बनेको र कार्यकाल सकिएपछि अहिले पनि पार्टीकै निर्णयले पार्टीको जिम्मेवारीमा फर्किएको बताए। उनले पूर्वराष्ट्रपति वा पूर्वउपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कुनै कानुनी र संवैधानिक अड्चन नभएको प्रष्ट पारे। उनले भने,  ‘कानुनले पूर्व राष्ट्रपति, उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कतै रोकेको छैन, आफ्नो चाहना र पार्टीको आवश्यकता भर पर्ने कुरा हो। संवैधानिक अड्चन भएको भए कसैलाई पार्टीले किन अघि सार्ला र? म राजनीतिक आधारबाट आएको हुँ।’ पुनले पुनले कम्युनिष्ट कार्यकर्ताले आफ्नो अन्तिम लक्ष्य पूरा नभएसम्म पार्टीको जिम्मेवारी लिनुपर्ने अडान राखे। पुनले राजतन्त्रको

बिएल संवाददाता

बिएल संवाददाता - प्युठान

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट घरमै

थपलियालाई शुक्रबार आयोगका पदाधिकारी एवं कर्मचारीहरूले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेका छन्।  बिदाइ कार्यक्रममा प्रमुख आयुक्त थपलियालाई आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराले पुष्पगुच्छा र मायाको चिनो प्रदान गरेका थिए। कर्मचारीहरूको तर्फबाट आयोगका सचिव भरतमणि सुवेदी र महाशाखा प्रमुखहरूले पुष्पगुच्छासहित बिदाइ गरेका थिए। थपलिया संविधानको धारा २४५ बमोजिम ०७६ वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त भएका थिए। बिदाइ समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको छ वर्षको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सृजनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रुस-युक्रेन’ युद्धबिरामको प्रयास छोड्ने अमेरिकी संकेत

‘केही दिनमै युद्ध बिराम हुन्छ भन्ने कुनै संकेतहरू देखिएका छैनन्’ उनले भनेका छन् ‘तर हामी चाहन्छौं यो चाँडै होस् र युद्ध समाप्त होस्…।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर-म्याडमहरू अब सडकमा रमिता नदेखाउनुस्- रामकुमारी झाँक्री

‘सर/मेडमहरू अब विद्यालयमा फर्कनुस्। आफ्नो जिम्मेवारी बहन गर्नुस्। सरकार र संसदलाई विश्वास गर्नुस्’ उनले भनेकी छिन् ‘जिम्मेवार नेता साथीहरू! ऐक्यवद्धताको रमिता तपाईहरू पनि नगर्नुस बल र कोर्ट दुबै तपाईंकै खुट्टामा छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘देउवा नै प्रधानमन्त्री हुनुपर्थ्यो’, प्रचण्ड भन्छन्- अब यो सरकार आफ्नै बोझले ढल्छ

कपिलवस्तुमा पार्टीको तराई-मधेस जागरण अभियान अन्तर्गत भएको सभालाई सम्बोधन गर्दै प्रचण्डले त्यो संख्याको बलमा आफूलाई हटाए पनि ठूलो दलको हैसियतले नेपाली काँग्रेसका सभापति देउवा नै प्रधानमन्त्री हुनुपर्थ्यो भनेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको शुक्रबार उद्घाटन गरेका छन्। नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौंको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘फेसबुक, ट्वीटरले सरकारलाई नै टेरेनन्, अब दर्ता गरेरमात्रै चल्न दिइन्छ’

उनले भने, ‘सामाजिक सञ्जाल विधेयक रोकिएको छ। मेटा, ट्विटर, गुगल,  टिकटकहरुले नेपालको कानुन मान्ने कि नमान्ने, नेपालको संविधान मान्नुपर्छ कि पर्दैन्, दर्ता हुने कि नहुने? उनीहरुको कन्टेनले हाम्रो राष्ट्रिय स्वाधिनताका विरुद्धमा बोल्यो भने समाजमा ठुलो प्रभाव पर्नसक्छन्। त्यसैले तिनीहरूको पनि नियमन हुनुपर्छ। त्यसले प्रेस स्वतन्त्रतालाई खोंस्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नाच्दै-गाउँदै आन्दोलनमै छन् शिक्षकहरू, १२ कक्षाको परीक्षा सरेको हो?

सरकारले शिक्षा ऐन पारित गर्नकै लागि भनेर वैशाख १२ गते संसदको बैठक बोलाएको छ र शिक्षकहरूलाई घर फर्किन भनेको छ। तर शिक्षकहरूले आफूहरूलाई फेरि झुक्याएर रित्तो हात पठाउने षड्यन्त्रमा लागेको भन्दै ऐन जारी नभएसम्म आन्दोलनमै रहने जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुरमा रातो मछिन्द्रनाथको रथ निर्माणको चटारो (फोटो फिचर)

ललितपुरमा रातो मछिन्द्रनाथको रथ यात्राको तयारी भइरहेको छ।  पुल्चोकमा रातो मछिन्द्रनाथको रथ निर्माण हुनका साथै यात्राकाे तयारी भइरहेकाे हाे।  तयार गरिएको रथमा रातो मछिन्द्रनाथको मुर्ति राखेर पूजा गरेपछि औपचारिक रुपमा जात्रा सुरु हुने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शमशेर धवललाई छाड्ने तयारी

उपचारका लागि भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल समशेर राणालाई प्रहरीले रिहा गर्ने तयारी गरेकाे छ।  गत चैत १५ गतेको आन्दोलन हिंसात्मक र उत्तेजक बनाएको आरोपमा उनी पक्राउ परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ढुक्क भएर विकासकाे काम लाग्नुस्, सरकार ढल्दैन–प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकास र सुशासन दिनका लागि एमाले–कांग्रेस एकसाथ मिलेर सरकार गठन गरिएको बताएका छन्। चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बेधन गर्दै उनले यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गभर्नर बन्ने पक्का भएपछि गुणाकरले दिए राजीनामा

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। गभर्नर नियुक्ति हुने निश्चित भएसँगै उनले शुक्रबार बिहान राजीनामा बुझाएका हुन्।  सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भट्टलाई गभर्नर बनाउने सहमति जुटिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संविधानलाई समाप्त पार्ने गतिविधि क्षम्य हुँदैन: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले  अहिलेको व्यवस्था र संविधानको रक्षा सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताएका छन्।  शुक्रबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्टी उद्घाटन गर्दै गृहमन्त्री लेखकले मुलुकमा संविधानलाई समाप्त पर्ने गतिविधि कुनै पनि हालतमा क्षम्य नहुने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संयुक्त ट्रेड युनियनले रामहरि खतिवडालाई बुझायाे ज्ञापनपत्र

संयुक्त ट्रेड युनियनले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई बुझायाे ज्ञापनपत्र बुझाएको छ। ट्रेड युनियनका प्रतिनिधिहरूले शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मकवानपुरगढीमा गाडी दुर्घटनामा २ जनाकाे मृत्यु, १४ जना घाइते

मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने १४ जना घाइते भएका छन्। मकवानपुरगढी गाउँपालिका-२ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र०१-००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटना भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गाउँपालिकाका अध्यक्षलाई ताकेर गाेली, भित्तामा लाग्याे

गाउँपालिकाका अध्यक्ष चौधरी माथि बिहीबार मध्यरातको करिब  ११:३० बजेको समयमा गोली प्रहार भएको डिएसपी अधिकारीले जानकारी दिए। प्रहरीले घटनास्थलबाट एक थान गोलिको खोका बरामद गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हमासले मानेन ‘युद्ध समाप्त’ गर्ने इजरायलको प्रस्ताव

करिब दुई वर्षदेखि जारी इजरायल-हमास आक्रमणमा कम्तीमा ५० हजारभन्दा धेरै मानिस मारिइसकेका छन्। यसअघि भएको युद्ध बिराममा केही कैदीबन्दीहरू रिहा भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी सभापति रविसँग सहमतिमा सहमहामन्त्री पदबाट राजीनामा दिए–सुमना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेर आफूले सहमहामन्त्री पदबाट राजीनामा दिएको प्रस्ट्याएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ