प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर, फागुन ४ मा पेसी
अर्यालले दायर गरेको मुद्दामा प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई विपक्षी बनाइएको छ। मुद्दाको पेसी फागुन ४ गतेका लागि तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। संवैधानिक इजलासको फैसला कार्यान्वयनको साटो आदेश विपरितको अध्यादेश ल्याएर प्रधानमन्त्री ओलीले अदालतको अवहेलनामा गरेकाले उनलाई कसुरदार गर्न अर्यालले माग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं