नीतिगतले छेक्न नसकेको ‘लुट’
प्रधानमन्त्री र अख्तियार प्रमुखबीच ई-पासपोर्ट (विद्युतीय राहदानी) ठेक्का तथा खरिद लुटलाई लिएर रस्साकस्सी भइरहेकाे छ।
वसन्त लोहनी - काठमाडाैं
प्रधानमन्त्री र अख्तियार प्रमुखबीच ई-पासपोर्ट (विद्युतीय राहदानी) ठेक्का तथा खरिद लुटलाई लिएर रस्साकस्सी भइरहेकाे छ।
वसन्त लोहनी - काठमाडाैं
आकर्षक प्याकेजिङ, लोभलाग्दो विज्ञापन र मिठो स्वादका कारण विशेषगरी युवा तथा बालबालिकाहरुले अत्याधिक रुपमा यसको प्रयोग गर्दै आएका छन्। तर, यी पेय पदार्थले स्वास्थ्यमा पार्ने असरबारे उपभोक्ता अझै पर्याप्त सचेत देखिँदैनन्। यहीबीच बजारमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’ नामक नयाँ पेय पदार्थ भित्रीएको छ। आकर्षक विज्ञापन र आक्रामक प्रचारका कारण छोटो समयमै यसको विक्रीदर उल्लेख्य रूपमा बढेको छ। तर, चिकित्सकहरूले भने यसको नियमित सेवनले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चेतावनी दिएका छन्
बिएल संवाददाता - काठमाडौं
सत्यनिरूपण तथा मेलमिलाप आयोगमा यतिबेला सशस्त्र द्वन्द्वकालका बलात्कार तथा यौनजन्य हिंसाका ४ हजार बढी उजुरी परेका न्यायको प्रतिक्षामा छन्। अधिकारकर्मीहरूका अनुसार द्वन्द्वसम्बन्धित यौन हिंसाका प्रायः सबै घटना डर, लाज र अपर्याप्त सेवाका कारणले दर्ता नै हुन सकेका छैनन्।
दिपा धिताल - रुकुम पूर्व
मोरङको उर्लाबारी (साबिक राजघाट, डाँडाटोल) मा कृषक परिवारमा जन्मिएकी सिर्जनाको बाल्यकाल सामान्य थियो । उनी धनी परिवारकी थिइनन्, तर अभावले थिचिएको जीवन पनि थिएन । किसान बा–आमाले ढिला–चाँडो भए पनि आवश्यकताहरू पूरा गरिदिन्थे । गाउँको खुला वातावरण, खेत–बारी, साथीभाइ तथा पारिवारिक माया–ममताबीच उनको बाल्यकाल बित्यो ।
तेजन खड्का - काठमाडौं
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। अन्य तराई भूभागमा मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडौं
उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन अभियानलाई देशव्यापी बनाएपछि झस्किएका ओलीले उनीहरूको विकल्पमा बरू विकल्पमा बरू पूर्वराष्ट्रपति एवं पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई नेतृत्व सुम्पिन सकिने विकल्प अघि सारेका हुन्।
बिएल संवाददाता - काठमाडौं
यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख चेकजाँच गर्दा सम्पाङले २०७१ पुस ६ गतेपछि आफ्नो लाइसेन्स नवीकरण नगरेको भेटिएको छ। हर्कले १० वर्षसम्म लाइसेन्स नवीकरण नगरिएको भेटिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका एक अधिकृतले बताए।
बिएल संवाददाता - काठमाडौं
काठमाडौं नदेखेको सन्तबहादुर दम्पती आज सुनील शर्माको सहयोगका कारण त्यही शहरबाट नयाँ आशा, नयाँ भरोसा र नयाँ जीवनसहित घर फर्किने तयारीमा छ।
तेजन खड्का - काठमाडौं
३४ जना व्यक्ति र ५ वटा कम्पनीसहित ३९ जनालाई प्रतिवादी बनाइएको मुद्धामा भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ र अग्रवाललाई २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो कायम गरिएको थियो।
तेजन खड्का - काठमाडौं
यद्यपि दम्पतीले पठाएको पत्रमा मिति भने त्रुटीपूर्ण देखिएको छ। असार २८ गतेको मिति उल्लेख गरिएको पत्र नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा इमेलमार्फत पठाइएको पाइएको छ। विभाग स्रोतका अनुसार देउवा दम्पतीले नै त्रुटीबस एक महिनापछिको मिति उल्लेख गरेको तर, पत्र भने आधिकारिक नै रहेको बताएको छ।
तेजन खड्का - काठमाडौं
यो चलचित्र एउटा परिवारको कथा मात्र होइन, हजारौँ नेपाली परिवारले भोगिरहेको यथार्थको प्रतिनिधित्व गर्ने सामाजिक दस्तावेज पनि हो। चलचित्रले विद्यालयमा विद्यार्थीहरूलाई गरिने व्यवहार, अंक र श्रेणीको आधारमा हुने मूल्याङ्कन, अभिभावकको अत्यधिक अपेक्षा तथा बालबालिकाको वास्तविक रुचि र क्षमताबीचको द्वन्द्वलाई प्रभावकारी रूपमा चित्रण गरेको छ।
तेजन खड्का - काठमाडाैं
अख्तियार स्रोतका अनुसार, टेण्डर प्रक्रिया खुल्ने बित्तिकै तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा, उनका छोरा जयवीर देउवा, तत्कालीन राष्ट्रपतिका राजनीतिक सल्लाहकार हालका राष्ट्रिय सभा सांसद सुनिल थापा, व्यवसायी मनिन्द्रराज मल्ल लगायतले हस्तक्षेप गरेको उजुरीमा दाबी गरिएको थियो।
बिएल संवाददाता - काठमाडौं
सोमबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरे।
बिएल संवाददाता - काठमाडौं
भारतको हेपाहा प्रवृति छ। नेपालको भुभाग मिचेको छ भनेर सुन्दै आएका छौं। पहिलोचोटी, प्रधानमन्त्रीको मुखारविन्दबाट नेपालले पनि भारतको जग्गा मिचेको खवर सुनिएपछि हल्लीखल्ली मच्नु स्वभाविक हो। हत्तपत्त न बोल्ने मनोवृतिका प्रधानमन्त्रीको बोलीले मुलुकभर राजनीतिकवृतमा हलचल शुरु भयो।
प्रभाषचन्द्र झा - काठमाडौं
यो पत्र लेख्न बस्दा हात काँपिरहेका छन्, मन भारी छ, तर शब्दहरू रोक्न सकिनँ। धेरै समय बितिसक्यो, तर तिम्रो सम्झनाहरू अझै पनि मेरो मुटुको कुनै कुनामा ताजै छन्। समयले धेरै कुरा बदलिदिन्छ भन्ने सुनेको थिएँ, तर केही अनुभूतिहरू यस्ता हुँदारहेछन्, जसलाई वर्षौंले पनि पुरानो बनाउन सक्दैनन्।
महेश चौलागाईं - काठमाडौं
प्रहरी प्रधान कार्यालयले आज उक्त दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो।
तेजन खड्का - काभ्रे
सँधै दुःखको पात बजाइरहने गाउँका लाठेहरू यसपाली त सबेरै पुगेहोलान् पात्तलको बाटो हुँदै सिक्किमे रम भारी हाल्न रिङ्गिप, कि त बिजनबारी । कसरी ओभाए होलान् मातृत्वले लछप्पै भिजेका मन बामे सर्नै नथालेका नानीहरूलाई
कृष्ण उदाशी - मोरङ
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रवार भएको बस दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये छ जनाको सनाखत भएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
तेजन खड्का - काठमाडौं
जुम्लाका युवा गायक तथा कलाकार अर्जुन सुनार यतिबेला आफ्नो नयाँ गीत ‘कर्णाली तिर’ मार्फत चर्चामा छन्। सरकारी सेवामा आबद्ध रहँदै संगीतलाई निरन्तरता दिइरहेका सुनारले हालै सार्वजनिक गरेको गीतमार्फत कर्णालीका पीडा, संघर्ष र यथार्थलाई सशक्त रूपमा प्रस्तुत गरेका छन्। गीत सार्वजनिक भएपछि प्राप्त सकारात्मक प्रतिक्रियाले उनलाई सांगीतिक यात्रामा अझ दृढ बनाएको छ।
तेजन खड्का - काठमाडौं
सर्वाधिक पाँच पटक विश्वकप जित्ने ब्राजिल लामो समयदेखि आफ्नो छैटौँ विश्वकप उपाधिको पर्खाइमा छ। सन् २००२ देखि ब्राजिललाई उपाधिले पर्खिरहेको छ। सोही अभियान अन्तर्गत ब्राजिलले विश्वकप फुटबल–२०२६ मा आफ्नो पहिलो खेल बलियो मोरक्कोविरुद्ध खेल्दै छ
तेजन खड्का - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .