शनिबार, ०२ अगस्ट २०२५

राजनीतिका सौम्य पदचापमा डा. शेखरको ‘हिरक’ यात्रा

पारिवारिक विरासत मात्रै नभएर 'कोइराला परिवार' राजनीतिको खुल्ला विश्वविद्यालयझैँ छ। त्यही विराटनगरको कोइराला निवास काँग्रेस कार्यकर्ता र नेताहरूका लागि सधैँ खुल्ला रहन्छ। सत्ताको शक्ति केन्द्र त्यही कोइराला निवासका पहरेदारका रुपमा डा.शेखरका राजनीतिक पदचाप अघि बढिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समयको ऐनामा ओली सरकारको एक महिना

ओली सरकारको पहिलो महिनामै नेपालमा अमेरिका, भारत र चीनका उच्च अधिकारीहरूको दोहोरीलत्ता सुरू भएको छ । उनीहरू ‘नेपाल भाँडो’मा एसपीपी र बीआरआईको खिचडी पकाउन लागिरहेजस्तो देखिन्छ। अमेरिकी एसपीपी खिचडी पहिला पाक्छ कि चिनियाँ बीआरआई खिचडी पाक्छ, त्यो भने  केही समयपछि समयको ऐनामा हेर्नसकिने छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

बंगलादेशमा राजनीतिक भूकम्प, नेपालमा पराकम्प

बंगलादेशको राजनीतिक भूकम्पको पराकम्पन नेपालसम्म पनि पुगेको छ। हो, नेपालको समग्र अवस्था ठ्याक्कै बंगलादेशको जस्तो छैन र हुँदैन पनि।तर,नेपालका ठूला दलका मूल नेतृत्वको सोच, कोण र प्रवृतिचाँहि लगभग जियाको जस्तै छ।यसले कुनै पनि बेला नेपालमा बंगलादेश अध्याय दोहोर्याउन सक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

कोसँग लिनुपर्ने हो मातृभूमीलाई माया गर्ने लाइसेन्स ?

देश छोडेर देश बनाउन सकिएन होला तर लुटिएको पनि छैन । तैपनि देश छोड्न नसकेर तड्पिएका र देशमै बसेर लुटिरहेकाहरू हामीले देश बिगारे जस्तो गरेर भनिरहेका हुन्छन् –‘तँ पलायनवादी, नेपाललाई माया गर्न पाउँदैनस् ।‘ त्यस्तालाई यति भन्नु छ, ‘मातृभूमीलाई माया गर्न कसैसँग लाइसेन्स लिइरहनु पर्दैन ।‘

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

ओली र सुशासन '३ र ६' अर्थात् ३६ !

एमाले अध्यक्ष ओली भन्नलाई त ‘ आफू पनि भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न’ भन्छन्।तर, गर्ने बेलामा उनी आफू पनि भ्रष्टाचार मात्र गर्छन् र अरूलाई पनि भ्रष्टाचार मात्रै गर्न दिन्छन्। गणतन्त्र नेपालमा भ्रष्टाचारलाई संस्थागत गर्न उनको अहम् योगदान छ। नीतिगत भ्रष्टाचारमा महारथ प्राप्त उनले एमालेको एउटा पूरै पुस्तालाई भ्रष्ट बनाए।ओली कालमा देशमा भ्रष्टाचार नहुने र सुशासन कायम हुने कुरा त ‘सम्झिने पानी छम्किने’ मात्र हो ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

शेखर कोइरालाले काँग्रेसमा जलाउन खोजेको बाती

नोना कोइरालाको देहान्त हुँदा गिरिजाप्रसाद कोइरालाले भनेका थिए 'कोइराला निवासको बत्ती निभ्यो, त्यो रिक्तता कसले पूरा गर्ने?'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन्दर्भ अमेरिकी चुनावको : हालखबर नेपाली-अमेरिकीको

अमेरिकामा आगामी नोभेम्बर ५ मा आम निर्वाचन हुदैछ। अमेरिका नै रहने वा ट्म्पेरिका हुने भन्ने फैसला गर्ने यो निर्वाचन अमेरिकाको इतिहासमै एक महत्वपूर्ण निर्वाचन हो । यो निर्वाचनमा मतदान गर्न सक्ने नेपाली-अमेरिकीको संख्या ६५ हजारभन्दा बढी छ। उनीहरूको मत निर्णायक नभए पनि अमेरिकी नागरिकका रूपमा जिम्मेवारी निर्वाह गर्ने र उनीहरू अमेरिका वा ट्म्पेरिकामा कसको पक्षमा रहने भन्ने अर्थमा भने यसको अहम् महत्व छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

उताका ओली र यताका ट्रम्प: उस्तै उस्तै हुन् नानू !

नेपालमा एउटा चप्पलको रेडियो जिंगल लोकप्रिय थियो- हात्ती बलियो कि हात्तीछाप चप्पल बलियो? जवाफमा भनिन्थ्यो, दुबै उस्तै उस्तै हो नानू । तर, अहिले 'उताका ओली र यताका ट्रम्प पनि उस्तै उस्तै हुन् नानू 'भन्ने बेला आएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

घाइते ट्रम्प, स्तव्ध अमेरिका: गोलीको हुँदैन आँखा !

पछिल्लो समय ठाडै दुई चिरामा बाँडिएको  अमेरिकामा घृणाको राजनीति ह्वात्तै बढेको छ । यसलाई आजको रूपमा बढाउन ट्रम्पको ठूलो योगदान छ । अहिले उनीमाथि भएको गोलीप्रहार पनि त्यसैको ‘साइड इफेक्ट’ हो । यदि यो घटनालाई गम्भीरतापूर्वक लिएर दुबै पक्षले संयमता नअपनाउने हो भने यसले अमेरिकाको बाँकि चुनावी क्याम्पेन अरू हिंसात्मक बनाउन सक्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

ओली प्रवृत्ति अर्थात् धोकाको राजनीति

नेपालका लगभग सबै शीर्ष नेताहरूले ओलीबाट नराम्ररी धोका पाइसकेका छन्। तर, दुर्भाग्य एकपटक धोका पाएर पनि उनीहरू चेतिरहेका छैनन्, पटक पटक धोका खान तयार भैहाल्छन्। माधव-प्रचण्डपछि अब धोका पाउने पालो देउबाको हो। यसअघि पनि ३ बजे बालुवाटार पर्खाएर देउबालाई ओलीले धोका दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

घनश्यामजी, एसको ‘गाडा’ माधवलाई नै छोडिदिनुस्

घनश्याम भुसाल नेपाल कम्युनिष्ट आन्दोलनमा वैचारिक स्पष्टता, सैद्धान्तिक ज्ञान, र वामपन्थी निष्ठा भएका थोरै नेतामध्ये एक हुन् । तर, अहिलेको नेपाली कम्युनिष्ट राजनीतिमा यस्तो पात्रको काम छैन। ओली र प्रचण्डजस्ता धूर्तहरूको कनिका बिकिरहेको बेला भुसालको चामल बिक्नेवाला छैन। अलि अलि भए पनि नेकपा एस ब्राण्डको ‘लाल चामल’ नेपालले नै बेच्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

स्वयम्भूका आँखा रामशाहपथतिर

अहिलेको अवस्था नेपालको कलिलो लोकतन्त्रका लागि खासै शुभ देखिएको छैन। व्यवस्थाका तीन अंगमध्ये व्यवस्थापिका त्रिशंकु छ, त्यसैको आधारमा बनेको कार्यपालिका पंगु छ। तेस्रो अंग न्यायपालिका पनि उही ड्याङको मुला छ। तैपनि, पहिला दुईवटालाई ठीक ट्रयाकमा ल्याउला कि भनेर सबैका आँखा सर्वोच्च अदालततिरै तानिएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

सत्ताको एकल बाटोमा ‘नमो’ नैतिकता

धार्मिक मुद्दालाई मूल एजेण्डाएका रुपमा अघि बढाएको सत्तारुढ भाजपाले बहुमत गुमाएपछि गठबन्धनको सहारामा सरकार बनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानको पुस्तकलाई ढोग गर्दै नयाँ सत्ताको यात्रा थालनी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओलीको चक्रव्यूहमा नेपालको राजनीति

पुराना हुन् वा नयाँ नेपालका सबै राजनीतिक दलका नेता सत्ताको लोभमा फसेर बालकोटको टाट्नामा पुगिसकेका छन्।अबको पालो भनेको केपी ओलीले पालैपालो छानी-छानी मार हान्ने मात्र हो। बढीमा मारमा को पहिला र को पछि पर्ने भन्ने मात्र हो ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

लाज पचेका नेता र अस्मिता लुटिएको राज्यसंयन्त्र

रवि लामिछानेको शरीरभरी सहकारी ठगीको दुङदुङ फोहोर छ।ओली र प्रचण्ड सारा राज्य संयन्त्रको दोहन गरेर फोहोर पखाल्न लागिपरेका छन्।आखिर के का लागि ? प्रचण्ड प्रधानमन्त्रीमा रहिरअन र ओली त्यसपछि प्रधानमन्त्री हुन्छु भन्ने आशामा त हो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

फेरि अर्को अस्थिरताको घनचक्करमा नेपाल

ओली-दाहाल-लामिछाने ट्रोयंकाले सरकारमा टिकिरहने निन्जा टेक्निकको कास्टिङ देखाएको छ । यही कास्टिङअनुसारकै चलचित्र पनि देखाउन पाए भने देश फेरि अस्थिरताको घनचक्करतिर धकेल्नेछन् । यो घनचक्करले कसैलाई पनि मनोरञ्जन दिदैन, पीडा मात्र दिन्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

शेखर कोइरालाले पूर्वमा हिँडेको बाटो

पछिल्लो समय एमाले र कांग्रेस मिलेर सरकार चलाउनुपर्ने धारणा राखिरहेका कांग्रेसका नेता डा.कोइरालामाथि नैतिक प्रश्न उठेको छ। त्यो गठबन्धनको संस्कृति र नैतिकताको प्रश्न, संघीय सरकारमा भएको गठबन्धनविरुद्धको सत्ता समीकरण कोशी प्रदेशमा गरेकोमा।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपाको हीरक जयन्ती र समयको सन्देश

ओली कम्युनिष्ट आन्दोलनको एक दूरदर्शी नेता र वफादार सिपाही हुने हो भने ओलीले वाम एकताका लागि गम्भीर पहल गर्नैपर्छ । त्यसको पहिलो शर्त भनेकै अहिले सरकारमा रहेको वाम गठबन्धनलाई जोगाएर अगाडि बढ्नु हो । यदि यो दुर्घटनामा पर्यो भने त्यो ओलीकै कारणले हुन्छ र त्यसपछि नेपालमा वाम एकताको च्याप्टर नै सधैंका लागि बन्द हुन्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

सुशासन त ‘सम्झिने पानी छम्किने’

नेपाल विधिको शासनतिर भन्दा निर्देशनको शासनतिर अगाडि बढिरहेको छ।हरेक दिन जो जहाँ छन्, दुई-चार थान निर्देशन दिएकै छन्। निर्देशन भनेको एक किसिमको हुकुम हो। यसरी हेर्दा देश फेरि हुकुमी शासनमा फर्केको छ। यस्तो देशमा सुशासन त ‘सम्झिने पानी छम्किने’ मात्र हो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

२०८१ 'सत्यम्, शिवम्, सुन्दरम्'को वर्ष बनोस्

२०८० साल नेपालको इतिहासमै एक बिर्सनलायक वर्षका रूपमा विदा हुँदैछ । यही पृष्ठभूमीमा आउँदै गरेको वर्ष २०८१ ले पनि खासै आशाको किरण ल्याउला जस्तो छैन । तैपनि कामना गरौं, परिस्थिति नाटकीय रूपमा नेपाल समृद्ध र नेपाली सुखी हुने बाटोतिर मोडिने छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका