मानव तस्करी प्रकरण: लिलाबल्लभविरुद्धकाे रिट दर्ता गर्न सर्वोच्चले गर्याे अस्वीकार
सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध पेश भएको रिट निवेदनलाई दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ। मानव तस्करी मुद्दामा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिने सरकारी वकिल कार्यालय काठमाडौँकाे निर्णयविरुद्धकाे रिट आइतबार सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न अस्वीकार गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं