नेपालको शानदार बलिङ, दक्षिण अफ्रिकाद्वारा ११६ रनको लक्ष्य प्रस्तुत
अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।
बिएल संवाददाता - काठमाडाैँ
अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।
बिएल संवाददाता - काठमाडाैँ
आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डि’अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध भिड्दैछ। वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा नेपालले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दिएको छ। नेपाल र दक्षिण अफ्रिका पहिलो पटक आमनेसामने हुन लागेका हुन्। नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ। दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ।
बिएल संवाददाता - काठमाडाैँ
सय दिने फेहरिस्त सुनाइसकेपछि पनि शुक्रबार पत्रकारहरूलाई उनलाई एकपछि अर्को प्रश्न गरिरहे। तर, उनले त्यसको जवाफ फर्काउँदै फर्काएनन्। केही राजनीतिक सवालजवाफ भने उनले मज्जैले गरे। तर, उनको नाम मुछिएका धेरै प्रश्नहरूबाट तर्किएर हिँडे।
बिएल संवाददाता - काठमाडाैं
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद आचार्यले संसदमा नेपाली क्रिकेटको विषयमा उठाएको विषयले नेपाली क्रिकेट, संसद र सांसदको गरिमा घटाएको उल्लेख गरेका छन्। उनले हुँदै नभएको कपोकल्पित कुरा सांसदले उठाएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
‘विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ।’ उनले नेपालका कम्युनिस्टहरू एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै उनले एकीकृत पार्टीको नेतृत्व आफू नेतृत्वको पार्टीले गर्न सक्नुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
उनले भनेक छन्, ‘एउटा सरकार हुन्छ, अर्को सत्ता हुन्छ। सत्ता लामो समयसम्म कब्जा गरेर बसेको हुन्छ। सरकार फेरिँदा पनि सत्ता फेरिँदैन। नेपालमा सरकारमा त हामी छौँ। सत्तामा त के–के छ, के–के छ? त्यो सत्तालाई तोड्न अलिकति गाह्रोचाहिँ हुन्छ।'
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको पत्र शुक्रबार नै प्रदेशसभा सचिवालयमा पठाएका थिए। साेही पत्रबारे सभामुखले सदनलाई जानकारी गराएका हुन्। गत साेमबार प्रदेशसभा बैठकमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीले शुक्रबार सांसद देवकोटालाई कारबाही गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै राजपत्रमा प्रकाशित सूचनाअनुसार वक्र ईदकाे अवसरमा असार ३ गते सार्वजनिक बिदा दिने जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
गत साेमबार प्रदेशसभा बैठकमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीले शुक्रबार सांसद देवकोटालाई कारबाही गरेकाे हाे। देवकोटालाई कारबाही गरिएको जानकारी माओवादीले प्रदेशसभा सचिवालयलाई गराइसकेको छ।
बिएल संवाददाता - काठमाडौं
‘अधिकांश माननीयहरू मदिरा पिउनुहुन्न। लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ। त्यसको लिमिटेसन हुन्छ। सम्माननीय सभामुख महोदय, अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुन आउँदा सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि? यसमा ध्यानाकृष्ट गर्न चाहन्छु’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
‘केही दिनअघि भारतीय समकक्षी नरेन्द्र मोदीजीको सपथ ग्रहण कार्यक्रममा जाँदा भएको भेटमा विगतमा गरिएका द्विपक्षीय सम्झौताहरूलाई अझै सशक्त रूपमा कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले दुई मुलुकबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धि हासिल हुनेछ।’
बिएल संवाददाता - हेटौंडा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताएका छन्।
बिएल संवाददाता - हेटौंडा
शिवसताक्षी नगरपालिका वडा नम्बर ३ भोटेपुलमा शुक्रबार बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका हुन्। सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, छोराहरु ९ वर्षका विशाल र ३० महिनाका आयुष मृत फेला परेका हुन्। अन्जली झुन्डिएको अवस्थामा फेला परेकी छन्।
बिएल संवाददाता - झापा
शुक्रबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशकाे प्रधानमन्त्री कुनै पनि मित्र राष्ट्रकाे भ्रमणमा जाँदा सदनलाई जानकारी गराउने परम्परा भएकाे भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बिएल संवाददाता - काठमाडौं
पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ। नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ।
बिएल संवाददाता - धादिङ
जिल्लाको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, श्रीमती जसमाया र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो। यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते भएको फक्ताङलुङ गाउँपालिका-२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँले जानकारी दिए।
बिएल संवाददाता - ताप्लेजुङ
सामान्यतया नेपालमा मनसुन जुन १३ देखि भित्रिनथाल्छ। तर यसपालि पूर्वी नेपालबाट भित्रिन थालेको मौसम प्रणाली सदरदर मिति भन्दा ३ दिन अगावै भित्रियो। मनसुन भित्रिदाँ सामान्य वर्षाले पनि यहाँको तापमान अलि कम हुनसक्थ्यो। तर मनसुनकै आशामा पश्चिम तराई अनि मध्यपहाडहरू भने घामले सुकिरहेका छन्।
बिएल संवाददाता - काठमाडौँ
जिल्ला प्रहरी कार्यालय सिरहामा एक महिला प्रहरी जवान कार्यालयभित्रै मृत भेटिएकी छन्। सिरहामा कार्यरत प्रहरी जवान करिष्मा सुनार बिहीबार दिउँसाे शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्।
बिएल संवाददाता - काठमाडौं
‘नेपालका कानुनहरु, नेपालको समाज, हाम्राे आफ्नाे सामाजिक महत्व छ। यो सबैलाई पनि मान्य हुने गरेर कुनै पनि हाम्रा सामाजिक सञ्जाल प्रयाेगकर्ताहरु आउँछन् भने हामीलाई टिकटकलगायत कसैसँग पनि आपत्ति छैन, मन्त्री शर्माले भनिन्, ‘मुख्य कुरा के हाे भने टिकटक नाममा हाम्रो कुनै समस्या होइन। टिकटकले जुन कन्टेनहरु दिन्थ्यो, त्यो आफ्नाे स्वनियमनको व्यवस्था थिएन, सबैले पनि स्वनियमनको व्यवस्था गर्नुपर्छ भनेर सोचेका हौँ।’
बिएल संवाददाता - काठमाडौं
जनकपुरमा जारी पहिलो महाधिवेशनमा बिहीबारका लागि तय भएको प्रक्रिया स्थगित गरी सहमतीय आधारमा नेतृत्व चयन गर्ने निर्णय भएकाे हाे। अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए। अध्यक्षबाहेक अन्य पदका लागि निर्वाचन गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर सहमतीमा नेतृत्व चयन गर्ने निर्णय भएपछि सबै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
बिएल संवाददाता - काठमाडौं