मङ्गलबार, १४ अक्टोबर २०२५

कानुन मिचेर जथाभावी गरिएको सरुवा मान्य हुँदैन: लोकसेवा अध्यक्ष

उनले भने, ‘एउटा पालिकाले कुनै सन्दर्भमा २०/२५ वर्ष नियुक्त गरेको कर्मचारी त्यो पालिकाबाट अनुकुल हुने ठाउँमा आफ्नो प्रभाव प्रयोग गरेर चाहेको ठाउँमा सरुवा भएर काम गर्न पाउनुपर्छ भन्ने कुरा कुनै सिद्धान्तले, कुनै कानुनले वा नीतिले मिल्दैन। तर त्यो भइरहेको छ। त्यो सम्पूर्णरुपमा गलत छ। त्यसमा सुधार गर्नुपर्छ। उहाँहरू जहाँ नियुक्ति हुनुभएको छ त्यही जानुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जाजरकोट भूकम्पको १६ महिनापछि क्षतिको आँकलन गर्दै सरकार

गृहमन्त्री लेखकको अध्यक्षमा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९ औं बैठकपछि सञ्चारकर्मीहरूसित बोल्दै उनले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आंकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई सरकारले अब तिव्र रुपमा अघि बढाउने जानकारी दिए उनले भने, ‘अब जाजरकोट, बझाङ र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षति आँकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनर्निर्माण र पुर्नस्थापनाको काम अगाडि बढाउछौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उर्जामन्त्रीलाई कुलमानको जवाफ- मनोगत आरोप लगाएर मलाई हटाउने अधिकार तपाईंलाई छैन

घिसिङले राम्रो काम गर्दा सहयोग गर्नुपर्नेमा आफूलाई दुःख दिने नियतले पटकपटक स्पष्टीकरण सोधेको दाबी गर्दै आफूलाई पदमुक्त गर्ने अधिकार मन्त्री र मन्त्रालयलाई नभएको लिखित स्पष्टीकरण जवाफ पेस गरेका हुन्। मन्त्री खड्काले मन्त्रीस्तरीय निर्णयबाट फागुन १३ गते घिसिङलाई पदबाट किन नहटाउँने भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका थिए। घिसिङले आफू मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएकोले स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार मन्त्रालयलाई र मन्त्रीलाई नभएको समेत स्पष्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाथीभरामा राई, लिम्बुमाथि मानव अपराध भयोः राजेन्द्र महतो

उनले भने, ‘मुकुम्लुङ (पाथीभरा) संघर्षको आन्दोनलमा मुकुम्लुङ बचाउ पद यात्रा पश्चात फागुन ८, ९ र १० गते राज्यद्वारा गरिएको निर्मम दमनले लिम्बुहरूमाथिको जातीय संहार अर्थात मानव विरुद्धको अपराध सावित भएको छ। प्रहरीको ज्यादती प्रतिकार, आन्दोलनकारीमाथिको व्यवहार, झुटा मुद्दा, घरघरमा धरपकट, बेरोजगारीले राज्यको एकल नीति उजागर गर्छ। भूमि रक्षक लिम्बुवान जनताहरूले शान्तिपूर्ण प्रतिरोध गर्नुलाई अपराध करार गरेर झुटा मुद्दा चलाउने र तर्साउने काम निरन्तर भइरहेको छ। राष्ट्रिय मुक्ति पार्टी नेपाल यस्तो अन्याय, दमन विरुद्ध घोर भत्र्सना गर्दै आन्दोलनकारीको तत्काल रिहाई र प्रहरी प्रमुखमाथि कारवाही एवम् सरकारको निरङकुसताविरुद्ध संघर्षमा आउन सम्पूर्ण न्यायप्रेमी नेपाली जनतालाई आव्हान गर्दछौ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको खेलकुद महासंघका अध्यक्षसहित नेता कार्यकर्ता माओवादी प्रवेश

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको गढी गाउँपालिकामा आयोजित सभामा उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लगायत पदाधिकारीले स्वागत गरेका थिए। पार्टी प्रवेश गर्ने अन्य नेता कार्यकर्ताहरूमा एमाले जिल्ला सदस्य सुकलाल उराव, एकीकृत समाजवादीका रोशन खड्का, तरुण दलका पूर्व जिल्ला उपाध्यक्ष राजीब चौधरी, एमाले गढी गाउँपालिका-६ का इन्चार्ज चितनारायन खेरवारलगायत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खानेपानी संस्थानलाई नाफामा लगेरै छाडिन्छः मन्त्री यादव

खानेपानी संस्थानको ३६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले घाटामा रहेको खानेपानी संस्थानलाई मुनाफामा ल्याउनको लागि सबैले प्रयास गर्नुपर्ने भन्दै यसको लागि मन्त्रालयको तर्फबाट पनि प्रयास गर्ने बताए। उनले भने, ‘नयाँ योजना र नयाँ सोचका साथ घाटामा रहेको संस्थानलाई नाफामा कसरी ल्याउने भनेर मन्त्रालयले संस्थानका साथीहरूसँग बसेर छलफलमार्फत नाफामा ल्याउँछ, अगाडि बढाउँछ। नेपाल खानेपानी संस्थान घाटामा छ। यसलाई मुनाफामा ल्याउनको लागि कम्मर कस्नुपर्छ। नत्र सबैको कम्मर भाँचिन सक्छ। संस्थान बच्न सकेन भने हामी कोही बाच्न सक्दैनौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वीरता जेसीजकाे अध्यक्षमा युवराज कुँवर निर्विरोध निर्वाचित

वीरता जेसीजको ४४औं अधिवेशन तथा साधारण सभाबाट कुँवर सन् २०२५ का लागि निर्विरोध निर्वाचित भएका हुन्। अध्यक्ष पदका तीन उम्मेदवारमध्ये सुरज चौधरी र दिवाकरलाल चौधरीले ककस प्रक्रियामा भाग नलिएपछि कुँवर निर्विरोध निर्वाचित भएकाे घाेषणा गरिएकाे निर्वाचन अधिकृत घनश्याम चौधरीले जानकारी दिए। ककसमा सहभागी नहुने उम्मेद्वारको उम्मेद्वारी स्वतः खारेज हुने जेसीजमा व्यवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

माओवादी रहेसम्म मुस्लिमको अधिकार कसैले खोस्न सक्दैनः प्रचण्ड

माओवादी आन्दोलनका कारण उत्पीडित उपेक्षित समुदाय बलियो भएकाले आफ्नो अधिकारलाई पूर्णरुपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने बताए। यस्तै, उनले अन्य दलहरूलाई अहिले जनताले पाएको अधिकार बढी लागेको र कुनै न कुनै बहानामा खोस्न चाहेको भन्दै जनताको अधिकारविरुद्ध हुने कुनैपनि षड्यन्त्रलाई विफल पार्न आफ्नो पार्टी जनताकै तागत लिएर अघि बढ्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपतिमा सुन दान आउन थाल्यो, व्यवस्थित गर्न समिति बनाएका छौंः पर्यटनमन्त्री पाण्डे

‘पशुपति क्षेत्रमा आउने मानिस धार्मिक भावका हुन्छन्, यस्तो भाव हुनेहरूले जताततै फोहोर गर्नुभएन, आफूले गरेको फोहोर सही स्थानमा व्यवस्थापन गर्नुपर्छ, आत्मानुशासन हुने गरेकै कारण कति देशमा सडकमा ट्राफिक बस्नुपर्दैन। हामी पनि धार्मिक र लोकतान्त्रिक भावले त्यही मार्गमा अघि बढ्नुपर्छ।’ साथै, पशुपतिनाथ मन्दिरमा सुन दान गर्ने दाता आउन थालेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदबाट समिति गठन गरिएको कार्यक्रममा जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको दाबी- ओली सरकारको काम ‘भ्रष्ट, माफिया र विचौलिया’को पक्षमा

आफ्नो पार्टी नेतृत्वको सरकारले कृषि मल आपूर्ति सहज बनाएकोमा अहिले फेरि पुरानै अवस्था देखिन थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने गरेकोमा अब यसमा पनि समस्या आउन थालेको बताए। अघिल्लो सरकारले नागरिकताविहीन नागरिकलाई नागरिकता दिन कानुन बनाए पनि अझै यसको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको गुनासो आफूले यसपटक तराई मधेसमा धेरै सुनेको उल्लेख गर्दै उनले मिटरब्याज पीडितको समस्या समाधानका लागि आफूहरूले कानुन बनाए पनि अहिलेको सरकार यो समस्या समाधान गर्न ध्यान नदिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

एमाले बन्यो सबैभन्दा धनी दल, अरु पार्टी घाटामा

गत आर्थिक वर्षमा २ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको कांग्रेसले खर्च भने ४ करोड बढी गरेको छ। यसरी हेर्दा कांग्रेस २ करोड ३२ लाख रुपैयाँ घाटामा गएको देखिएको छ। संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र पनि गत आर्थिक वर्षमा घाटामा गएको छ। यद्यपि माओवादीले आम्दानीमा सन्तुलन हुनेगरी खर्च गरेको देखाएको छ। गत आर्थिक वर्षमा १ करोड ८६ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेको माओवादीले ५३ हजार मात्र घाटा देखाएको छ। यता संसदको चौथो ठूलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले भने आम्दानीभन्दा दोब्बर खर्च गरेको छ। गत आर्थिक वर्षमा ३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको रास्वपाले ६ करोड ५० लाख खर्च विवरण पेस गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्नेछ– प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताएका छन्। जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - बर्जु (सुनसरी)

दक्षिणका जनतालाई सरकारले विभेद गरेकाे छ: प्रचण्ड

जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधारको विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीको तर्फबाट गर्न सकिने कामको पहल लिन र मानवीय विकास तथा सचेतनाका लागि पनि यो अभियान फलदायी हुने विश्वास व्यक्त  गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘खबरदार! रगतको होली खेल्न जनयुद्ध भएको होइन’

सिंहले  संघर्ष नगरी फल खाइरहेका प्रधानमन्त्री केपी ओलीको पछि लागेर रामबहादुर थापा बादल हदैसम्म गिरेको आरोप लगाइन्। उनले भनिन्, ‘संघर्ष नगरी फल खाइरहेका केपी ओलीहरूले विरोध गरे पनि जनयुद्धमा बलिदान गर्न सिकाउने बादल कमरेडहरूलाई यो हदसम्म गिर्न कुन नैतिकताले दियो?’ केपी ओलीको चाकडी गर्नकै निम्ति तल गिर्नु गलत भएको बताउँदै उनले थपिन्, ‘रामबहादुरहरूका मजाक र रगतको होली खेल्न जनयुद्ध भएको थिएन, खबरदार अति भयो, अब सहन सकिन्न।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बादललाई देवेन्द्रको काउन्टर- जनयुद्धकै कमाण्डर मतिभ्रष्ट, नैतिक धरातलबाट गिरे

पौडेलले एमाले-कांग्रेसले पूर्वाग्रही ढंगबाट जनयुद्धको अपमान गरेपनि जनयुद्धकै सहयात्री रामबहादुर थापा‘बादल’ले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्ध बारे दृष्टिकोण बनाउनु स्वभाविक नभएको बताए। उनले भने, ‘न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मतिभ्रष्ट भएकै हो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बादललाई देवेन्द्रले भने- ‘जनयुद्धकै कमाण्डर मतिभ्रष्ट भए’

पौडेलले एमाले-कांग्रेसले पूर्वाग्रही ढंगबाट जनयुद्धको अपमान गरेपनि जनयुद्धकै सहयात्री रामबहादुर थापा‘बादल’ले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्ध बारे दृष्टिकोण बनाउनु स्वभाविक नभएको बताए। उनले भने, ‘न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मतिभ्रष्ट भएकै हो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कांग्रेसको कार्यकारी पदका उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्छ’

संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले नगरकोट घोषणापत्र सार्वजनिक गर्दैै जुनसुकै तह र क्षेत्रमा उम्मेदवारी दिन कार्य योजना प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था हुनुपर्ने बताएका छन्। कर्णले आरक्षणमा नदोहोरिने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराएका छन्। अन्तर्क्रियामा वडा तहदेखि संसदसम्मको उम्मेदवार प्रस्तुत गर्न कार्यकालको कार्ययोजना अनिवार्य वैधानिक व्यवस्था गर्ने समानुपातिक निर्वाचन प्रणाली हटाइ संसद संख्या कम गर्ने र उम्मेदवारीमा समावेशीलाई पूर्ण रुपमा लागु गर्नेगरी व्यवस्था मिलाउन संविधान संशोधनमा पहल गर्ने निर्णय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कांग्रेसको कार्यकारी पदका उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्छ’

संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले नगरकोट घोषणापत्र सार्वजनिक गर्दैै जुनसुकै तह र क्षेत्रमा उम्मेदवारी दिन कार्य योजना प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था हुनुपर्ने बताएका छन्। कर्णले आरक्षणमा नदोहोरिने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराएका छन्। अन्तर्क्रियामा वडा तहदेखि संसदसम्मको उम्मेदवार प्रस्तुत गर्न कार्यकालको कार्ययोजना अनिवार्य वैधानिक व्यवस्था गर्ने समानुपातिक निर्वाचन प्रणाली हटाइ संसद संख्या कम गर्ने र उम्मेदवारीमा समावेशीलाई पूर्ण रुपमा लागु गर्नेगरी व्यवस्था मिलाउन संविधान संशोधनमा पहल गर्ने निर्णय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दमकका मेयरको ठाडो आदेशमा ‘फरार प्रतिवादी’लाई जागिर खुवाइएको खुलासा

राईलाई प्रहरीले पाँच दिनअघि पक्राउ गरेपछि मेयर चढ्ने गरेको नगरपालिकाको सवारीका चालकको पुरानै मुद्दा रहेको पाईएको हो। प्रहरीले पुराना फरार प्रतिवादीहरूको सूचीमा रहेका राईलाई अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ गरी दुईदिन हिरासतमा राखेको थियो। डिभिजन वन कार्यालय झापाका प्रमुख जीवन पाठकका अनुसार राईमाथि वन मुद्दा रहेको छ। मुद्दाको किनारा अझै लागेको छैन। उनलाई सो मुद्धामा थप कारवाही प्रक्रियाका बारेमा भने केही कानूनी जटिलता रहेको पाठकले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - दमक

किन रिसाए नारायणकाजी? प्रचण्ड भन्छन्- फटाहाहरूले भ्रम छरे

माओवादीको तराई मधेस जागरण अभियानको उदघाटन कार्यक्रममा झापा सभामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बोल्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका थिए। पछि उनले चितवन पुगेर कार्यकर्तासँग माफी मागेका थिए। प्रचण्डले पार्टी एकबद्ध नै रहेको दाबी गर्दै भने, ‘मैले भन्या छु एकताबद्ध नै छ। तपाईंहरूले देख्नु भयो केन्द्रीय समितिको बैठक भयो। तीन दिनसम्म भएको बैठकमा हामीले झण्डै एकहजार केन्द्रीय समितिका सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट बस्दा सबैको एकमतले डकुमेन्ट, योजना पास भएको छ। हाम्रो पार्टीमा विवाद छैन भन्ने आधार त्यही भयो नि।’

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर