शनिबार, ०२ अगस्ट २०२५

विद्यार्थी आन्दोलनको रुपान्तरण

जुन अवसर आज हामी नेपालीले प्राप्त गरेका छौं। हामीले प्राप्त गरेको यो उर्जाशील जनशक्तिलाई सही दिशानिर्देश गर्न सक्यौं र यसलाई राष्ट्र निर्माणमा प्रयोग गर्न सक्यौं भने, नेपाल समृद्व बन्न दशकौं कुर्नै पर्दैन। छोटो समयमै नेपाललाई ‘समृद्ध मुलुक’ बनाउन सकिन्छ जसका लागि सबैको साझा संकल्प आवश्यक छ। तर, विडम्बना विदेश पलायनको दलदलमा फसेको हाम्रो युवाशक्तिलाई स्वदेशमै रोक्न सक्नु हाम्रो सामु सबैभन्दा ठुलो चुनौती बनेर उभिएको छ। यसको लागि हामीले नेपालमा नै अवसरको सृजना गर्ने प्रयत्न थाल्नुपर्छ। उद्योग, स्टार्टअप, नवीन परियोजना, कृषि क्षेत्रमा आधुनिकीकरण र प्रविधि क्षेत्रको विकासमा युवाहरूको भूमिका सुनिश्चित गर्न सक्नुपर्छ। जुन आजको निर्विकल्प आवश्यकता हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रेभुलेसनको ‘फिस्टे-तोप’ पड्काउँदै ज्ञानेन्द्रपथमा रवि

देशमा राजाको नाममा बेमौसमी बाजा बजिरहेको बेला रवि लामिछानेले रेभुलेसनको फिस्टे-तोप पड्काएका छन्।यो फिस्टे-तोपलाई एक विन्दु मान्ने र उनीसँग सम्बन्धित अरू पनि विन्दुहरू जोड्ने हो भने त्यसले बनाउने रेखा भनेको ज्ञानेन्द्रपथ नै हो ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

ज्ञानेन्द्रको 'सवारी चलाउँदै' ओली-देउवा

लोकतन्त्र ज्ञानेन्द्रको चाहनाले जाने हैन न ‘राजा आऊ देश बचाऊ’ भनेर भट्याउनेहरूको इच्छाले नै जान्छ। यो जाने भनेको लोकतन्त्रका बाहकहरूको नालायकीपन र गैरजिम्मेवारीले मात्र हो। यतिबेला ओली-देउबा हल बाँधेर ज्ञानेन्द्रको सवारी चलाइरहेका हुन् कि जस्तो देखिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

राजाको रोइलो : नौ दिनमा नौलो, बीस दिनमा बिर्स्यो

ज्ञानेन्द्रलाई राजा बनाएर ल्याउन कवाड-पञ्चहरूको क्रियाबाट सम्भव छैन, त्यो सम्भव छ भने मात्र ओली-देउबा -प्रचण्ड ट्रोयकाको कुशासको प्रतिक्रियनबाट मात्र सम्भव छ। यही हो, न्यूटनको गतिको तेस्रो नियम सार पनि । अहिले ओली, देउबा र प्रचण्डको कुशासनको क्रिया बराबर ज्ञानेन्द्रको पक्षमा प्रतिक्रिया भैसकेको छैन।अहिलेकै गतिमा बढ्दै जाने हो भने बराबर हुने दिन धेरै टाढा छैन।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

ट्रम्प २ : ० को सुनामीमा नेपाल

नेपाल राष्ट्रपति ट्रम्पको सहयोग कटौतीमा पर्ने सूचीको पहिङलो क्रममै छ जस्तो देखिएको छ। युएस्एड खारेजी र खर्च कटौतीसम्बन्धमा ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमै उनले नेपालमा गरिएका तीन अमेरिकी आयोजनाको नाम नै लिएर ‘ठगी र जालसाजी’ भनेका थिए। यो कठोर अभिव्यक्तिले पनि ट्रम्प नेपालप्रति ‘दयावान’ हुने संकेत गर्दैन।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

नेपालका राहु ओली, केतु प्रचण्ड, शनि देउवा

नेपालमा बनाइएका सारा समस्याका जड हुन्, ओली र देउबा। यी दुई नभएको भए आज नेपालले भोगिरहेका कम्तिमा पनि दुई-तिहाई समस्या हुँदैनथे। प्रचण्डका कारण पनि समस्या थपिएका छन् तर उनलाई समस्याको यो घनचक्करमा तान्ने पनि ओली र देउबा नै हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

नेपालका केजरीवाललाई ‘दिल्ली-ऐना’ बैना

भनाइ नै छ, दिल्लीमा पानी पर्यो भने नेपालमा छाता ओढिन्छ। यसपटक दिल्लीको नयाँ र लोकरिझ्याइँवादी राजनीतिमा पानी मात्र परेको छैन, मुसलधारे वर्षा नै भयो। त्यसबाट नेपालका केजरीवालहरूलाई बैनास्वरूप दिल्ली-ऐना मिलेको छ। त्यसबाट आफ्नो अनुहार हेरेर फोहोर पुच्छन् कि फोहोर देखायो भनेर ऐना नै फुटाउँछन्, त्यो चाँहि समयकै ऐनामा हेर्नुपर्ने बेला आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

विश्व राजनीतिमा ट्रम्पवादको प्रवेश!

ट्रम्पवाद अमेरिकी राजनीति र समाजमा गहिरो प्रभाव पर्ने विचारधाराको रुपमा विकसित भएको छ। यसले अमेरिका र विश्वव्यापी राजनीति, आर्थिक र सामाजिक संरचनामा महत्वपूर्ण परिवर्तन ल्याएको छ। ट्रम्पको नेतृत्वले रिपब्लिकन पार्टीको रणनीति र विचारधारामा नयाँ दिशा दिएको छ, र यसले अमेरिकाको भविष्यमा एक शक्तिशाली भूमिका खेल्न सक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविका नाममा बन्धक नबनोस् संसद्

रविमाथि केही त पूर्वाग्रह पनि भयो होला तर तथ्यले उनलाई तीन तीनवटा अदालतमा निर्दोष भन्न नसकिने स्थितिमा उभ्याएको पनि छ। यस्तो नाजुक स्थितिमा अरूले गर्दा हुने, रविले गर्दा चाँहि नहुने ? भन्नेखाले कुतर्क गरेर संसद नै अवरूद्ध गरियो भने नयाँको कलेबरमा त्योभन्दा भद्दा मजाक अरू केही हुँदैन। लोकलाई हँसाउने यस्तो मजाक गरेर केही दिनका लागि ‘हिरोपन्थी’ त गर्न सकिएला तर सँधैका लागि नायक हुन सकिदैन।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

अमेरिका पहिलोको ‘ट्रम्प-ग्रहण’मा नेपाल

चीन र भारतको बीचमा रहेको नेपाललाई भूराजनीतिक अवस्थितिका कारण पनि अमेरिकाले देख्दैआएको थियो। त्यसरी देख्दा नेपाल अमेरिकी सहयोग पाउँने देशको सूचीको १६औं स्थानमा थियो। तर, अब त्यो सूची नै ‘अमेरिका पहिलो’को ट्रम्प ग्रहणमा परेको छ। चारवर्षे लामो त्यो ग्रहणमा नेपालको दिशा र दशा के हुन्छ? अहिले नै यसै भन्न सकिने स्थिति छैन।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

अमेरिकामा ट्रम्प २.० : नेपालमा ‘ट्रिकल डाउन’

अमेरिकामा ट्रम्प २.० सुरू भएसँगै नेपाल र नेपालीमा पनि यसको सम्भावित असरलाई लिएर चासो र चिन्ता बढेको छ । अमेरिकाको नेपाली डायस्पोरामा त्रास र अनिश्चितत बढेको छ । कागजपत्रविहीनहरू फर्किनुपर्ने दिन गन्न थालेका छन् भने अंगीकृत नागरिक भैसकेका समेत कुनै बहानामा ‘डिन्याचुरालाइजेसन’ होइने हो कि भन्ने त्राशमा छन् । नेपालमा सरकार ‘अमेरिका पहिलो नीति’का कारण सहयोग घट्ने चिन्तामा परेको छ भने जनस्तरमा तथाकथित अमेरिकी सपना बन्द हुने सम्भावनाले निराशा बढाएको छ । यसले पार्ने अरू ट्रिकल डाउन असरको त उल्टो दिनगन्ती नै सुरू भैसकेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

रोल्पाको चतुर्भुज महोत्सव र पर्यटन विकास

स्वर्गद्वारी दर्शनका लागि आउनुहुने तीर्थयात्रीहरू चतुर्भुजस्थित शिवपाञ्चायन मन्दिर, नवनिर्मित शिव प्रतिमा र त्यसनजिक पर्ने त्रिपुरासुन्दरीदेवीको पनि दर्शन गरेमा थप पुण्य प्राप्त हुने जनविश्वास छ। पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गममा रहेको पवित्र तीर्थस्थल रिडीमा गएर नुहाउनु र चतुर्भुज दोभानमा गएर नुहाउनुको उत्तिकै महत्व राख्दछ भनेर बुढापाकाहरूको भनाई पनि रहेको छ। यसकारणले पनि चतुर्भुजको अझ धेरै प्रचार प्रसारमा लाग्नु जरुरी देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

निर्देशनले प्रशासन, अध्यादेशले सरकार

निर्देशनले प्रशासन र अध्यादेशले शासन चलाउन वदनाम के पी ओलीको पछिल्लो सरकारले फेरि पुरानै लय समातेको छ। पछिल्लोपटक एकसाथ चार अध्यादेशमार्फत् २९ वटा ऐन संशोधन गर्ने परिघटनालाई त अध्यादेशको कोतपर्व नै भन्दा हुन्छ। संसदको हिउँदे अधिवेशन छलेर मच्चाइएको यो कोतपर्वमा कांग्रेस पनि मतियार बनेको छ। कांग्रेसको तर्फबाट त्यसको नेतृत्व महामन्त्री गगन थापाले लिनु त झन दु:खलाग्दो कुरा हो। यसले अब पुस्तान्तरणको कुरा पनि ढाँटको पैचो हो भन्दा हुने भएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

पृथ्वीनारायण शाह र नेपाल एकता

नेपालको एकता, स्वाधीनता, संस्कृति र धर्मको संरक्षण गर्नका लागि आगामी शासक र जनतालाई राजनीतिक विवेक, नैतिक जिम्मेवारी र राष्ट्रिय हितका लागि कार्य गर्न प्रेरित गरेका छन्। पृथ्वीनारायण शाहको दिब्य उपदेश नेपालको एकता, सुरक्षा र समृद्धिका लागि एक मार्गदर्शक सूत्रको रूपमा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डलाई राेल्पालीको खुला पत्र: तपाईंका कार्यकर्तालाई बाँझो खेतबारी जोत्न पठाउनुस्

२०८४ को निर्वाचन आउँदैछ, आफ्ना छाडा कार्यकर्ताहरूलाई नियन्त्रण गर्नुस्। उनीहरूलाई गाउँगाउँमा रहेका बाँझो खेतबारी खनजोत गर्न पठाउनुस्। श्रमका लागि युवाहरूलाई विदेश जाने वातावरण रोक्नुस्। पार्टीलाई सुधार गर्नुस्, जनताको मन जित्ने काम गर्नुस्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

संविधान संशोधन बहानाबाजीको पटाक्षेप

अन्तत: ओलीले दोहोर्याइकन भने, संविधान संशोधन २०८३ मा हैन, २०८७ मा हुन्छ। एमाले केन्द्रीय समितिको बैठकमा उनलाई यो सत्य ओकल्दा ओली सरकार ६ महिनाको भैसकेको थियो।धेरैलाई थाहा थियो, संविधान संशोधन एमाले-कांग्रेस सत्ता गठबन्धनको वहाना मात्र थियो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

इण्डो–अमेरिकी रणनीतिमा घुमिरहेको नेपाली सत्ता

सभापति देउवा र महामन्त्री थापा नयाँ सत्ता समीकरणलाई लिएर इण्डो–अमेरिकन समर्थनसहित सत्ताको कम जोखिमका लागि गृहकार्यमा रहेको स्रोत बताउँछन्। प्रधानमन्त्री ओलीले संविधान संशाेधनको उपायबाट मधेस केन्द्रित दल र छिमेकी भारतको समर्थन खोजिरहेका छन्। तर यस विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूका बीचमा आवश्यक छलफल र तयारी हुन सकिरहेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

किन छैन नेपालमा भविष्य ?

सन् २०२४ भरि नै नेपालमा भविष्य छैन भन्ने जबर्जस्त भाष्य निर्माण भयो। परिणामस्वरूप ठूलो संख्यामा नेपाली युवाहरू पढ्ने बहानामा विदेशिए। तर, सत्य त्यस्तो हैन- नेपालमा केही भएको पनि छ र नेपालको भविष्य पनि छ।आवश्यक छ त सकारात्मक भाष्य निर्माणको। सन् २०२५ मा त्यही दिशामा काम होस्- सबैलाई शुभकामना।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

भ्रष्टाचारप्रति ओलीको 'अतिरिक्त' मोह

भन्नलाई त के पी ओली 'आफू पनि भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न' भन्छन् तर व्यवहारले त्यस्तो देखाउँदैन। उनी प्रत्यक्ष वा परोक्ष रूपमा एक हैन अनेक भ्रष्टाचार प्रकरणमा जोडिएर भ्रष्टाचारीहरूको संरक्षण पनि गर्दैआइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

सुदूरपश्चिममा विभेदका छाउ गोठहरू

गाउँघरमा निकै अघिदेखि सुनिँदै आएका हुन् डेउडा गीतका यी पंक्तिहरु। महिनावारी भएकी महिलालाई भान्सामा त के घरभित्रै जान रोक छ अधिकांश ठाउँमा। यहाँ दोस्रो पंक्तिले गजबको प्रश्न तेर्स्याइएको छ– कोही दुःखी छन्। कोही सुखी देखिन्छन्। कतै भगवान पनि दुई त छैनन्? यो एक प्रकारको गहिरो व्यङ्ग्य पनि हो। भगवान भरोसामा बाँचेकाहरुले तिनै देवी देउताप्रति जनाएको असन्तुष्टि पनि हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं