शुक्रबार, १६ अक्टोबर २०२६

रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’

राजनीतिको उदय रवि लामिछानेको आफ्नै जीवनका लागि भनेका नियतिको धेरै ठूलो गन्जागोल भयो। घरि नि संसदमा भए। घरि सरकारमा भए। घरि सडकमा रहे। पटक पटक जेल सजाय पनि काटे। ठगी, जालसाजीजस्ता अनेकन मुद्दाका भागिदार बने। सहकारी ठगीको आरोपबाट उनी अझै मुक्त हुन सकेका छैनन्। अरु उम्मेदवारहरू चुनावी उत्साह बोकेर निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन जाँदै उनी ‘तारेख बोकेर’ अदालत धाइरहेका थिए। नियतिका यस्ता चोटहरूले उनलाई धेरै पिरोलेको छ। त्यसैले यसअघि उनले कतै भनेका थिए ‘के गर्नू, मेरो भाग्य नै यस्तै छ…।’

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - दाङ

राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’

यसपालि गाउँसहरमा रास्वपाका स्थानीय उम्मेदवारहरूसँग देखिने जनलहर अनि रास्वपाका सभापति दाङ आउँदा उर्लिएको जनलहरले यहाँका रैथाने उम्मेदवारहरूलाई अझ चुनौती थपिदिएको छ। देशभरिजस्तै यहाँका गाउँ,टोल र सहरहरूमा ‘घण्टी’को उस्तै बिगबिगी र राजनीतिक चकचकी उत्तिकै बढिरहेको छ।

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - दाङ

माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू

धेरै कुरा उनी आफैँले पनि छुटाएका छन्। छुट्ने र छुट्टिएका धेरै अवयवहरूले प्रचण्डलाई कहिँ न कहिँ, कतै न कतै अहिले पनि झस्काइरहन्छन्।

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - रुकुम पूर्व

अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू

यदि पुराना शक्तिहरूले समयमै आफूलाई नसच्च्याउने हो भने, उनीहरूले इतिहासमा पाएको सम्मान वर्तमानको भेलले बगाएर लैजाने निश्चित छ। समय अझै बाँकी छ, तर अवसरको झ्याल बिस्तारै बन्द हुँदैछ।

सुबास शर्मा

सुबास शर्मा - काठमाडौं

प्रेम दिवस

जुटाउनु छ आज मैले पनि एउटा हिम्मत र लगाउनुछ तिम्रो अघि प्रेमको बिस्कुन  बिर्सनु छ पारिवारिक उत्तरदायित्व र जिम्मेवारीहरू र नतमस्तक भएर उभिनु छ तिम्रो अघि  बिसाएर बौद्धिकताको भारी

लिला अनमोल

लिला अनमोल - झापा

ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन

७६ जेनजीको ज्यान लिने ज्यानमारा सरकारका प्रधानमन्त्री हुन् ,के पी ओली । तर, उनै ओली जेनजी शहीदको रगतको टाटा पनि नसुकी फेरि प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेर मत माग्दैछन् । उनलाई मत दिनु भनेको जेनजी शहीदको हत्या अनुमोदन गर्नु हो। के तपाई त्यही गर्न चाहनुहुन्छ ?

डा. प्रदीप भट्टराई

डा. प्रदीप भट्टराई -

आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?

अहिलेको प्रतिस्पर्धी विश्वमा सबै देशहरूले आ–आफ्नो पक्षमा संसारका अन्य देशहरूलाई राख्न खोज्नुलाई अन्यथा मान्न मिल्दैन र सकिन्न।

राधाकृष्ण देउजा

राधाकृष्ण देउजा - अमेरिका

के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?

‘विभिन्न फिरंगीहरु आउन सक्छन्। त्यस्तालाई चिन्नुहोस।’ यो भनाइ हो, एमाले अध्यक्ष ओलीको ।उनले बालेनलाई फिरंगी भनेका हुन् ।फिरंगी संस्कृत शब्द “फारंग”बाट आएको हो, यसको अर्थ हुन्छ , विदेशी ।अब प्रश्न उठ्छ, के बालेन शाह फिरङ्गी नै हुन् त ?

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी

अमेरिकी कूटनीतिज्ञहरूले नेपालका सरकारी अधिकारीहरूलाई भेटेरै नेपालमाथि कूटनीतिक दबाब बढाउदै लगेका छन् । त्यसलाई सम्बोधन गर्न परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयले दुई छुट्टाछुट्टै सूचना प्रकाशन गरेर अमेरिकी चासो र चिन्ताको सम्बोधन गर्ने प्रयास गरेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट

आजको आवश्यकताअनुसार अब हाम्रो मुलुकलाई राजनीतिक परिवर्तन भन्दा पनिमानसिक र सामाजिक चेतनाको परिवर्तन चाहिएको छ। र त्यो परिवर्तन ल्याउने शक्ति हो– नयाँ युगको नागरिक चेतना।

सुवाश खत्री

सुवाश खत्री - जुम्ला

रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?

चार पटकसम्म प्रतिनिधि सभामा पुगिसकेपछि पनि यही जिल्लाका आधारभूत समस्या उस्तै छन् भने, अब जनताले फेरि उही शैलीको राजनीति किन रोज्ने?

भुवन केसी 

भुवन केसी  - जापान

मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण

आसन्न चुनावले बढीमा राजनीतिक वैधता दिएर संविधानलाई लिकमा ल्याउने मात्र हो । त्योभन्दा बढी गर्न त अनुहार फेरिँदैमा नियत र पात्र फेरिँदैमा प्रवृत्ति नफेरिने हाम्रो समाजको चरित्र नै फेरिनुपर्छ । त्यसका लागि हामीलाइ चाहिन्छ, सुशासन र भ्रष्टाचार निवारण डीएनए, जुन लगभग सबै नेपालीमा छैन।

डा. प्रदीप भट्टराई

डा. प्रदीप भट्टराई -

म भिखारी

जति पढे पनि थोरै लाग्छ, जति बढे पनि सानै लाग्छ। आफन्तको के कुरा गरूँ, हृदय छोयो—खाली नै लाग्छ। म भिखारी।

कैलाश पौड्याल 

कैलाश पौड्याल  - म्यानमार

प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’

प्रकाश सपुत र रिमा विश्वकर्मा नेपालका दुई ठूला सेलिब्रेटी हुन् ।यतिबला यी सेलिब्रेटीहरू जात दलित भएकै नाताले सिमान्कृत दलितहरूको भाग खोसेर नयाँ तरमारा भएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाको पहिलो निशानामा १,३५६ नेपाली

अमेरिकामा अध्यागमन अदालतबाट देश निकालाको आदेश पाएर पनि लुकेर बस्ने नेपालीको संख्या १,३५६ रहेको छ । यो संख्या आइसले जारी गरेको पछिल्लो आधिकारिक तथ्यांक हो । पहिलो चरणमा तिनै नेपालीहरू  अमेरिकाको निशानामा छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

दिनेशको मृत्यु : पत्रकारको कि बालेनको चुनाव क्याम्पेनरको ?

दिनेश सिटौलाको मृत्यु पत्रकारिता कर्ममा रहेको बेला हैन, बालेनको चुनावी क्याम्पेनमा भएको बेला भएको छ । त्यसैले यो मृत्यु पत्रकार दिनेशको नभएर बालेन शाहको एक कार्यकर्ताको हो । त्यसैले पत्रकारको मृत्यु भनेर समाचार शीर्षकको जुलुस लगाउनु गलत हो ।

बिएल विशेष संवाददाता

बिएल विशेष संवाददाता - काठमाडौं

किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?

एमाले अध्यक्ष केपी ओलीले उम्मेद्वारीको व्यक्तिगत विवरणमामा शैक्षिक योग्यता नै खाली छोडेका छन् ।भएको विश्वविद्यालयबाट तीन र नभएको विश्वविद्यालयबाट एक गरी चारवटा मानार्थ विद्यावारिधि कमाइसकेका डा. ओलीले किन आफ्नो शैक्षिक योग्यता लुकाए ?, यो भने प्रश्नको घेरामै छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन

सर्लाही जिल्लाको क्षेत्र नं.४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएका थापालाई राजनीतिको चुरेले घेरेको छ। त्यति मात्रै होइन आफ्नै दल भित्र चुलिएका चुनौती अनि विवादका अदालती भावरमा पनि छन् उनी।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडाैं

अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत

अमेरिकमा अध्ययनरत् नेपाली विद्यार्थीको संख्या घटेर  ३३ हजार सात सय ३५ मा सिमीत भएको छ । अमेरिकी सरकारले जारी गरेको पछिल्लो सेभिस तथ्यांकअनुसार पछिल्लो एक महिनामै घटेको नेपाली विद्यार्थीको संख्या  सात सय १७ रहेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’

जेनजी आन्दोलनका खलनायक ओलीलाई त्यही आन्दोलनका नायक बालेनले उनकै किल्लामा गएर चेकमेट दिएपछि झापा ५ आमनिर्वाचन २०८२ को ‘ग्राउण्ड जिरो’ भएको छ । यस क्षेत्रका ‘छोटेराजा’ ओलीलाई बालेनको दिएको यो राजनीतिक चेकमेट दुबैको राजनीतिक जीवनकै जीवन-मरणको प्रश्न पनि हो । पछिल्लो स्थिति हेर्दा जेनजी आन्दोलनमाथिकै मिनी जनमत संग्रह बन्दै गएको यो चुनावी युद्धको परिणाम यतिबेला चाहिँ अनुमान बाहिर छ ।

डा. प्रदीप भट्टराई

डा. प्रदीप भट्टराई -