मङ्गलबार, १४ अक्टोबर २०२५

जनयुद्धकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको प्रचण्डको दाबी

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको बाह्रदशी गाउँपालिकामा आयोजित जनभेटघाट तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले हिजो वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनका विरुद्ध गरिएको जनयुद्धका कारण नेपाल समावेशी अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

प्रहरी कुट्ने एमालेका विद्यार्थी नेताहरू धरौटीमा रिहा

अनेरास्ववियुका नेता रमेश फुलारासँग १५ हजार रुपैयाँ धरौटी माग हुुँदा अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर र दिनेश सिग्देललाई जनही १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ। गत माघ २४ गते राति ठमेल क्षेत्रमा ड्युटीमा खटिएका रबारमार्गस्थित केशरमहल बिटका प्रहरी प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट विद्यार्थीहरूबाट कुटिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले जितेका क्षेत्र ‘टाढैबाट हेर्दा अलग्गै चिनिने’ हुनुपर्छः गगन थापा

उनले वर्तमान गठबन्धनको सरकार सञ्चालन प्रभावकारी हुनुपर्ने भन्दै कांग्रेसले जितेको ठाउँमा ०८४ सालमा घोषणापत्र नभइ रिपोर्ट कार्ड लिएर जानुपर्ने बताए। उनले भने, ‘हामीले घुस खाएनौं, सीमित स्रोतसाधनका बाबजुद पनि यो यो गर्‍याैं भनेर रिपोर्ट कार्ड लिएर जनतामा जाने हो। कांग्रेसले जितेको ठाउँमा हाम्रो कामले भोट दिने वातावरण बनाउने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

सामाजिक सञ्जालको दुरुपयोगले निराशा फैलाउने काम भयोः प्रकाशशरण महत

प्रवक्ता डा.महतले नेपालले विगतमा धेरै उथलपुथल सामना गरेकाले विकासमा केही अवरोध आएको स्वीकार्दै अब भने देश द्रुत गतिमा समृद्धिको दिशामा अघि बढ्ने दाबी गरे। नेपालको जलविद्युत् क्षेत्र आर्थिक समृद्धिको प्रमुख आधार हुन सक्ने बताउँदै डा. महतले हाल देखिएको हाइड्रो पावरमा लगानीको आकर्षणले नेपाललाई आत्मनिर्भर बनाउन ठूलो मद्दत गर्ने उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - दुबई

रोल्पा पुगेर गगनले भने- प्रचण्डको चकचकले कांग्रेस-एमालेको सरकार बन्यो

‘प्रचण्डको चकचकको कारणले गर्दा कांग्रेस र एमालेको सरकार बन्यो। कांग्रेससँग हुँदा चकचक गर्दै एमालेकोमा जानुभयो, फेरि केपी ओली त बेइमान रहेछन् भन्दै कांग्रेससँग भन्न थाल्नुभयो। प्रचण्डको यही चकचकका कारण कांग्रेस-एमालेको सरकार बनाउनुपर्ने स्थिति आयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उत्पीडित समुदायले पाएको अधिकारलाई एकथरीले माओवादीले पाए जस्तो गरे: प्रचण्ड

जसरी पनि संविधान बनाउनुपर्ने बाध्यताका कारण पार्टीले अघि बढाएका पहिचानसहितका महत्त्वपूर्ण एजेन्डालाई जस्ताको त्यस्तै अघि बढाउन नसकेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब पार्टीले उत्पीडित वर्ग र समुदायको एजेन्डा प्राथमिकताका साथ उठाउने नीति लिएको बताएका थिए। बीचमा आफ्नो वर्ग र समुदायसँग टुटेको कडी जोड्न पार्टीले अभियान सुरु गरेको पनि उनले स्पष्ट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

सशस्त्र प्रहरीको नाम फेर्न योगेशको प्रस्ताव, विराजभक्तको समर्थन

‘अर्ध सैनिक संगठन भनेपछि यसलाई प्रहरी भन्न पर्दैन। हामीसँग ७० वर्षदेखि सामुदायिक प्रहरीका रुपमा नेपाल प्रहरीले अपराध अनुसन्धानलगायतका काम गरिरहेकै छ। ‘सशस्त्र सुरक्षा बल नेपाल’ भनेर नाम राखियो भने यसले यो अर्ध सैनिक बलको भावनाको ठिक ढंगले सम्बोधन हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारलाई सांसद पौडेलको प्रश्न- घाटामा गएको प्राधिकरणलाई नाफा गराएर कुलमानले के गल्ती गरे?

‘कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका, भोलि, पर्सि हटाइन्छ भनेर हल्ला सुनिन्छ। उज्यालो नेपाल बनाएर के गल्ती गरे? घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे? मुलुकलाई लोडसेडिङ मुक्त गराउँदा के गल्ती गरे कुलमानले? भारत र बंगलादेशमा बिजुली बेच्ने निर्णय गराएर के गल्ती गरे कुलमानले?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हामी उल्टो बाटो हिँडिरहेका छौंः सञ्चारमन्त्री गुरुङ

‘परिवर्तन नै नभएको हाम्रा नीतिहरू छन्। गणतान्त्रिक नेपालमा गतिलो नीति नभएको मन्त्रालय हो जस्तो लाग्छ, अब यो कुरालाई मेटाउँदैछौं। यस वर्ष सबै नीति, विधेयक र कानूनहरू बनाउने कुरामा सबै सक्ने भनेर काम गरिरहेका छौं। यसै संशोधनका क्रममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधन पनि गर्नुपर्नेछ। धेरै ठाउँमा नीतिहरू नै छैन्, उल्टो बाटो हिँडिरहेका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भ्रष्टाचारी ठहर’ गगन पुरीसँग प्रचण्डको ‘मर्निङ वाक’

तराई मधेश जागरण अभियानको सिलसिलामा झापा पुगेका माओवादी नेताहरूको खटनपटनको सम्पूर्ण जिम्मेवारी यिनै पुरीले लिएका छन्। कतिपय माओवादीका नेताहरूले सम्पत्ति शुद्धिकरणमा दोषी ठहर भएका पुरीसँग अंकमाल नगर्न प्रचण्डको सचिवालयलाई सुझाए पनि प्रचण्ड स्वयंले भने नजरअन्दाज गर्दै साथमै लिएर मर्निङ वाकमा निस्केका माओवादी झापाका एक नेताले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

कुलमानलाई हटाउने अन्तिम तयारी, आज साँझ मन्त्रिपरिषद बैठक बस्दै

घिसिङलाई पदमुक्त गर्ने उद्देश्यले मन्त्री खड्काले गत पुस २२ मै स्पष्टीकरण सोधिसकेका छन्। मन्त्रालयले सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै कुलमानलाई पदमुक्त गर्ने तयारी भएको स्रोतले बतायो। कुलमानले मन्त्रालयले सोधेको स्पष्टीकरणमा असन्तुष्टि जनाउँदै ‘नोट अफ डिसेन्ट’ नै लेखेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुराना पार्टीले विश्वास गुमाए, अब हामी वैकल्पिक शक्ति बन्छौंः अशोक राई

कुनै पार्टी कमजोर हुँदै जनताप्रति अनुत्तरदायी भएर रहँदैमा मूलुकमा राजनीतिक रिक्तता हुन नसक्ने उनको भनाई छ। राजनीतिक रिक्तता परिपूर्ति गर्ने अरु सक्षम र लायक पार्टीको उदय हुने मान्यतामा जनता समाजवादी पार्टी जनताका माझ लिएर आएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौं महानगरको ठहर: महान्याधिवक्ताले नाबालिका बन्धक बनाउने एमाले सांसद बचाए

सरकार पक्षले मुद्दा नचलाउने निर्णयपछि आयोगको चासो लुम्बिनी प्रदेशकी सांसद रेखा कुमारी शर्माले नाबालिकालाई बन्धक बनाई दास बनाएको घटनामा सरकार पक्षले मुद्दा नचलाउने निर्णय गरेपछि आयोगले अनुसन्धान थालेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘हुलाकी सडक’मा माओवादी

पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उक्त अभियान झापाको कचनकवलबाट सुरु गर्दैछन्। अभियान सुरु गर्न प्रचण्ड आइतबार अपराह्न झापा पुगिसकेका छन्।  आज कचनकवलमा एक कार्यक्रमको आयोजना गर्दै प्रचण्डले अभियान सुरु गर्ने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

०८४ सम्म दुईपटक सरकार ढल्छः एमाले नेता ढकाल

‘एमालेलाई धोखा दिएर फुत्त कांग्रेससँग टाँसिने र कांग्रेससँग अघाएपछि फेरि एमालेको काँधमा चढ्ने माओवादी प्रवृतिको उपज यो गठबन्धनको सरकार छ,’ उनले भने, ‘हामी सिंगल-सिंगल प्रतिस्पर्धा गर्छौं। एमालेले जिते कांग्रेस प्रतिपक्षमा बस्छ, कांग्रेसले जिते एमाले।’

बिएल संवाददाता

बिएल संवाददाता - धरान

माओवादी सांसद सापकोटाले मागे प्रधानमन्त्रीको राजीनामा

‘सम्पत्ति शुद्धिकरण तथा आंतकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तरदेशीय अन्तर्राष्ट्रिय संस्था एफएटीएफले नेपाललाई आधिकारिक रुपमा ग्रे-लिस्टमा चढाएको छ। सरकारको अकर्मण्यता, वित्तिय क्षेत्रमा सुधारको अठोट गर्ने अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल अन्ततः यो लज्जाजनक अवस्थामा पुगेको छ। म यसप्रति खेद प्रकट गर्न चाहन्छु। यस्तो घटनाक्रमले सरकार सुशासनका पक्षमा छैन, सम्पूर्ण रुपमा असफल भएको रुपमा लिनुपर्छ। सरकारले नौतिक रुपमा आफ्नो मार्ग प्रशस्त गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी प्रदेशसभामा ‘राजा’ शब्द प्रतिबन्ध, राप्रपाकै सभामुखले हटाए रेकर्डबाट

‘राजाले प्रजातन्त्र दिवसको अवसरमा जनतालाई शुभकामना दिएको विषयलाई लिएर गणतन्त्रका मसिहा ठान्ने केही नेताहरूले राजालाई थुन्ने अभिव्यक्ति सञ्चार माध्यममा आएको देखिएको छ। यस कुराको म घोर निन्दा र भर्त्सना गर्दछु। यी सबै अभिव्यक्ति विदेशबाट आउने डलरको भरमा आएका हुन्।’

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

पूर्वराजालाई कांग्रेसको सुझाव- सत्तामा फर्किने भए टीका लगाएर होइन, ०८४ मा चुनाव लड्ने हिम्मत गर्नुस्

‘नेपालमा लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले आएको  होइन, नेपाली जनताको शक्तिले हासिल गरेको हो। गणतन्त्रमाथि प्रहार स्वीकार्य छैन, त्यति कुरा भन्न पाउने अधिकार यही लोकतन्त्रको देन हो। सत्तामा नै फर्कने चाहना छ भने टीका लगाएर वा कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपभोग गर्दै ०८४ को चुनावमा भाग लिने हिम्मत गर्नुस्। पूर्वराजा र समर्थकहरूलाई मेरो सुझाव छ- कहिल्यै पूरा नहुने झर्ला र खाउँला भन्ने सोचाइ त्यागिदिनुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस-एमाले मिल्दा निरंकुशता जन्मिन्छः शेखर कोइराला

कार्यकर्ता भेटघाटका लागि स्थानीय एक होटलमा कांग्रेसका केन्द्रीय सदस्य मैकुलालाल वाल्मिकी, कांग्रेस बाँकेका पूर्व सभापति गजेन्द्र हमाल,पूर्व प्रदेशमन्त्री सुरेन्द्र हमाल सहितका नेताहरूले भेटेर आगामी महाधिवेशनमा कसरी सहकार्य गरेर जाने भन्ने विषयमा छलफल गरेका थिए। प्रदेश सभा सदस्य बादशाह कुर्मी र कांग्रेस क्षेत्र नं. ३ का सभापति नक्की खाँसहितका संस्थापन पक्षीय नेताहरूसमेत सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

ओली फेरी संसद विघटन गर्ने प्रयासमा छन्: अग्नि सापकोटा

‘अझै पनि ठूला ठूला घट्ना घटाउन सक्छन्। म आफैँ सभामुख भएको बेला दुई पटक सदन विघटन गर्न खोजिएको थियो र आज पनि त्यतैतिर उद्दत छ सरकार र अहिलेका प्रधानमन्त्री। फेरि पनि विघटन गरेर चुनावमा गएँ भने बहुमत ल्याउछु भन्ने छ। बहुमत हजार कोष टाढाको कुरा हो। वास्तवमा यो संसद विघटन गर्नतिर नै उनी उद्यत छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं